
शवनम सुब्बा थापा ‘मन्टेश्वरी किड्स वर्ल्ड’ को संस्थापक तथा प्रधानध्यापक हुनुहुन्छ । दार्जलिङको विकट गाउँमा जन्मनु भएको शवनमको एक मात्र सपना शिक्षिका बन्नु थियो । बाल्यकालमा शवनम चञ्चले र निडर स्वभावको हुनुहुन्थ्यो ।
मध्यमवर्गीय परिवारमा जन्मनुभएको शवनम बाल्यालमा गाउँभरीका बालबालिकालाई जम्मा गरेर पढ्न लेख्न सिकाउनु हुन्थ्यो । जब गाउँमा साडी लगाएर चिटिक्क परेको ब्याग बोकेर उहाँलाई पढाउन शिक्षिकाहरू कक्षा कोठामा छिर्न‘ हुन्थ्यो त्यतिबेला देखि नै उहाँले आफ्नो भविष्य शिक्षण पेशामा बनाउने संकल्प गर्न‘ भएको थियो । त्यसैको फलस्वरुप, उहाँले कलेजको पढाई पुरा गर्ने वित्तिकै दार्जलिङको एक पौढ शिक्षा स्कूलबाट आफ्नो शिक्षण यात्रा सुरु गर्न‘भएको थियो । अहिले काठमाडौंँको बानेश्वर मिलन चोकमा मन्टेश्वरी सञ्चाल गर्दै आइरहनु भएको छ । २०६३ सालदेखि मेन्टेश्वरी सुरु गर्न‘ भएको उहाँले यही वर्षबाट स्कूल पनि सुरु गर्न‘ भएको छ ।
उहाँले मन्टेश्वरी सम्बन्धी धेरै ट्रेनिङ लिनु मात्र भएको छैन, धेरै ठाउँमा पुगेर ट्रेनिङ दिनु पनि भएको छ । उहाँ एक कुशल शिक्षिका मात्र हैन एक असल र दक्ष ट्रेनर पनि हुनुहुन्छ । उहाँले अक्टोबरमा इन्डियाको ब्याङलोर पुगेर एनएलपि अर्थात न्युरो लिङ्गुइष्टिक प्रोग्रामिङको ट्रेनिङ समेत लिएर आउनु भएको छ । फलस्वरुप उहाँले अहिले न्युरो लिङ्गुइष्टिक प्रोग्रामिङका टेक्निक आफ्नो बालकालिकाहरूमा प्रयोग गरिरहनुभएको छ । साथै उहाँ बाल सहित्यमा पनि रुचि राख्नु हुन्छ र एक कुशल लेखिका पनि हुनुहुन्छ । उहाँको बालगीत लगायत बाल कविता, बालकथाहरू विभिन्न प्रकाशनबाट प्रकाशित भईसकेका छन् ।
यसै क्रममा नवनारीको माघ अंकमा हामीले उहाँको बाल्यकालको स्मरण, मन्टेश्वरीको भविष्य, बालबालिकालाई मन्टेश्वरीको शिक्षा दिन किन आवश्यक छ, लगायत विषयमा छोटो मिठो कुराकानी गर्ने कोशिस गरेका छौँ ।
तपाइंँ शिक्षण पेशामा कसरी जोडिनु भयो ?
मेरो बाल्यकालदेखिको सपना शिक्षिका बन्नु थियो । स्कूलमा म्यामहरूले साडी लगाएर आएदेखि नै उहाँहरू मेरो प्रेरणाको स्रोत हुनु भयो । बालबालिकाप्रति मेरो धेरै झुकाब थियो । म गाउँमा हुँदा बालबालिका जम्मा गरेर पढ्न सिकाउँथे । भनिन्छ नि, मानिसले ढृड निश्चय र चाहान गरेको कुरा सदैव पुरा हुन्छ । मेरो जिन्दगीमा पनि त्यही भयो शिक्षिकाबाट आज म एक मन्टेश्वरी तथा स्कूलको प्रधानध्यापक भएको छु ।
तपाईँ बाल्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
म दार्जलिङको बिकट गाउँमा जन्मिएकी छोरी । घरदेखि स्कूल पुग्न एक घण्टाको बाटो हिड्नु पर्दथ्यो । घरबाट चप्पल लगाएर आधा बाटोसम्म जान्थे अनि सालिमो घारीमा चप्पल लुकाएर नाङ्गो खुट्टा स्कूल जान्थे । म मात्र हैन मेरो समुहको सबै साथीहरूले यही गर्न‘ हुन्थ्यो । समयमा स्कूल पुग्नको लागि खाली गोडा दौड्न्थ्यौ । बेलुका स्कूल सकेर घर फर्कदा फेरि चप्पल लगाएर घर आउँथ्यौँ । त्यो मेरो बाल्यकाल एक ‘स्वीट मेमोरी’ हो । त्यतिबेला के मात्र गरिन बारीको कान्ला कान्ला हाम फालिएन कि,रुख चढिएन कि,चरा मार्न जंगल जंगल हिडिएन कि यस्ता धेरै स्मरणीय पलहरू थिए मेरो बाल्यबालमा । आज सम्झदा आफैँलाई म धेरै बदमासी थिए कि जस्तो लाग्छ ।
अहिले त बच्चाहरू धेरै चञ्चले भए भनेर अभिभावक चिन्ता लिन्छन् हैन र ?
