सिपले आत्मविश्वास बढाउँछ

192

अर्चना सिलवाल कँडेल ब्युटिसियन क्षेत्रमा एक चिरपरिचित नाम हो । बुबा चेतना सिलवाल र आमा नन्दकुमारी सिलवालको कोखबाट उहाँको जन्म धादिबको सलाब गाविसमा भएको हो । सामान्य परिवारमा जन्मनुभएको अर्चना बाल्यकालमा चञ्चले तथा मिजासिलो स्वभावको हुनुहुन्थ्यो । उहाँलाई सानैदेखि पढाईमा धेरै रुची थियो । साथीभाईहरुसँग खेल्न भन्दा पनि पढ्नमा उहाँ धेरै रमाउनु हुन्थ्यो । २०५२ सालमा रोलाब बागेश्वरी मा.बि रिसप्टार एसएलसी दिएपछि उहाँ बाँकी पढाई पुरा गर्न चितवन जानुभयो । त्यही क्रममा उहाँले संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) मा सेरी कर्लचरल टेक्निसियनको रुपमा काम गर्नुभयो । पढाई अनि जागिरको शिलशिलाकै बीचमा २०५५ सालमा धादिङकै धुब्रराज कडेँलसँग उहाँको विवाह भयो । छोरा सत्कार कँडेलको जन्मभएछि केही वर्ष जागिर गर्नुभयो । अनि छोरालाई पढाउने क्रममा उहाँले जागिरलाई समय दिन सक्नुभएन । उहाँले करिब ६ वर्ष युएनडिपीमा काम गर्नुभयो । छोरा हुर्कदै भएपछि उहाँमा केही नयाँ काम गर्ने सोच आयो । त्यतिबेला ब्युटिसियन क्षेत्रको बारेमा खासै मानिसहरुलाई रुची थिएन ।

त्यतिबेला ब्युटिसियन बन्ने तथा पार्लर खोल्ने भनेपछि समाजको हेर्ने र सोच्ने नजर पनि फरक थियो । तर उहाँलाई त्यही फरक काम नै गर्नु थियो । त्यसपछि उहाँले चितवन, काठमाडौँ हुँदै एथेस्टिक एण्ड कस्मोलोजिस्ट युके,बागिज्डेस् न्यु दिल्लीबाट एथेस्टिक सोलुसन कोषर्, सिप विकाश केन्द्र, सिटिइभिटिइबाट तालिम लिनुको साथै सिटिइभिटिइको मुल्याबकन कर्ता समेत हुनुहुन्छ । करिब ७ वर्ष धादिबमा नै नेचुरल ब्युटि क्लिन एण्ड हियर केयर सेन्टर भनेर चलाउनुभयो ।

अहिले त्यसैको ब्रान्च काठमाडौँमा नेचुरल ब्युटि क्लिन एण्ड एकेडेमी सञ्चालन गरिरहनुभएको छ । उहाँले पार्लर सञ्चालन गरेको सुरुवाती चरणमा समाज तथा साथीभाईले उहाँलाई राम्रो जागिर छोडेर ब्युटिसियन क्षेत्रमा लागेको भनेर आलोचना पनि गरेका थिए । तर उहाँलाई परिवारले कुनै पनि काम सानो ठूलो हुँदैन गलत हुँदैन । सही सोच र सही व्यवहारले काम गरे सफल भइन्छ भन्दै यस क्षेत्रमा जोडिन हौसला दिनुभएको थियो । जसको कारण हिजो यो क्षेत्र रोजेर गलत गर्यौँ भन्ने मानिसहरु नै आज उहाँकोमा सर्भिस तथा सिप सिकाईदिनुस् भन्दै आउने गरेका छन् । अर्चनासँग पार्लर सञ्चालन गरेको करिब दुई दशकको अनुभव छ । महिलाको हातमा केही न केही कुराको सिप भए कसैसँग झुक्न र भोकै बस्न नपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘हामी सबैले सिप सिक्नुपर्छ सिपले आत्माविश्वास बढाउँछ । सिप भएको मानिस विश्वको कुनै पनि कुनामा पुगेर भोकै बस्नुपर्ने अवस्था आउँदैन । त्यसैले पनि जीवनमा सिप सिक्न एकदम आवश्यक छ । त्यसमा पनि परिवारको साथ र सहयोग भएमा महिलाहरु हरेक क्षेत्रमा सफल हुन्छन् । ’

उहाँले सभिर्सको साथमा तालिम पनि दिने गर्नुभएको छ । आजसम्म करिब ६ हजार बढि विद्यार्थीले तालिम लिइसकेका छन् । अहिले ती विद्यार्थीहरुले आफ्नै पार्लर सञ्चालन गरेका छन् कोही विदेशमा काम गरिरहेका छन् । ब्युटिसियन क्षेत्रमा नामसँगै राम्रो कमाई हुने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ–‘पछिल्लो समय महिलाहरुको समय दिन र आम्दामी गर्न सहज हुने क्षेत्र ब्युटिसियन हो । आफूमा पूर्ण सिप, धर्यता, लगनशिलता, शहनशिलता, गुणस्तरीय सभिर्स र आफ्नो मन भए यो पेशाबाट आफ्नो घर व्यवहार चलाएर घरको आर्थिक अवस्थालाई बलियो बनाउन सहयोग गर्न सक्छौँ ।