छालाको कसाव (Tighting) र चमकको लागि कोलाजेन

50

कोलाजेन खासगरी हाम्रो शरीरमा पाइने प्रोटिन हो । यो छालाको डर्मिस तहमा हुन्छ । हाम्रो छालामा तीन तह हुन्छ ।
ती तीन तह मध्ये बीचको तहमा कोलाजेन प्रोटिन उत्पादन हुन्छ । जसले हाम्रो छालामा पिलर जस्तै काम गर्दछ । अर्थात यसले हाम्रो छालालाई टाइट राख्न, ग्लोइङ बनाइ राख्न र स्वस्थ बनाई राख्न मद्दत गर्दछ । कोलाजेनले हाम्रो हाड जोर्नीहरुलाई पनि बलियो बनाउन मद्दत गर्दछ । यो शरीरमा एउटा रेशायुक्त प्रोटिनको रुपमा रहन्छ । कोलाजेन प्रोटिनले छालामा पिलरको काम गर्दछ । बुढौलीयुक्त छालामा कोलाजेन प्रोटिन कमजोर हुन्छ ।

जसकोफलस्वरुप छाला लुज हुँदै जान्छ र चाउरीपन देखापर्छ । यदि हाम्रो छालामा समय भन्दा अगाडि चाउरीपना र सुख्खापन, आएमा हाम्रो शरीरको छालामा कोलाजेन प्रोटिन अनियमित र कमजोर भएको भन्ने बुझ्नुपर्दछ । यसलाई फेरी छालामा पुनस्थापना गर्नको लागि हामीले कोलाजेन युक्त खाना खानुको साथ साथै स्किन केयर रुटिङमा पनि कोलाजेन युक्तप्रशाधनहरुको प्रयोग गर्नु पर्दछ । कोलाजेन विभिन्न कारणले गर्दा ड्यामेज हुने गर्दछ । पहिलो त घामको विकिरणले गर्दा पनि छालामा कोलाजेन ड्यामेज र कमजोर हुन जान्छ । दोस्रो, धुम्रपान सेवन गर्दा त्यसको धुवाबाट आउने कार्बनको कारण पनि कोलाजेन डेयामेज हुनुको साथै कोलाजेन प्रोडक्सनमा पनि ह्रास आउँछ जसको कारण छालामा छिट्टै फाइनलाइन्स आउने सम्भावना हुन्छ । यसको साथै चिनीको कारणले गर्दा पनि कोलाजेन कमजोर हुनुको साथै ड्यामेज हुन जान्छ । जसको फलस्वरुप पनि छालामा समय भन्दा अगाडि नै चाउरीपना आउन थाल्छ । साथै यसको उत्पादनमा पनि कमि आउँछ ।

कोलाजेनलाई नियमित बनाई राख्न हामीले हाम्रो दैनिकी खानपान लगायत प्रयोग गर्ने प्रशाधनहरुमा पनि कोलाजेन युक्त प्रयोग हुनुपर्छ । यसले छालामा कोलाजेन उत्पादन गर्न मद्दत गर्छ । खासगरी यसलाई बलियो बनाइराख्न हाम्रो खानपानमा रेगुलर भिटामिन ‘सी’ कोप्रयोग गर्ने, भिटामिन ‘सी’ ले कोलाजेन ब्रेकडाउन हुने प्रोसेसलाई स्लो गर्दछ । जसको फलस्वरुप समयभन्दा अघि नै फाइनलाइन्स आएर बुढो देखिदैन । छाला सधैँ टाइट र ग्लोइङ
देखिरहन्छ । यसको साथै अण्डाको सेतो भागले पनि कोलाजेन प्रोटिन उत्पादन बढाउँछ । गोलभेडाले पनि कोलाजन प्रोडक्सनमा मद्दत गर्दछ । अमिलो फलफुल र स्टोबेरी, ब्लुबेरीले पनि कोलाजेन उत्पादनमा मद्दत गर्नुको साथै ब्रेकडाउन हुन दिदैन । यसको साथै छालामा कसाव आउनुको साथै चमक पनि कायम रही रहन्छ । यसका साथै विहान खाली पेटमा लसुनको तीन चारओटा दाना खाने गर्नाले पनि छालामा कोलाजेन प्रोडक्सनमा राम्रो सहयोग गर्नुको साथै समय भन्दा अगाडि फाइनलाइन्स देखा पर्दैन । यसको साथै कोलाजेनयुक्त फेसवास,फेस सिरम,नाइनट क्रिम, डे क्रिम, प्रयोगले पनि कोलाजेनलाई ब्यालेन्स राख्न सकिन्छ । –शुस्मा श्रेष्ठ रावल (श्रृङ्गार घर)