बाँच्नु नै मेरो लक्ष्य भयो

41

जीवन निरन्तर चलिरहने सुख अनि दुःखको संगम हो । जहाँ हामीले तिता मिठा कुराहरुलाई अनुभव मात्र गर्दैनौँ भोग्छौँ
अनि त्यही भोगाईले नै हामीलाई जीवन जिउँने सहज उपाय सिकाउँदै जान्छ ।
हरेक मान्छेको जीवनमा दःुख अनि पीडाहरु हुन्छन् । फरक यति हो हामीले त्यसलाई कसरी बुझ्छौँ त्यही बुझाई अनुसार नै हाम्रो दैनिकी बित्ने गर्छ । हरेक मान्छेको एक मात्र सपना हुन्छ प्रशस्त धन, घर, गाडी, यस आराम र खुसी परिवार । तर मान्छेले आफ्नो कर्म र काम भन्दा धेरै चाहना राख्यो भने दुःखी बन्छ । त्यसै कारण सफल र सुखी बन्नको लागि
सबै भन्दा अगाडि आफुले आफुलाई न चिन्नुपर्छ अनि मात्र जीवन सफल बन्छ । अनि मात्र जीवनका भोगाईहरु सुखमय हुन्छन् । त्यस्तै संकल्प र आशाका केन्द्र हुनुहुन्छ राज्यलक्ष्मी वैदार । २०३३ सालमा माता पूर्णलक्ष्मी बैदार र पिता रामेश्वर बैदारको कोखबाट जन्मलिनु भएकी राज्यलक्ष्मी वैदारको बाल्यकाल सामान्य रुपमावित्यो । सानै उमेर देखिनै जुझारु, हक्की र अध्ययन प्रति गहिरो रुचि राख्ने उहाँले २०४९ सालमा एसएलसी परिक्षा दिए पश्चात कानून अध्ययनतर्फ उहाँको अभिरुचि बढ्दै गयो । कानूनको अध्ययन गरेतापनि पछि गएर शिक्षण पेशातर्फ उहाँको लगाव र झुकाव बढ्दै गयो । अध्यापन संगसंगै अध्ययनलाई पनि निरन्तरता दिने क्रममा उहाँले ब्याचलर कानुन शास्त्रमा सक्नुभयो ।

यसै क्रममा उहाँले इ.सि.इ.सि वाट विभिन्न टिचर ट्रेनिङ लिन्दै जानुभयो । साथसाथै रातो बङ्गला स्कुलबाट थप प्रशिक्षण लिने अवसर प्राप्त गर्नु भयो भने नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर बाट मन्टेश्वरी डिप्लोमा सके पछाडि मन्टेश्वरीको प्रशिक्षक हनु भयो । प्रत्येक पल्टको प्रशिक्षण र सम्मानले उहाँमा आत्मविश्वास र संकल्पशक्ति बढाउदै लग्यो । म पनि केहि उत्कृष्ठ र अनुकरणिय काम गर्न सक्छु भन्ने विश्वास मनमा पलाउदै गयो । अगाडी बढी रहने क्रममा उहाँको योगदानलाई कदर गरि विभिन्न संस्थाहरुले राष्ट्रिय सम्मान ज्ञापन गरेको छ । उहाँले २०७२ सालमा शिक्षा सेवा सम्मान, २०७३ सालमा विशेष सेवासम्मान, २०७३ मा राष्ट्रिय नारी सेवा सम्मान, २०७४ सालमा अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना भएको विशेष समारोहमा राष्ट्रिय नारी विशेष सेवा सम्मान, अन्तराष्ट्रिय शिक्षादिवसको उपलक्ष्यमा आयोजना भएको समारोह वाट राष्ट्रिय शिक्षा सेवा सम्मान २०७५ र २०७६ सालमा पनि राष्ट्रिय शिक्षा सेवा विशेष सम्मान वाट सम्मानित हुनुभयो । त्यो भन्दापनि महत्वपूर्ण कुरा भनेको आफूले पु¥याएको योगदान र सेवाबाट कसैको मुहारमा हाँसो र उहाँहरुबाट आशिर्वाद प्राप्त गर्नु त्यो भन्दा ठूलो सम्मान केहि होइन भन्ने भावना राख्नुहुन्छ । सम्मान प्राप्तिको लागि भन्दा पनि समाज प्रतिको आफ्नो दायित्व वोधले उहाँलाई आफ्नो यात्रामा तल्लिन रहन प्रेरणा प्रदान गर्दै आएको छ । सदैव सकारात्मक सोच र चिन्तन बोकेर हिड्ने राज्यलक्ष्मी वैदारज्यू नेपालमै केहि उत्कृष्ठ कार्य गर्न सकिन्छ भन्ने विश्वास लिनु हुन्छ । युवा, राष्ट्रका निर्माता र चालक बन्न सक्नु पर्छ भन्ने दृढ संकल्प भएरनै केहि सिक्ने सिकाउन सकिन्छ भन्ने विश्वासका साथ अगाडि बड्दै आउनु भएको छ । संस्थामा रहदा संस्थागत मूल्यमान्यता, संस्कार र नितिनियमलाई सदैव परिपालना गरि आफ्नो जिम्मेवारी पूरा गर्न सदैव प्रतिवद्ध रहनु पर्छ भन्ने वहाँको धारणा छ । भविष्यमा समाज रुपान्तरणको लागिअन्य धेरै काम गर्ने सपना बोक्नु भएकी उहाँले विशेष महत्वदिएर आधुनिक सुविधा सम्पन्न माया र सेवाले भरिएको अन्तराष्ट्रिय स्तरको स्कुल र रिटाएर होम सञ्चालन गर्ने लक्ष्य राख्नुहुन्छ ।

