सौन्दर्यकर्मी करुणा पुरीले पाइन् ‘बेष्ट सेलेब्रेटी मेकअप आर्टिष्ट’ अवार्ड

53

काठमाडौं । “स्टेला प्याजेन्ट नेपाल ईन्टरनेष्नल फेसन एण्ड मोडल अवार्ड २०७९” बाट सौन्दर्यकर्मी करुणा पुरीले बेष्ट सेलेब्रेटी मेकअप आर्टिष्टको अवार्ड हात पार्न सफल भएकी छिन् ।

स्टेला प्रोफेसनल ब्युटी प्रोडक्टस् टाईटल स्पोन्सर रहेको तथा आयोजक संस्था प्याजेन्ट नेपाल ईन्टरनेष्नल , ब्राईट ईभेन्ट म्यानेजमेन्ट त्यसैगरी स्पर्स फिल्म एण्ट टच ईन्टरटेनमेन्टको आयोजनामा सम्पन्न “स्टेला प्याजेन्ट नेपाल ईन्टरनेष्नल फेसन एण्ड मोडल अवार्ड २०७९” मा समाबेस यस बिधा अन्तर्गत अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै करुणाले यो अवार्ड जीतेकी हुन् ।

करुणा करिब एक दशकदेखि सौन्दर्य पेशामा आबद्ध रही हाल सीतापाईलास्थित करुणाज ब्युटी पार्लर सञ्चालन गर्दै आएकी छिन् । साथै उनी टीभि टुडे टेलिभिजनबाट प्रसारण हुने पपुलर शो “द बिनाज शो” को अफिसियल मेपअप आर्टिष्ट समेत हुन् । करुणले थुप्रै म्युजिक भिडियो, चलचित्र “हिजो आजका कुरा”, लगायत ब्युटी प्याजेन्ट तथा ईभेन्टहरुमा मेकअप आर्टिष्टको काम गरेकी छिन् ।