सफल स्कूल सञ्चालिका पुष्पा र सफल उद्यमी आर्यनलाई एक अर्काको साथ

493

जीवनको एक यात्रा हो सहयात्रा । जुन यात्राको तय जन्म अगाडि नै निश्चित भएको हुन्छ भनौँ भाग्यमा लेखिएको हुन्छ । देखिएका कुरा भन्दा हामीले भाग्यमा लेखिएका कुराहरूलाई भोग्नुपर्छ त्यही भोगाईको एक यात्रा हो सहयात्रा ।
फरक समाज, फरक परिवेश, फरक परिवारको बीचमा आत्मिय सम्बन्ध गाँसिने आधार हो सहयात्रा, जहाँ एक महिला र पुरुष सामाजिक रुपमा बन्धनमा बाँधिएका हुन्छन् । जुन बन्धनले जीवनमा आईपर्ने सुख अनि दःुखको यात्रामा एकैसाथ हिडाउने गर्छ । यसरी नै नवनारीले पुष महिनाको सहयात्रा विशेष अंकमा दुई उद्यमी आर्यन शर्मा र पुष्पा रिजाल जो आ–आफ्नो क्षेत्रमा अब्बल छन् उहाँहरूको बैवाहिक यात्रा अर्थात सहयात्रालाई समेट्ने कोशिस गरेको छ ।
आर्यन शर्मा २०२८ साल चैत १९ गते बुबा शिवप्रसाद पौड्याल र आमा योग माया पौड्यालको दोस्रो सन्तानको रुपमा मोरङको लोचनीमा जन्मिएका हुन् । आर्यन बाल्यकालमा निकै लजालु र कम बोल्ने स्वभावका थिए । कयौँ दिनहरू त आर्यनले अरुसँग नबोली पनि बिताउने तर मनमा भने धेरै कुराहरू गुनगुनाउनु हुन्थ्यो ।

आर्यनलाई सानैदेखि पढाई भन्दा व्यवसाय तर्फ निकै रुची थियो । जब उहाँलाई हजुरआमाले अर्काको जागिर खाँदा घरमा लास पर्यो भने पनि अर्कालाई सोधेर आउनुपर्छ त्यो भन्दा सानो ठूलो जे जस्तो भए पनि आफ्नै व्यवसाय गर भनेपछि आर्यन व्यवसायतर्फ बढी आर्कषित हुनु भयो ।

त्यसैले आर्यनलाई जीवनयापनको लागि पढाई भन्दा पैसाको महत्व बढी लाग्न थाल्यो । त्यसपछि उहाँले घरमै कुखुरा पाल्ने लगायतका व्यवसायहरू सुरु गर्दै पढ्न थाल्नु भयो । राधीका मावि उर्लाबारीबाट २०४५ सालमा एसएलसी पास गरेपछि उहाँले पढाईलाई भन्दा विशेष ध्यान व्यापार व्यवसायमा दिन थाल्नु भयो ।
उहाँले कुखुरा पाल्ने, आर्ट पसल, घरमा मिल, ठेक्का पट्टा, गोबरग्यास कम्पनी, मेनपावर, स्कूल लगायत देशमा भएका अधिकांश व्यपारलार्र्ई अंगाल्नु भयो । तर कुनै एक व्यवसायलाई मात्र आत्मासाथ नगरी एकबाट थोरै घाटा भए अर्कोलाई अंगाल्ने गर्न थाल्नु थयो ।

उमेर बढ्दै गयो, घरमा हजुर आमाले उहाँलाई विवाहको लागि प्रेसर दिन थाल्नु भयो । उहाँ विवाह गर्ने सोचमा हुनुहुन्न थियो । तर सधैँ हजुरआमाले गरेको अनुरोधलाई नर्कान नसकेर एकदिन आफ्नो विजनेश पार्टनर तथा समकक्षी साथीलाई भन्नु भयो ।