पछिल्लो समय बच्चाहरू अभिभावकको निगरानीमा हुन्छन् । हाम्रो समयमा हामी हिलो माटो खेलेर नै हामी हुर्केका हौँ । अहिले फोहोरी भइन्छ भनेर माटो खेल्न अभिभावकहरूले दिइरहनु भएको हुँदैन । तर माटो खेल्नु जतिको राम्रो बच्चाको ग्रोथमा अरु नहोला । बालबालिकालाई जतिसक्दो नेयचुरल ग्रोथ दिनु पर्छ ताकी बालबालिकाले जस्तै वातवारणमा पनि आफुलाई भिजाउन सकुन । बच्चाहरूले आफु खुसी केही पनि गर्न पाउँदैनन, जसको कारण बच्चाहरूको आत्माबल कम्जोर भइरहेको हुन्छ । तसर्थ बच्चाहरूको स्वभाव चञ्चले नै भएको राम्रो हुन्छ । अभिभावकले चिन्ता लिनु भन्दा पनि उनीहरूको आफ्नो चाहना र इच्छा अनुसार खेल्न, कुदन बोल्न दिनुपर्छ अनि मात्र शारिरीक तथा मानसिक रुपमा स्फूर्त हुन्छन् ।
मन्टेश्वरीले बालबालिकालाई के सिकाउँछ ?
मन्टेश्वरीबाट बालबालिकाहरूले धैर्यधारण गर्न, अनुशासित बन्न आत्मबिश्वास र आत्माबल बढाउन र संस्कारी बन्न सिक्छन् । बिशेष गरि मन्टेश्वरीले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक भाषिक र बौद्धिक यी पाँचवटा क्षेत्रमा बिकास गर्दछ । जसले गर्दा बालबालिकाहरूका सम्पुर्ण व्यक्तित्व बिकास हुन्छ र उनीहरू आफ्नो भविस्यका निर्माणकर्ता आफै बन्न सक्षम हुन्छन् । मन्टेश्वरीमा बालबालिकाले ठोस बस्तुबाट सिकेर अवधारणा बसाल्छन् जसले गर्दा हरेक कुराको ज्ञान लिन सहज हुन्छ । विशेष २ वर्ष देखि ७ सात वर्षसम्मको बालबालिकालाई राम्रो शिक्षा दिन सके उनीहरूको भविष्य असल र सफल हुन्छ । बच्चाहरू भनेको विरुवा हो । विरुवालाई सानोमा जति स्याहार सुसार गर्यो उसले ठूलो भएर त्यतिनै राम्रो फल दिन्छ । त्यसैले मन्टेश्वरीले बालबालिको भविष्य असल र सक्षम बनाउने ज्ञान दिन्छ ।
बच्चालाई मन्टेश्वरी नै किन पढाउने ?
बच्चालाई किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान दिन जरुरी हुन्छ जस्ले गर्दा बच्चाले आफु लगायत संसार पढ्न सकुन् । हामीले किताब बेसमा भन्दा पनि विभिन्न क्रियाकलापमा आधारित भएर पढाउँछौ जसले बालबालिकाको सम्पुर्ण व्यक्तित्व बिकास गर्दछ । फलस्वरुप बालबालिकामा रचनात्मक तथा शिर्जनाशिल बन्न मद्दत गर्छ । अभिभावकको चाहान भनेको नै बालबालिकाको सुन्दर र सफल भबिश्य हो । र मन्टेश्वरि शिक्षण पद्धतिले यो मागलाई पुरा गर्दछ । बालबालिकाको भविष्य उज्वल बनाउन मन्टेश्वरीमा नै पढाउनुपर्छ । अनुशासन, असल, सफल, आत्माबल बढाउँन, धैर्य, आत्मनिर्भर बन्न सिकाउँछ । सुन्दा सामान्य लाग्ने कुराहरूले नै बालबालिकाहरूको भविष्य बलियो बनाउन सहयोग गर्छ । बालबालिकाको व्यक्तित्व विकासको लागि मन्टेश्वरीको शिक्षा निकै आवश्यक छ । मन्टेश्वरी पढेका बालबालिकाले जीवनमा कहिले पनि हार खादैनन् ।
