रसियन हेयरमा नम्बर वान मायाज् ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर

17

राम्री देखिन कस्लाई पो मन नलाग्दैन र ? राम्री हुन सेलिव्रेटी नै हुनु पर्छ भन्ने पनि छैन, हर युवती आफ्नो लागी सेलिब्रेटी हुन्, आफ्नो सुन्दरताले उनीहरुलाई यस्तै अनुभूति दिलाउने गर्छ । सुन्दर हुन चाहने नारीलाई निखारयुक्त सुन्दरता दिलाउदै आउनुभएको एक सफल ब्युटिशियन हुनुहुन्छ गीता गिरी । सौन्दर्य व्यवसायीबीच सुपरिचित नाम हो गीता गिरी । उहाँ विगत दुई दशक देखि यहि व्यवसायमा संलग्न हुनुहुन्छ । भक्तपुरको सूर्यविनायकबाट मायाज् ब्युटीपार्लर एण्ड टे«निङ सेन्टरको सुभारम्भ गर्नुभएको उहाँले हाल सम्म उपत्यकाका विभिन्न
स्थानमा शाखा खोलेर सेवा दिइरहेकी छिन् ।

स्वावलम्वी, आत्मनिर्भर, पौरखी र उद्यमशील हुन सके समाजमा छुट्टै स्थान पाइनुको साथै आफ्नो जीवन पनि सफल हुन्छ भन्ने मान्यता राख्ने उहाँ उद्यमशिल हुन चाहने नारीहरुको लागी प्रेरणा कि श्रोत पनि हुनुहुन्छ । उहाँले संचालन गरेको मायाज् ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टरबाट हाल सम्म हजारौँ भन्दा बढिले ब्युटिशियन सम्वन्धी तालिम लिएर आफूलाई आत्मनिर्भर र उद्यमी बनाइसकेका छन् । विश्व बजारमा आएको पछिल्लो प्रविधि अंगालेर गुणस्तरीय ब्युटिशियन सम्वन्धी तालिम लिएका धेरैले आफैले पार्लर खोलेर सेवा दिइरहेका छन् भने कतिपय विश्वका विभिन्न मुलुकमा पुगेर राम्रो कमाई गरिरहेका छन् । आफू संग सिकेका प्रशिक्षार्थीको यो सफलता स्मरण गर्दै उहाँ भन्नु हुन्छ ‘आफ्ना विद्यार्थीको यो प्रगतिले खुसी र आत्मसन्तुष्टि मिलेको छ, यो क्षेत्रमा लागेकोमा गर्व लागेको छ । आगामी दिनहरुमा पनि यहि क्षेत्रमा समर्पित गएर काम गर्न उर्जा मिलेको छ ।’ आगामी दिनमा उपत्यकाका अन्य विभिन्न स्थानमा समेत शाखा खोलेर आफ्ना ग्राहकहरुलाई सहजता दिलाउन प्रयत्नरत रहेको उनले बताइन् । ब्युटिशियन ब्यवसायले नै आफ्नो जीवन सहज, सुखी र सकारात्मक बनाएको उनको अनुभव छ, उनी भन्छिन् ‘यो पेशामा म पूर्णसन्तुष्ट छु, आगामी दिनमा यहि पेशा र व्यवसायलाई निरन्तरता दिनेछु, उपत्यकामा मात्र सिमिति नरही देशका विभिन्न ठाउँमा र विदेशमा समेत शाखा सञ्जाल विस्तार गरेर सेवा दिन प्रयत्न गर्नेछु ।’ अत्याधुनिक र सुविधासम्पन्न मायाज् ब्युटीपार्लर एण्ड टे«निङ सेन्टरमा अहिले चलनमा आएको अन्तर्राष्ट्रिय स्तरको हेयर स्टाइल ट्रेनिङ,मेकअप टे«निङ, सेल्फ मेकअप, फेसेनेवल टे«निङ लगायतका ब्युटी सम्वन्धी विविध तालिमहरु सहुचिलयतपूर्ण शुल्कमा संचालन भइरहेका छन् भने नारीहरुको लागी सम्पर्ण सौन्दर्य सुविधा उपलब्ध रहेको छ ।

ब्युटिशियन सम्वन्धी दुई दशक भन्दा लामो अनुभवको आधारमा गीता भन्नुहुन्छ ‘म मेरो कामलाई विश्वास गर्छु, यहि विश्वासले सौन्दर्य क्षेत्रलाई उदाहरणीय व्यवसाय बनाउने लक्षमा म निरन्तर अघि बढिरहेकी छु, मैले अझ गर्न धेरै बाँकी छ, जीवनका वाँकी दिनहरु पनि आफ्नो व्यवसायमा अझ उन्नति र प्रगति गर्ने अठोटका साथ अगाडी बढिरहनेछु । ’ मायाज् ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर विशेष गरी रसियन हेयरको लागि नेपाल भरमा प्रख्यात छ । मायाज् ब्युटीपार्लरलाई देश तथा विदेशमा चिनाउनको लागि मूख्य भूमिका गीता गिरीको रहेको छ । उहाँले देश तथा विदेशमा विभिन्न ठाउँमा पुगेर सिकेका सिप आफुमात्र प्रयोग गर्नु हुन्न आफु सरहका ब्युटीसियनलाई पनि सिकाउनुहुन्छ । साथै ब्युटिसम्बन्धी सबै
प्रकारको तालिम पनि दिनुहुन्छ । नेपालको विभिन्न ठाउँमा पुगेर प्रोफेशनल लेभलको सेमिनारसमेत गर्दै आइरहनुभएको छ । नेपालको सन्दर्भमा सेमिनारमा महिलाको सहभागीता निकै कम छ तर गीताले भने प्रोफेशनल रुपमा नै सेमिनारहरु सञ्चालन गर्दै आउनुभएको छ । हालै पनि नानो प्लाष्टिया रपाएजेसँग मिलेर सेमिनार सम्पन्न गर्नुभएको छ ।