सुसाइड नोट लेखेर विराटनगरमा एक व्यवसायीले गरे आत्महत्या

12


काठमाडौं । विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्।

विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसाइड नोट भेटिएको छ। जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नु परेको उल्लेख छ।