उद्यमी महिलाहरूसँग सहकार्य गर्न हामी तयार छौँ

34


डा. चण्डीका प्रसाद भट्ट विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक हुनुहुन्छ । गोर्खाको भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मा जन्मनु भएका उहा“ले एसएलसी सम्मको पढाई गोर्खाबाट नै पुरा गर्नु भएको हो । त्यसपछि उहा“ले आइएस्सी अमृत साइन्स क्याम्पसबाट गर्नु भयो । इन्डियाको अलिगड मुस्लिम विश्वविद्यालयबाट केमिकल इन्जिनरिङमा ब्याचलर गर्नुभएको उहा“ले सिताराम गोकुल मिल्क प्रा।लि।को प्रोजेक्ट इन्जिनियर भएर आफ्नो जागिर यात्रा सुरु गर्नु भएको थियो । उहा“ले २०५२ सालमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गत उधोग बिभागबाट केमिकल इन्जिनियरका रुपमा सरकारी जागिर शुरु गर्नु भएको थियो । यसै अबधिमा उहाँले एक वर्ष नेपाल आयल निगममा कार्यकारी निर्देशक भई विभिन्न सुधारका काम गर्नु भयो । हाल बिशेष आर्थिक क्षेत्र प्राधिकरणले निर्यात मुलक उधोग व्यापारलाई प्रबर्धन गर्न देश भित्र हरेक प्रदेश मा एक सेज निर्माण गर्ने कार्यक्रमलाई अगाडि बढाएको छ । महिला उधमीहरूले विशेष आर्थिक क्षेत्रमा आफ्नो व्यवसाय स्थापना गर्दा के कस्ता फाइदा छन् र सहकार्य कसरी गर्न सकिन्छ भन्नेविषयमा नवनारीसँग गरिएको विशेष कुराकानी ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कहिले देखि जोड्नु भयो ?
विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणमा कार्यकारी निर्देशकको लागि खुल्ला प्रतिस्र्पदाका लागि आबेदन माग भएको थियो । उमेद्वारको रुपमा मैले पनि आवेदन दिएको थिए । जसमा हामी १५ जना प्रतिष्पर्र्धी थियौँ । त्यही १५ जना बीच भएको प्रतिष्पर्धा पहिलो कार्यकालका लागि म चुनिएको थिए । पहिलो कार्यकाल समाप्त भएपछि मलाई पुन ः सेज हेर्नगरी नेपाल सरकारको मन्त्रिपरीषदको निर्णय बाट पठाइएको हो ।

तपाईँ आउँदा विशेष आर्थिक क्षेत्र प्राधिकरणको अवस्था कस्तो थियो ?
यो पहिले विशेष आर्थिक क्षेत्र विकास समिति थियो । सानो कार्यलय कार्य क्षेत्र पनि सानो र काम गर्न अधिकार प्रत्यायोजन पनि थोरै भएकोले काम गर्न असहज परीस्थिति थियो । जसले गर्दा खासै उदेश्य अनुरुप काम गर्न सक्ने अवस्थामा थिएन । सेजले औधोगीकरण को माध्यम बाट निर्यात प्रवद्र्धन गरी देशमा आर्थिक सम्बृद्दी हाँसिल गर्न महत्वपुर्ण भुमिका निर्बाह गर्ने हुँदा यसको कामलाई तिब्रता दिनु पर्छ भन्ने लागेर ‘विशेष आर्थिक क्षेत्र ऐन २०७३’ ल्यायौँ । त्यही ऐनले विशेष आर्थिक क्षेत्र विकास समितिलाई विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रुपान्तरण गर्यौं । जस्ले गर्दा काममा सहजीकरण भई काममा भई काममा तिब्रता आएको छ र लगानिकर्ता व्यवसायी पनि सेज प्रति उत्साहित हुनुहुन्छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका काम के हो ?
विशेष आर्थिक क्षेत्र प्राधिकरण को काम नेपालभित्र उधोगको लागि आवश्यक पर्ने औधोगिक पुर्वाधारको निमार्ण गर्ने, उद्योग स्थापना गर्न बिकसित जग्गा भाडामा उपलब्ध गराउने, उधोगलाई विभिन्न सेवा सुबिधा उपलब्ध गराउने, निर्यातमुलक उद्योगलाई प्रवद्र्धन गर्ने, आयात घटाउने, रोजगारी सृजना गर्ने र विदेशी लगानीलाई भित्राउने रहेको छ ।

अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरणले कहाँ–कहाँ काम गरिरहेको छ ?
अहिले हामीले तीन ठाउँमा काम गरिरहेका छौँ । भैरहवामा ५२ बिघा जग्गामापूर्वाधार निर्माण गरि उद्योग स्थापना र संचालन गर्न उधोगी लाइ भाडामा उपलब्ध गराएका छौंर उधोगिले निर्यात गरे बापत ५ बर्ष सम्म शत प्रतिशत आयकर छुट र २५ बर्ष सम्म ५०५ आयकर छुट दिने गरेका छौँ । दोस्रोमा सिमरामा १६३ बिघामा उधोग को लागि आबश्यक पर्ने सम्पूर्ण पूर्वाधार जस्तो बाटो, बिधुत, दुर संचार, पानि वितरण, ढल, फोहोर प्रशोधन केन्द्र आदि निर्माण सम्पन्न गरि सार्बजनिक सूचना मार्फत लगानिकर्ता लाई जानकारी गराइरहेका छौँ । तेस्रोमा चीन संगको व्यापार लाई लक्ष्क्षित गरि काभ्रेको पाँचखालमा स्थापनाको काम भइरहेको छर दुई वर्षमा काम सम्पन्न गरेर सेज संचालन गर्ने तायरीमा छौँ ।

महिला उद्यमीहरूको लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणले के–के सुविद्या दिएको छ ?
हामीले महिलाहरूलाई उद्यमी बनाउनको लागि विशेष प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रमहरू तयार गर्ने योजनामा छौँ । जस्तोे जग्गाको भाडादर रु. २० प्रति वर्गमिटर प्रति महिना पर्छ भने महिला नै प्रबर्द्धक र संचालक रहेको उद्योग व्यवसायलाई ५० प्रतिशत भाडामा छुट दिएर प्रोत्साहन गर्ने व्यवस्था मिलाउँदै छौं र आफूसँग भएको सिपलाई सदुपयोग गरेर उद्योग गर्न चाहने महिलाको लागि विशेष सहयोग गर्ने छौँ । हामीले कार्य योजना बनाएको क्षेत्रमा महिलाहरूले उद्योग सञ्चालन गर्नु भयो भने औधोगिक वातावरण पाउनु हुन्छ, अनुभवको साटासाट गर्न सकिन्छ, आफ्नो उत्पादनको बजारीकरण गर्न सहज हुन्छ, साथै सम्झौता गरेर उत्पादन गर्न र निर्यात गरि बढी फाइदा लिन सकिन्छ । त्यसका साथै बाहिर बजारमा आइपर्ने समस्या जस्तै–बत्ती,बाटो र पूर्वाधार थप सेवा सुविधा सबै त्यही क्षेत्रबाट पाउने हुँदा महिलालाई काम गर्न सहज वातावरण उपलब्ध हुन्छ ।

अबको योजना के छ ?
अहिलेसम्म नेपाल सरकारले मात्र विशेष आर्थिक क्षेत्र बनाउने र सञ्चालन गर्ने नियम थियो अब निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्र निमार्ण तथा संचालन गर्न सक्छन् । अर्को महत्वपुर्ण पक्ष सरकारी निजी साझेदारीमा ‘सेज’ निर्माण तथा संचालन गर्न सकिने छ । जस्तो यदि, कोहीँ महिला व्यवसायी नेपाल सरकारसंग मिलेर ‘सेज’ निर्माण र सञ्चालन गर्न चाहनुहुन्छ भने सेजले त्यसको प्रतिनिधित्व गर्छ र सहकार्यमा जान सकिन्छ । जसले गर्दा लगानी गर्न, सञ्चालन गर्न, उत्पादन निर्यात गर्न, ऋण उपलब्ध गर्न, प्रविधि हस्तानान्तरण गर्न सहज हुनेछ । तसर्थ हामी महिला उद्यमीलाई सेजमा सहकार्य गर्न आह्वान गर्छौं ।