उहाँको व्यत्तिगत जीवनको वारेमा भन्नु पर्दा वहाँको २ बटा छोरीहरु हुनुहुन्छ । ठूलो छोरी दिक्षिका श्रेष्ठ अमेरिकाको हवाई युनिर्भसिटिमा इलेक्ट्रोनिक ईन्जिनियरिङमा डिप्लोमा गदै हुनुहुन्छ भने सानी छोरी माधवी श्रेष्ठ होटल म्यानेजमेन्टमा डिप्लोमागर्दै हुनुहुन्छ । राज्यलक्ष्मी वैदार, असाधारण इच्छाशक्ति बोकेर हिड्ने एक सशक्त नेतृ हुनुहुन्छ । आफूले बोले पछाडी पूरा गर्नै पर्ने र सबै संग केहि न केहि सिकि रहनचाहने शिक्षाप्रेमी व्यक्तित्व हुनुहुन्छ । आफू संग काम गर्ने सहकर्मीहरुलाई अधिकमाया गर्नुहुन्छ । उनीहरु पनि ठूलो सपना देखेर सदैव आफूलाई क्रियाशिल र जागरुकबनाई राखोस् भन्ने सोच राख्नुहुन्छ । भगवान प्रतिको आस्था, सेवाप्रतिको निष्ठा, सहकर्मीहरु संगको सौहार्द सामिप्यता र सहकार्य र आफू प्रतिको दृढ विश्वासनै उहाँको ऊर्जा र शक्ति हो । भोलिको पुस्ता आजका बालबच्चा हुन्, त्यसैले ति पुस्तालाई आजै देखि आफू प्रतिविश्वास, संस्कारयुक्त,समाज र देश प्रतिजिम्मेवार बनाउनु पर्छ भन्ने मान्यता मात्रै राख्नुहुदैन त्यसलाई पूरा गर्न दृढ संकल्पित पनि हुनुहुन्छ । सफलताको यो उचाईको कथा संघसंघै यहाँसम्म पुग्नको लागि गरिएको संर्घष, परिश्रम, मेहनत, कथा अनि व्यथा त्यति नै हृदय विदार र मर्मस्पर्स छ ।

बाल्यकाल सामान्य रहेपनि स्कुल जिवन भने त्यति सहज र अनुकुल रहेन । असिमित इच्छा शक्ति हुदाँ हुँदै पनि सरकारी विद्यालयमा न त्यो वातावरण मिल्यो न त अवसर नै । २०४७ सालमा देशमा राजनीतिक परिवर्तनको आन्दोलनले गर्दा पढाईमा ठूलो क्षति हुन गएको थियो । बाटो कै छेउमा विद्यालय भएको हुनाले झन्डै १ वर्ष पढाई नै भएन यद्दपी २०४९ सालमा कंलकीमा रहेको जनपथ माध्यामिक विद्यालयबाट एसएलसी पास गर्नुभयो । उक्त विद्यालयबाट एसएलसी पास गर्ने पहिलो ब्याँचको पहिलो विघार्थी दोस्रो श्रेणीमा उर्तिण भै रहदा पनि विद्यालय परिवार र उहाँको परिवारमा हर्ष छाएको थियो तर उहाँ भने त्यति सन्तुष्ति हुनसक्नु भएन । आफुले सरकारी स्कुलबाट एसएलसी दिदै गर्दा उहाँको भाई बहिनी एलआरआई स्कूलमा पढ्नु हुन्थ्यो । उहाँलाई सधैँ भाईबहिनीहरुले जस्तै मैले पनि सिक्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो साथै भाई बहिनीले जस्तै अंगे्रजीमा बोल्न पाए हुन्थ्यो र उनिहरु जस्तै अतिरिक्त क्रियाकलापमा भाग लिन पाए हुन्थ्यो भन्ने मनमा सधै हुतहुती चलिरहन्थ्यो ।

