युरोस्टार मन्टेश्वरीले सम्पन्न गर्यो ‘किड्स फन’ कार्यक्रम

19

काठमाडौं । युरोस्टार मन्टेश्वरीले पौष २३ गते शनिबार ‘किड्स फन’ कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, शैक्षिक लगायतका विविध पक्षको सकारात्मक विकास होस् भन्नको लागि कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौंका चार स्थान कोटेश्वर, गोठाटार, गौरीघाट तथा चुच्चेपाटिमा सञ्चालित यस विद्यालयले चाबहिल भाटभभटेनी सुपरमार्केटसंगै रहेको युरोस्टार मन्टेश्वरीमा उक्त कार्यक्रम गरेको थियो ।

बिदाको दिन विभिन्न खेल गतिविधिहरुको माध्यमबाट साना–साना बालबालिकाहरु रमाउने वातावरण बनाउनु नै कार्यक्रमको उद्देश्य थियो ।

कार्यक्रममा युरोस्टारका बालबालिका सहित अन्य ५ सयभन्दा बढी बालबालिका उपस्थित भएका तिए । उपस्थित बालबालिकाले निकै रमाइलो गरेका थिए । उक्त कार्यक्रममा आफ्नो बालबालिकालाई सहभागि गराएकोमा विद्यालयकी प्राचार्य दिपा पाण्डेले सम्पूर्ण अभिभावकहरुलाई धन्यबाल दिनुभएको छ ।