श्रीमानको प्रेरणाबाट ब्युटिसियन बने

34

ब्युटिसियन सुस्मिता दंगाल कार्कीको जन्म उदयपुरको गाईघाटमा २०४८ साल असोज १२ गते भएको हो । बुबा दिनेश कार्की र आमा सुमित्रा कार्कीको उहाँ पहिलो सन्तान हुनुहुन्छ । सामान्य परिवारमा जन्मनुभएको उहाँ बाल्यकालमा शान्त र रमाईलो स्वभावको हुनुहुन्थ्यो । उहाँलाई सानैदेखि सृङगारिन धेरै मन पर्दथ्यो । उहाँको जन्म भएपछि परिवार नै काठमाडौं बसाई सर्नुभयो । त्यसपछि उहाँको बाल्यकाल काठमाडौंमा नै बित्यो । २०६७ सालमा मोहन दंगालसँग प्रेमसँगै मागी विवाह
भयो । विवाह पछिको केही समय उहाँले श्रीमान र परिवारको साथमा बिताउनुभयो । उहाँको श्रीमान निकै बुझ्की र सहयोगी हुनुहुन्थ्यो । त्यसै अनुरुप उहाँले २०६८ साल माघ २ गते ‘सुस्मिता ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालन गर्नुभयो । उहाँको श्रीमान कामको शिलशिलामा विदेश जानुभयो । २०६९ मा उहाँको पहिलो सन्तानको रुपमा छोराको जन्म भयो । उहाँले त्यो समयदेखि अहिलेसम्म आफ्नो कामलाई निरन्तरता दिर्दै आउनु भएको छ । अहिले उहाँले पार्लरसँगै ट्रेनिङ सेन्टर पनि सञ्चालन गर्नुभएको छ । यसै क्रममा उहाँले ब्युटिसियन क्षेत्रलाई कसरी बुझ्नु भएको छ यसै विषयमा हामीले अन्तवार्ता तयार पारेका छौँ ।

ब्युटिसियन क्षेत्रमा कसरी लाग्नुभयो ?
मलाई सानैदेखि मेकअप गर्न निकै मन पर्दथ्यो । गाउँमा कसैले मेकअप गरेको देखे
भने मलाई पनि त्यस्तै गरी मेकअप गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसै कारण मैले
काठमाडौं आएर पार्लर सम्बन्धी तालिमहरु लिए । विवाह पनि भयो । मेरो श्रीमान
निकै सहयोगी र प्रेरणदायी हुनुहुन्छ । जसको कारण म ब्युटिसियन क्षेत्रमा लागे ।

ब्युटिसियन पेशालाई कसरी लिनुहुन्छ ?
ब्युटिसियन पेशा महिलाहरुको लागि आत्मनिर्भर हुने राम्रो क्षेत्र हो । यो पेशामा मेहेनत
गर्न सक्यो भने नाम र दाम दुबै छ । लामो समय काम सिकेर अनुभव बटुलेर यो
पेशामा हात हाल्ने महिलाहरु धेरै सफल भएको हामीले देखेका छौँ । विशेष विवाहित
महिलाहरुको लागि ब्युटिसियन पेशा एक अवसर पनि हो । जहाँ आफु र आफ्नो
परिवारलाई सँग सँगै समय दिन पनि सकिन्छ ।

पहिले र अहिले ब्युटिसियन क्षेत्रमा के फरक छ ?
पहिले भन्दा अहिले ब्युटिसियन क्षेत्रमा आमुल परिवर्तन आएको छ । पहिले ब्युटिसियन
बन्छु भन्दा परिवारमा मानिसहरुलाई बुझाउन धेरै गाह्रो हुन्थ्यो । अहिले परिवारबाट
नै साथ र सहयोग मिल्छ । समयसँगै यो पेशालाई हेर्ने मानिसहरुको सोचमा परिवर्तन
आएको छ । प्रविधिको विकाससँग सँगै काम गर्ने तरिकामा पनि परिवर्तन आएको छ ।

अबको योजना के छ ?
मलाई पार्लरमा काम गर्ने मात्र भन्दा पनि धेरै विद्यार्थीलाई ट्रेनिङ दिने ठूलो रहर छ ।
लगनशील र दक्ष विद्याथीहरु उत्पादन गर्न मन छ । क्लाइन्टको माग र विद्याथीहरुको
चाहाना अनुसारको सिकाई र काम गर्ने योजनामा छु ।
ब्युटिसियन न बन्नु भएको भए के हुनुहुन्थ्यो ?
मलाई सानैदेखि गुडियाहरु मन पर्दथ्यो । म गुडियाहरुको लागि नयाँ नयाँ कपडाहरु
आफैले सिलायर लगाइदिन्थे । सायद म ब्युटिसियन न भएको भए डिजाइनर बन्थे होला ।

अन्तयमा
अहिलेको समयमा ब्युटिसियन क्षेत्रमा राम्रो भविष्य मैले देखेको छु हामीले समय अनुसार
आफुलाई अपडेट गराउन सक्यौँ भने यो क्षेत्रमा नाम र दाम दुबै छ । हामीले क्लाइन्टको
चाहाना बुझेर काम गर्नुपर्छ । उनीहरु खुसी भए मात्र हाम्रो विजनेश सफल हुन्छ