त्यो समयमा उहाँलाई लक्ष्य तर्फ गाइड गर्ने कोही हुनुहुन्न थियो । परिवारमा पढ्नुपर्छ मन लागेको काम गर्नुपर्छ भन्ने मात्र थियो करियरको लागि कसरी अगाडि बड्ने र के गर्नुपर्छ भन्ने सल्लाह दिने कोहि थिएन्न । त्यो भएको हुनाले आफु कुन करियरमा जाने हो भन्नेमा निकै दुबिधा रहेको थियो भन्नुहुन्थ्यो । तर जुनसुकै अवस्थामा पनि यदि अगाडि बड्नु छ भने आफु सक्षम र सवल हुनु नै पर्छ नजानेको कुरालाई सिक्नै पर्छ भन्ने कुरा आत्मासाथ गर्दै म केहि गर्छु म अगाडि बड्छु भन्ने तिव्र इच्छाशक्ति र दृढ सकल्प लिएर एसएलसी दिने वित्तिकै उहाँले एलआरआई स्कूलमा भोलेन्टिरको रुपमा काम गर्नु थाल्नुभयो । उहाँ काम सिक्न जानु भएको थियो तर सोचे जस्तो सहज थिएन भोलेन्टियर भए पनि सबै कुरा जानेको हुनुपर्छ भन्ने त्यहाँको शिक्षिका शिक्षकहरुको मान्यता थियो साथै आफु अंगे्रजीमा कमजोर भएकै कारण अपमान र अपहेलित सहनुपरेको थियो जसका कारण उहाँलाई केही समय मानसिक रुपमा काममा प्रेसर पनि भयो । त्यस पश्चात वहाँले अंगे्रजी वोल्न नजान्ने मान्छे स्कूलमा भोलेन्टिरको रुपमा काम गर्नु पनि अभिसाप पै रहेछ भन्ने महसुज गर्दै त्यो अपमान र अपहेलनालाई चुनौतीको रुपमा स्विकार गर्दै ६ महिना भित्र निकै नै मेहनत र परिश्रमका साथ अंगे्रजी राम्ररी वोल्न सक्ने
हुनुभयो । विस्तारै काम सिक्दै जानु भयो अनि त्यही स्कूलमा शिक्षिकाको रुपमा नियुक्त हुनुभयो । त्यस पश्चात शिक्षा क्षेत्रमा लगाब भएको कारण उहाँले पढाउन छोड्नै सक्नु भएन । एसएलसी पछि कलेज जाँदा निकै रमाईलो हुन्थ्यो त्यो दिनलाई
स्मरण गर्दै उहाँ भन्नु हुन्छ–‘ १५,१६ वर्षको उमेरमा कलेज जान्छु भन्दा निकै सान हुन्थ्यो । त्यसमा पनि साडी लगाएर सबैले देखोस् भनेर हिड्दा छुट्टै आन्नद आँउथ्यो । साडी लगाएर कलेज जानको लागि नै आफुले पुल्चोक ईन्जिनियरीङ क्याम्पसमा वास्तुकला ईन्जिनियरिङमा नाम निकाले पनि पिके क्याम्पसमा नै भर्ना भएको अहिले सम्झन्दा वहाँलाई आफु कति बेवकुफ
रहेछु भन्ने लाग्छ भन्नुभयो । भर्खर व्याचलर पढदै गर्दा मात्र २० वर्षको उमेरमा उहाँको मागि विवाह भयो । विवाह अगाडि उहाँलाई पढ्ने र पढाउने बाहेक व्यवहारिक कुरामा केही पनि ज्ञान थिएन । दुःख के हो भन्ने कुरा खासै थाहा थिएन । तर विवाह पछि भने उहाँको वास्तविक संघर्ष शुरु भयो । विवाहपछि घर परिवार पढाई र आफ्नो करियलाइ सँगै लिएर जानु थियो ।

