
विभिषिका श्रेष्ठ मिस मंगोल नेपाल २०२१ को सेकेन्ड रनरअप हुनुहुन्छ । बुबा किरण कुमार श्रेष्ठ र आमा रश्मी शाक्यको उहाँ पहिलो सन्तानको रुपमा ललितपुरकोे टिकाथलीमा जन्मिनु भएको हो । उहाँकोे बहिनी अनुभूति श्रेष्ठ मोडल हुनुहुन्छ ।
विभिषिकाको बाल्यकाल सामान्य रुपमा बित्यो । उहाँ सानोमा एकदम कम बोल्ने लजालु स्वभावको हुनुहुन्थ्यो । बिस्तारै स्कूल पढ्न गएसँगै उहाँको बोल्ने बानीमा विकास हुँदै गयो । उहाँले आफ्नै स्कुल चिल्डेन गार्डेन एकेडेमि बाट एसएलसीमा राम्रो अंक ल्याएर पास गर्न‘ भएको थियो । त्यसपछि प्लस टु उहाँले साइन्स पढ्नु भयो । त्यतिबेला समाजमा डाक्टर नर्स भनेपछि उच्च रुपमा हेर्ने गरीन्थ्यो । उहाँलाई पनि डाक्टर बनेर समाजको सेवा गर्न‘ थियो । त्यही कारण उहाँले यो विषय आफैँले नै छनौेट गर्न‘ भएको थियो । उहाँलाई आफैँमा केही सिक्नु थियो । मानिसहरूले कम बोल्ने बानीलाई उहाँको कम्जोरी सम्झन्थे । उहाँलाई आफू कम्जोर छैन भनेर प्रमाणित गर्न‘ थियो । त्यसैले उहाँले साइन्स पढ्नु भएको थियो ।
तर पढ्दै जाँदा साइन्स पढेर डाक्टर बन्न निकै कठिन रहेछ, आफ्नो स्वास्थ्य र समयको ख्याल नै नगरी पढ्नु पर्ने रहेछ भन्ने लागेर ब्याचर्लरमा उहाँले ‘सोसल वर्क’ लिएर पढ्नु भयो । ब्याचर्लर पढ्दै गर्दा उहाँले धेरै कुरा सिक्नु भयो । उहाँले समाज र सामाजिक कार्यको बारेमा विस्तृत रुपमा अवलोकन गर्ने अवसर पाउनु भयो । यस क्रममा उहाँले देश तथा विदेशमा विभिन्न क्षेत्रका मानिसहरूलाई भेट्नु भयो ।
मानिसहरूसँगको भेटसँगै उहाँको बोल्ने कलामा विकास भयो । बाल्यकालमा नबोल्ने बानीलाई जसले कम्जोरी भनेका थिए त्यसैलाई उहाँले शक्तिमा परिणत गर्न‘ भयो । उहाँलाई सानैदेखि ब्युटिप्याजेन्टमा सहभागि हुने रहर थियो । उहाँले आफूँलाई ब्युटिप्याजेन्टमा जाने सपना त्यतिबेला देख्नु भएको थियो । जतिबेला उहाँको ममी र बहिनी मिस नेपाल २०१० टिभीमा हेरिरहनु भएको थियो । त्यतिबेला उहाँको नजर सदिक्षा श्रेष्ठले लगाएको क्राउनमा थियो । उहाँलाई कसरी आफूले त्यो क्राउन लगाउन पाउँछु भनेर मनमा लाग्थ्यो ।
ब्याचर्लर पढिरहेको समयमा उहाँलाई ममी रश्मी शाक्यले ब्युटि प्याजेन्ट मिस मंगोलमा सहभागि हुन अनुरोध गर्नु भएको थियो । त्यतिबेला उहाँको बहिनी अनुभूति श्रेष्ठले ६ ओठा ब्युटि प्याजेन्टमा सहभागि भईसक्नु भएको थियो । बहिनी विभिन्न कार्यक्रममा सहभागि हुँदा उहाँलाई पनि धेरै कुराको ज्ञान भइसकेको थियो । ममीले उहाँलाई विजयी न भए पनि अनुभव बटुल्न सकिन्छ भनेर जसरी हौसला बढाउनु भयो । त्यसपछि उहाँ मिस मंगोल नेपाल २०२१ मा सहभागि हुनु भयो ।
