सुमन र सोनी बने मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ सिजन ४ का विजेता

94

काठमाडौँ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ सिजन ४ मा विजेता सुमन कालीकोटे र सोनी कालीकोटे बनेका छन् । जसमा फष्ट रनर अप जीवन बिश्वकर्म र गिता नेपाल भएको भए भने फेस अफ स्मार्ट किडस २०२३ सिजन ३ मा अरिहान्त घिमिरे र जेविना गुरुङ विजेता बने । फष्ट रनर अप रियान्स कालीकोटे र हङ्सिका खत्री र सेकेन्ड रनर अप फुर्बा मोक्तान र आश्रीया लामा भई ग्राण फिनाली सम्पन्न भएको छ ।

जसमा विभिन्न बिधाका सब टाईटल अफर हरु संगै विनरहरुलाई ईन्टरनेस्नल प्रोग्राम मा पार्टीसिपेन्ट गराईने जसमा २५००० बराबरको अर्गनाइजरले बेहोर्ने भएको छ । कार्यक्रममा १८ जनाले आफ्नो वाक बाट प्रस्तुत गरे । कार्यक्रमा प्रमुख अथिती पुर्व मन्त्री बिक्रम पाण्डेले उद्घाटन गरे ।

निर्णायक हरु ईन्टरनेस्नल प्रोग्राम डाइरेक्टर धिरज तन्डुकार , फेसन डिजाइनर ईन्ता श्रेष्ठ , तामाङ हिरोनी रन्जिता तामाङ र मिडिया पर्सन विना श्रेष्ठ रहेको युथ कृयशनका अध्यक्ष रवी लामा तामाङले वताए यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार एंव अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको फाइनल भने पौष २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा भएको आयोजक टिमले जानकारी दिए । साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक एंव सांस्कृतिक प्रस्तुती रहेको पनि आयोजकले जानकारी दिए ।