विवाहको केही समय पश्चात नै आफु धैरै कुरामा ठगिएको महसुज गर्नुभयो । परिवारमा अरु सबै जनाको साथ सहयोग र माया रहेता पनि जसका लागि जन्म घर आमा बुबा त्यागेर आउनुभयो उनै व्यक्तिले कुरा नबुझे र साथ सहयोग नपाए पछि उहाँ मानसिक रोगको सिकार हुनुभयो । यतिसम्म कि उहाँ धरै पल्ट मानसिक अस्पताल नै बस्नु पर्यो । त्यही बेला उहाँ डिप्रेशनको अन्तिम स्टेजमा हुनुहुन्थ्यो । उहाँले जीवनमा समस्याको समाधान भने कै मर्नु मात्र हो भनेर बुझ्नु भएको थियो । तर कता –कता आफ्नो सन्तान प्रतिको मायाले उहाँलाई बाँच्ने हिम्मत दिइरहेको थियो । अस्पतालको बसाईमा उहाँले जीवनलाई नजिकबाट बुझ्ने अवसर पाउनु भयो । टिचिङ अस्पतालको बसाईमा उहाँले कविता लेख्नु भएको थियो । ‘बाच्नु नै मेरो लक्ष्य भयो’ यो कविता म्यागजिनमा पनि छापिएको थियो । कसैको लागि प्रेरणदायी कुरा रहेछ भनेर उहाँ बस्ने वार्डमा पनि टाँसिएको थियो । अस्पतालमा बस्दा उहाँलाई आफ्नो मान्छेलाई बुझ्न नसक्दा भोगेको पीडा भन्दा धेरै दःुख र पीडामा डुबेको मान्छेहरु देख्नुभयो । जसले उहाँलाई आफ्नो समस्या सामान्य रहेछ मानिसहरुले कस्तो ठूलो समस्या सहेर बाँचेका रहेछन् मेरो त के नै रहेछ भनेर बुझ्नु भयो । जीवन जीउनका लागि जीवन जीउने कला जान्न जरुरी छ त्यसका लागि आफै तप्पर भएर लाग्नु पर्ने कुरालाई मनमा राख्दै अध्यात्मक पनि आत्मासाथ गर्दै विभिन्न संघसंथामा आबद्द हुन्दै उहाँ अगाडि बड्दै जानु भयो । त्यसपछि काठमाडौँ जेसिसमा जोडिनु भयो ।

त्यहाँबाट नेतृत्व तथा व्यक्तित्व विकासको बारेमा विभिन्न तालिमहरु लिनु भयो । १० वर्ष एलआरआईमा पढाएपछि उहाँले समाजमा नयाँ केही गरौँ भन्ने उदेश्यले नेपाल मात्र हैन विश्वका विभिन्न देशहरुमा पुगेर मन्टेश्वरीको तालिम लिनु भयो । स्वामी विवेकानन्दको अध्यात्मिक ज्ञानतर्फ लाग्नुभयो । धैरै वाधा अडचन बाबजुत पनि २०६८ साल असोज १४ गते कलंकीमा सौगात मन्टेश्वरी प्रि–स्कूल खोल्नुभयो । इनरह्वील किर्तिपुरको अध्यक्षको रुपमा काम गर्नुभयो । रोटरी क्लब अफ किर्तिपुरको अध्यक्ष हुनुभयो । प्रि स्कूल ओलम्पिक एसोसिएटको अध्यक्ष हुनुभयो । यसरी विभिन्न संघसंस्था जोडिदै जाँदा उहाँले जीवनको महत्व र जन्मेपछि समाजमा आफ्नो के महत्व रहेछ भनेर बुझ्नु भयो । एक समय थियो श्रीमानको बारेमा सोध्दा उहाँ धेरै ठाउँमा चुप बस्नु हुन्थ्यो तर अहिले निर्धक मएकल आमा हुँ भन्नु हुन्छ । उहाँमा यसरी आएको परिवर्तन उहाँमा विकास भएको सकरात्मक इच्छा शक्ति हो । जुन दिन उहाँलाई मृत्युसँग लडिरहदा बाँच्नुपर्छ भन्ने इच्छा जाग्यो त्यही इच्छाले नै उहाँलाई जीवनमा संघर्षको बीचमा सफल हुन सिकायो । अहिले उहाँलाई कुनै कुराको अफसोज छैन न त हिजोकै दिनमा नै थियो । तर जसरी आफ्नो पीडा बुझ्नु पर्ने व्यक्तिले न बुझ्दा पीडा भएको थियो । अब उहाँ त्यो पीडाबाट धेरै टाढा पुगिसक्नु भयो । त्यसैले त उहाँ
भन्नु हुन्छ–‘ जीवन भोगाईका अनुभव सबैको फरक –फरक हुन्छ मेरो पनि अरुको भन्दा फरक छ । तर जीवनमा हरेक मान्छेलाई पीडा हुन्छ दुख हुन्छ तर त्यो समयमा हामी आत्तिनु हुँदनै धर्य गरेर अगाडि बढ्नुपर्छ ।