त्यतिबेला आर्यन गोबर ग्यासको कम्पनी सञ्चालन गरिरहनु भएको थियो । साथीले आफ्नो घरमा नजिकै ग्यासको कामको लागि पनि जाउँ र त्यहाँ एक जना मेरो बहिनी छ उसलाई पनि हेर भनेपछि उहाँहरू उत्तै लाग्नु भयो ।
जब मोरङको पथरीमा साथिको घरमा पुग्नुभयो । भित्र बाट एक जना केटि मान्छे साईकल लिएर फुत्त निस्किइन । आर्यनका साथिले भन्नु भयो काहाँ हिडेकी म साथिहरूलाई लिएर आएको छु खाजा बनाएर खुवाउ । पुष्पाले जवाफ दिइन नमस्कार गदै मलाई बाल शिक्षा पढाउन जाने समय भैसकेकाले एैले म जानु पर्छ हजुरहरू अर्को पटक आउनु होला म त्यस बेला खाजा बनाएर खुवाउँछु ।

पुष्पा रिजालको जन्म २०३२ साल असारमा झापाको दमकमा भएको हो । बुबा कृष्णप्रसाद रिजाल र आमा टंक माया रिजालको छैटौँ सन्तानको रुपमा उहाँ जन्मिनु भएको हो । भने उहाँको बाल्यकाल भने मारङको पथरीमा बितेको हो । पुष्पा सानैदेखि तृष्ण र सहयोगि स्वभावको हुनुहुथ्यो । घरमा विवाह दशै आदीमा सवै परीवारका लागि लुगा कपडा रोज्ने काममा पुष्पालाईनै अगि सारिन्थ्यो । विभिन्न सामाजिक क्रियाकलापमा के सही के गलत छ भनेर छुट्याएर बोल्न सक्नुहुन्थ्यो । बाल्यकालदेखिनै हरेक साना कामलाई मेहनतको साथ काम गर्न रुचाउनु हुन्थ्यो । त्यसकै परिणाम हुन सक्छ आज पनि पुष्पालाइ आफ्नो कामा पर्फेक्सन चाहिन्छ । हरेक काम आफै नगरी चित्त बझ्दैन । यस्तो स्वाभावको कारणले होला उहाँ हजारौमा एक सफल मन्टेस्वरी सञ्चालिका तथा शिक्षक प्रशिक्षक बन्न सफल हुनु भएको छ । त्यो बेला गाँउ भरीमा उहाँको घरमा मात्र ढिकी थियो । र गाँउ भरीका मानिस उहाँको घरमा चिउरा कुट्न आउने जतिलाई सात बर्षकी हुदा देखीनै आफ्नो हातैले चिउराको घान लगाइदिन सिपालु हुनुहुन्थ्यो । उहाँलाई सावा अक्षेर चिनाउनृ काम ज्योतिस पण्डित बुवालेनै गर्नु भएको थियो । र एकैपटक ३ कक्षामा स्कूल भर्ना हुनु भएको थियो । तर उहाँले तिन कक्षा उर्तिण गर्दा तेस्रे, चार कक्षामा चौथो र पाँच कक्षामा प्रथम भएको घट्ना छ । यसरी उहाँले २०५३ सालमा जनता माध्यामिक विद्यालयबाट एसएलसी पास गर्नु भयो ।

उहाँ सानैदेखि तालिम भनेपछि निकै चासो राख्नु हुन्थ्यो । स्कूलमा हुँदा पनि सामान्य प्राथामिक उपचारदेखि अन्य तालिममा सहभागि हुने गर्नु हुन्थ्यो । उहाँले एसएलसीपछि एक प्रोजेक्टबाट तालिम लिएर ‘बालशिक्षा’ पढाईरहनु भएको थियो । निम्नवर्गीय परिवारमा हुर्किएका बालबालिका जो पढाईबाट बञ्चित भएका छन् । उनीहरूको भविष्यलाई उज्यालो बनाउन उहाँले ती बालबालिकालाई पढाउनु भएको थियो । वास्तविकतामा रहेर काम गर्न रुचाउने त्यस गाबिस भरीमा सञ्चालनमा रहेका १६ ओटा कक्षा मध्येमा उहाँको केन्द्र उत्कृष्टभई सम्मानित पनि भएको थियो । त्यसै समयमा उहाँको घरमा विवाहको कुरा चलिरहेको थियो । चार जना दाजु भाई मध्ये तीन जनाले नै विवाहको लागि केटा ल्याउनु भएको थियो । तर ठूलो दाईसँग बढी झुकाव भएकोले उहाँले ल्याउनु भएको केटालाई रोज्नु भयो । उहाँ आर्यन शर्मा हुनुहुन्थ्यो ।