मिस मंगोल नेपाल एक प्रतिस्पर्धात्मक ब्युटि प्याजेन्ट जुन सोचे जस्तो केही सहज पनि थिएन । अनूभव प्राप्त, सुन्दर अनि बोलीमा निखारिएका प्रतिस्पर्धीको अगाडि उहाँलाई आफूँ निकै कम्जोर लागि रहेको थियो । तर उहाँलाई जसरी पनि जित हाँसिल गर्न‘ थियो । बाल्यकालमा जसरी कम बोल्ने बानीलाई कम्जोरी सम्झेर जिस्काएका थिए उनीहरूको अगाडि केही गर्न‘ थियो । किन कि, उहाँलाई अरुको लागि हैन आफ्नै लागि प्रतिस्पर्धा गर्न‘ थियो । मिस मंगोलमा सहभागि हुनु अगाडि उहाँले केही म्युजिक भिडियोमा पनि काम गरिसक्नु भएको थियो ।
विभिषिका भन्नु हुन्छ–‘मिस मंगोल नेपाल म आफैँलाई प्रमाणित गर्ने एक माध्यम थियो । मैले आफ्नै लागि प्रतिस्पर्धा गरेको थिए । मलाई जित हाँसिल गर्न‘ भन्दा पनि आफूले सक्दो राम्रो गरेर सबैको मन जित्नु थियो । फलस्वरुप, उहाँको मेहेनत र परिश्रमको फल उहाँ मिस मंगोल नेपाल २०२१ को सेकेन्ड रनरप हुनु भयो । त्यो समयमा उहाँले सबै भन्दा धेरै याद आफ्नो बहिनीको गर्न‘ भएको थियो । उहाँ नेपालबाहिर हुनुहुन्थ्यो । हिजो केही बोल्न जानेकै छैन, आफ्नो कुरा व्यक्त गर्न पनि डराउँछ भन्नेहरू उहाँकै बोलीको प्रशंसक भए । मिस मंगोल नेपाल भएपछि उहाँलाई के कुराको महसुस भयो भने । समाज परिवर्तन गर्न पहिले आफैँ नै परिवर्तन हुनुपर्छ । त्यसको लागि डाक्टर नै हुनुपर्छ भन्ने आवश्यक छैन ।
मिस मंगोलमा विजयी भएसँगै उहाँलाई चिन्ता क्राउन भयो । आफूले लगाएको क्राउनको गरीमालाई बचाइ राख्न के के गर्न सकिन्छ उहाँलाई त्यसको चिन्ता थियो । त्यसै अनुसार उहाँले ‘राइज एण्ड साइन’ नामको कम्पनी खोल्नु भयो । जसको उहाँ म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ । यस कम्पनी मार्फत उहाँले ब्युटिप्याजेन्टमा सिकेका सिप र अनुभवहरूलाई सेयर गर्ने गर्नु भएको छ । साथै अहिलेसम्म ६ ओटा भन्दा बढी ब्युटिप्याजेन्टमा यही कम्पनी मार्फत कोरियोग्राफी गरिसक्नु भएको छ । उहाँले आफूले सिकेको कुरा विद्यार्थीहरूलाई सिकाएर सफलता हाँसिल गरेको देखेर आफूँलाई निकै भाग्यमानी सम्झनु हुन्छ । उहाँको अबको एक मात्र योजना आफ्नो कम्पनीलाई विश्व सामु चिनाउने हो ।
