बेष्ट ब्यूटीसियन एजुकेटर एण्ड ट्रेनर २०७९ को अवार्डबाट सौन्दर्यबिद् मिनु थापा सम्मानित

62

काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९ मा बरिष्ठ सौन्दर्यबिद मिनु थापाले “बेष्ट ब्यूटीसियन एजुकेटर एण्ड ट्रेनर –२०७९” को अवार्डबाट सम्मानित भएकी छिन । नेपालको पहिलो महिला पूर्व प्रदेश मुख्य मन्त्रि, पूर्व उधोग मन्त्रि, पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रि नेकपा एमालेको उपाध्यक्ष श्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा सौन्दर्यकर्मीहरुको कार्यलाइ प्रोत्साहन तथा हौसला प्रदान गर्ने उदेश्यले अघिल्लो बर्ष देखि सुरु हुँदै आएको नेपालको नै पहिलो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डमा थापाले यो बर्ष “बेष्ट ब्यूटीसियन एजुकेटर एण्ड ट्रेनर –२०७९” को अवार्ड जित्न सफल भएकी हुन्। बरिष्ठ सौन्दर्यबिद मिनु थापा बिगत दुइ दशक देखि स्वदेश तथा विदेशमा रहेर सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी छिन।

शान्ताज हर्वल ब्यूटी पार्लर एण्ड ट्रेनीङ सेन्टर बागबजार मार्फत सेलेब्रेटि, ब्यबसायी देखि सर्बसाधारणलाइ समेत सेवा प्रदान गर्दै आएकी मिनुले सयौं ब्युटिसियनहरुलाई तालिम प्रदान गरि आत्मानिर्भर र स्वरोजगार बनाउदै आएकी हुनाले उनि सर्बोत्कृष्ट ब्यूटीसियन एजुकेटर एण्ड ट्रेनर–२०७९ को रुपमा छानिएकी थिइन्। उक्त अवार्ड कार्यक्रममा सौन्दर्यबिद मिनुलाइ सौन्दर्य क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर स्वरुप बरिष्ठ सौन्दर्यबिद सम्मान–२०७९ मार्फत सम्मान समेत गरिएको थियो।