आर्यन पुष्पाको दाईसँग पुष्पालाई हेर्न जानु भएको थियो । जति बेला पुष्पा पढाउन जान हतार भएपछि दाईले आफ्ना साथिहरूलाई खाजा बनाएर खुवाएर मात्र जान प्रताव गरेता पनि क्लासको समय भइसकेकाले खाजा बनाएर नकखुवाई पढाउनु जानु भएको थियो । तर पनि आर्यनलाई पुष्पाको एक झल्को नै काफि भयो । उहाँ राम्री, हिम्मतीली र स्र्माट देखिनुहुन्थ्यो । जव दोस्रो पटक आर्यन पुष्पालाई हेर्न फेरी त्यही घरमा जानु भयो । परिववारका सबै जनालाई वरिपरी राखेर आर्यनले पुष्पालाई भन्नु भयो–‘तिम्रो परिकल्पना अनुसार म सुहाउँछु भने ठिक छ नत्र म माग्न आए भन्दैमा विवाह गर्नुपर्छ भन्ने छैन’ भन्नुभयो तर भित्र भित्रै पुष्पाले हुन्छ भनिदिएको सुन्न आर्यन आतुर हुनुहुन्थ्यो । आर्यनको यही बोलीबाट पुष्पालाई गोलि लाग्यो । अनि पुष्पा विवाहको लागि राजी हुनुभयो ।

यसरी २०५५ साल फागुन १८ गते फुलमाला गरेर २५ गते उहाँहरू विवाह बन्धनमा बाँधिनु भयो । नेपाली संस्कार अनुसार बाजागाजासहित २ सय भन्दा बढी जन्तीको साथमा आर्यन पुष्पाको घरमा पुग्नु भएको थियो ।
आर्यनको घरमा १५ जनाको परीवारलाई रीझाएर खाना पकाएर खुवाउन केहि च्यालेन्ज भएता पनि पुष्पाको सबै सित हाँस्ने बोल्ने नरम व्यबहार गर्न जान्ने भएकाले शुरुका केहि बर्ष राम्रो सँग बितेको थियो ।

तर त्यो संयुत्त परिवारिक सम्बन्ध धेरै टिक्न सकेन । दाजुले अंशका निम्ती बुवा सँग कुरा राख्दा आर्यन र पुष्पाले पनि बिदा लिनु पर्यो । पुष्पालाई भने आमा बुवाकै साथ रहेर छोरा छोरी हुर्काउने रहर थियो । अझ भने घर बाट निस्किएर छुट्टै वस्नु पर्दा एक्लो टुहुुरो महसुसनै भयो । तर बुवाले म पटक पटक अंश गर्ने झंजट गर्दिन एकै पटक निस्केर गरी खाओ र जमिन मेरै नाममा रहन्छ भविश्यमा आवश्यक परे दिउला भनेर खालि हातनै विदा गरीदिनु भयो उत्त समयमा पुष्पा आमा बन्दै हुनुहुन्थ्यो । त्यसैै समयमा आर्यन बेराजगार हुनुभयो । उहाँहरूको संघर्षको दिनहरू शुरुवात भयो । खाने चामल, पकाउने भाडा समेत थिएन । पेटमा बच्चा थियो । दमकमा गएर एक्युपंञ्चर कलेज र हस्पिटल खोल्नु भएको थियो । त्यहि छोरी श्रीयाको जन्म २०५७ सालमा भयो र २०५९ सालमा काठमाडौं सर्नु भयो । काठमाडांै स्थानान्तरण भैसकेपछी पनि केहि समय निकै संघर्ष गरीरहनु भयो । आर्यनले आमा छोरी पढ्दै बस म विदेश गएर कमाएर पैशा पठाउँछु भन्दा पुष्पाले म जति पनि दुःख गर्न सक्छु तर मलाई यहाँ ल्याएर एक्लै छोडेर नजानु भने पछी स्वीकार गर्नु भयो । आर्यन एकले कमाएको पैसा त्यति काफि थिएन । पुष्पाले म पनि केहि गर्छु भन्दा आर्यनलाई मञ्जुर थिएन “दुःख छोरा मान्छेले मात्रै गर्ने हो” महिला घरमै बस्नु पर्छ । भन्ने गर्नु भए पनि पुष्पाले बिस्तारै २०६२ सालमा शंखमुलको मन्टेश्वरी किड्स वर्ड बाट पाट्नर सिपमै काम गर्न थाल्नु भयो । फेरी २०६४ सालमा घट्टेकुलोमा सिटी मन्टेश्वरी खोलेर चलाउन थाल्नु भयो । संस्कार सहितको शिक्षा दिने भनेर खोलिएको सिटी मन्टेश्वरीले बिस्तारै नाम र दाम पनि कमाउन थाल्यो ।

