आफैँ राम्री बन्न पार्लर सिकेँ

30

सुन्दर बन्ने चाहाना सबैको हुन्छ । तर हामी कामको व्यस्तताले गर्दा आफ्नो अनुहारको हेरचाह गर्ने समय नै निकाल्न बिर्सने गछौँ । यस्तो अवस्थामा समय भन्दा अगाडी नै हाम्रो अनुहारमा विभिन्न किसिमको समस्याहरु आउने गर्छ । यस्तो समस्यालाई समाधान गर्न अहिले हरेक चोक–चोकमा प्रविधियुक्त पार्लर तथा तालिम प्राप्त ब्युटिसियनहरु सेवामा खटिएका छन् । यही भिडमा हुनुहुन्छ ब्युटिसियन मञ्जिला सुबेदी । दोलखाको तामाकोशी गाउँपालिकामा जन्मनुभएकी मञ्जिलालाई सानैदेखि एकदमै राम्री हुनुपर्दथ्यो । स्कुल जाँदा होस् या घरमा बस्दा उहाँलाई चिटिक्क भएर बस्न मन पर्दथ्यो ।

बाल्यकालमा उहाँ गाउँभरीका बच्चाहरु जम्मा गरेर आन्टीको कोठाबाट लिपिस्टिक ल्याएर लगाइदिनु हुन्थ्यो । उहाँ भन्नुहुन्छ–‘बाल्यकालदेखि नै मलाई राम्री बन्नुपर्दथ्यो । म गाउँभरीका बालबालिका जम्मा गर्थेँ त्यो बेलामा अहिलेको जस्तो गाजल थिएन हामी हाडीको कालो मोसो निकालेर गाजल बनाएर लगाउने गर्थेउ निकै रमाईलो हुन्थ्यो । ’ हुने बिरुवाको चिल्लो पात भने झैँ उहाँमा ब्युटिसियन बन्ने लक्षण सानोमा नै देखिएको थियो । २०६१ सालमा रामेछाप तामोकोशी हाईस्कूलबाट एसएलसी पास भएपछि पढ्नको लागि काठमाडौं आउनुभयो त्यहीबाट उहाँको पार्लर यात्रा सुरु भयो । काठमडौंको पशुपती बहुमुखी क्याम्पसमा पढ्दा पढ्दै २०६५ सालमा काभ्रे भकुण्डेबेसी स्थित भिमप्रसाद न्यौपानेसँग उहाँको विवाह भयो । विवाह भएको केही समयमा छोराको जन्मभयो । एक वर्षको छोरोलाई मन्टेश्वरीमा राखेर उहाँले पार्लर सिक्नुभयो । खासमा उहाँले पार्लर अरुको प्रेरणाले भन्दा पनि आफ्नो अनुहारमा आएको पिम्पललाई हटाउन सिक्न जानुभएको थियो । उहाँ भन्नुहुन्छ– ‘वास्तवमा मैले पार्लर मेरै लागि सिकेको थिए । आफ्नो अनुहारमा आएको पिम्पल हटाउन सिकेको थिए । मलाई जसरी हुन्छ राम्री बन्नु थियो ।

कपडा पुरानै भए पनि सफा लगानु र अनुहार चिटिक्क राख्नुपर्ने मेरो बानी थियो ।’ उहाँले केही समय सिकेकै पार्लरमा काम पनि गर्नु भयो । त्यसपछि आफैले पार्लर खोली सञ्चालन गर्नुभयो । करिब १३ वर्षदेखि सौन्दर्य क्षेत्रमा रमाईरहनु भएकी मञ्जिलाको अहिले तीन ओटा पार्लरहरु सञ्चालनमा छन् । भक्तपुर सल्लाघारीमा मञ्जिला स्किन कियर एण्ड ब्युटि सलोन, राधेराधे भक्तपुरमा मञ्जिलाज ब्युटिकियर र सृजनानगरमा मञ्जिलाज् युनिसेक्स सलोन सञ्चालनमा छन् । करिब एक दशकको अन्तरालमा मञ्जिलाले सौन्दर्य क्षेत्रमा गर्नुभएको प्रगतीको एक मात्र कारण हो निस्वार्थ सेवा, कडा मेहेनत, धैर्यता लगनशिलता, इमान्दारीता र क्लाइन्टको सन्तुष्टि । कतिपय अवस्थामा विवाहपछि महिलाहरुले आफ्नो सपना र रहरलाई आफैँमा दबायर बाँच्न बाध्य भइरहेका हुन्छन् तर मञ्जिलाको परिवार भने हरेक समय उहाँको प्रगति र सफलताको कामना सहित साथमा हुनुहुन्छ । मञ्जिलाले सौन्दर्य क्षेत्रमा कमाएको नामको श्रेय उहाँ आफ्नो आमालाई दिनुहुन्छ ।

मञ्जिलाको हरेक पार्लर धेरै जसो भिड नै हुने गरेको छ । पार्लरमा आउने हरेक क्लाइन्टलाई सम्मानपूर्वक गरिने व्यवहार नै यस पार्लरको मूख्य विशेषता हो । मञ्जिलाले आर्थिक अवस्था कम्जोर भएका आफ्नो क्लाइन्टहरुलाई निशुल्क सेवा समेत दिने गर्नुभएको छ । सामाजिक मनोभाव बोक्नुभएको मञ्जिलाले अहिलेसम्म एक हजार भन्दा बढी क्लाइन्टको निशुल्क सेवा गर्नुभएको छ । सामाजिक सञ्जाल टिकटकमा पनि निकै एक्टिभ हुनुहुन्छ । पछिल्लो समयमा हाम्रो खानपान र धुवाँधुलोको कारण बिग्रिएको हाम्रो स्किनको उपचार उक्त पार्लरमा हुने गरेको छ । विशेष पिम्पल र मेलाजमाको लागि मञ्जिलाले क्रिम बेसका प्रोडक्टहरु प्रयोग गर्नुहुन्छ । जसको कारण देश तथा विदेशबाट मानिसहरु समय बुक गराएर आउने गरेका छन् ।