मिसेस् नेपाल वर्ल्डको उपाधि थापालाई

32

काठमाडौं । रिबन इन्भेस्टमेन्टद्वारा बुधवार काठमाडौँमा आयोजित मिसेस् नेपाल वर्ल्ड २०२३ को उपाधि पृथिभिया थापाले पाएकी छन् । कार्यक्रममा मिसेस् नेपाल इन्टरनेशनलको उपाधि भने सीता सुवेदीले र सृजना केसीले पाउन सफल भएका छन् ।

त्यस्तै फर्स्ट रनर अप ऐना गजुरेलले पाइन् भने, सेकेन्ड रनर अप निशा बिस्ट, थर्ड रनर अप सरु राज्यलक्ष्मी राणाले हात पार्न सफल भएकी छन् विजेताले मिसेस् नेपाल वर्ल्डमा नेपालबाट प्रतिस्पर्धा गर्नेछिन् ।