२०६६ सालमा छोरा प्रिन्सको जन्म भयो । त्यतिबेला सम्म उहाँहरूको जिन्दगीले आफ्नो बाटो बनाई सकेको थियो । एक अर्कामा अथाह माया र विश्वास थियो । त्यसैले हरपल जति नै दुख परे नि सँगै भोग्ने भनेर अगाडि बड्नु भयो । आर्यन पनि सीटी प्लेको निर्देशक हुनु भयो ।

आर्यन र पुष्पा एक अर्कालाई एकदमै धेरै माया र सम्मान गर्नु हुन्छ । परिवारलाई कम समय दिने आर्यनको बानी पुष्पालाई मन पर्दैन । आर्यानलाई पुष्पा रिसाएको मन पर्दैन । पुष्पाले बनाएको सबै खाने कुरा आर्यनलाई मन पर्छ । तर पुष्पासँग खासै भान्छामा बस्ने समय हुँदैन । अहिले आर्यन र पुष्पाको परिवार नै आध्यात्मिक भएको छ । उहाँहरूले अध्यात्म भित्रको विभिन्न कोर्षहरू पुरा गरेपछि जीवनलाई नजिकबाट बुझने अवसर पाउनु भएको छ । आर्यनले त झन आफ्नो अघिल्लो जन्म समेत हेर्नु भएको छ जहाँ उहाँले पुष्पालाई नै आफ्नो धर्मपत्नीको रुपमा पाउँनु भयो । त्यही कारण पनि आर्यन र पुष्पाको सहयात्रा निकै सरल र उत्कृष्ट छ ।पुष्पालाई आर्यनको जन्म दिन एनिभर्सरी सधँै याद हुन्छ तर आर्यन त्यही कुरा बिर्सिनुहुन्छ । उद्यपि, उहाँहरूको सम्बन्ध उपहार आदान प्रदान भन्दा पनि विश्वास र मायामा अडिएको छ ।

त्यसैले आर्यन र पुष्पा सहयात्रा भौतिक मात्र न भएर आध्यात्मिक यात्रा त्यसमा पनि जीवनको एक यात्रा मान्नु हुन्छ । जहाँ एक अर्काको खुसीको लागि धेरै कुरा सम्झौता गरिन्छ दुःख अनि सुखलाई आधा आधा बनाएर बाडिन्छ । आज मन्टेश्वरी भन्ने बित्तिकै सिटी मन्टेश्वरी अग्रणी पंतिमा आउँछ । जहाँ पुष्पा आफ्नो पुरा समय यसैमा खटिनु हुन्छ । उहाँ एक सफल तालिम कर्ता भएपनि स्कुलको मन्टेश्वरी तालिम सेन्टरमा मात्र तालिम दिनुहुन्छ । साथै राम्रो मन्टेश्वरी आर्टिकल लेखक भनेर पनि चिनीनु भएको छ भने आर्यनको स्कुल तथा फनपार्कका लागि चिप्लेटी, पिङ, रोटे पिङ, लगायतका सामाग्री उत्पादनमा गर्ने ठुलो फ्याक्ट्री छ । पुष्पा नेपाल मन्टेश्वरी एसोसिएनमा केन्द्रीय सदस्यमा रहेर विभिन्न तालिम सञ्चालन गर्ने, नेपाल सरकारका लागि मन्टेश्वरी मापदण्ड र पाठ्यक्रम लेख्ने कार्यमा समेत संलग्न हुदै विभिन्न अन्य संगठन मा पनि रहेर कार्य गरीरहनु भएको छ । यसरी एक अर्काको व्यवसाय एक अर्काको सहयोगबाट चलेको छ भने पारिवारिीक मेललिाप पनि निकै राम्रो छ ।