स्किनले जनाउँछ तपाइँको पर्सनालिटी

36

तपाईंको स्किन सुन्दरताको ऐना मात्र होइन यसबाट तपार्इंको पर्सनालिटीको बारेमा पनि जान्न सकिन्छ । त्यसैले आउनुहोस् जानौ कस्तो स्किन टाइपका मानिसको स्वभाव कस्तो हुन्छ ?

तपाईं अभिमानी र थोरै अन्तर्मुखि स्वाभावकी हुनुहुन्छ । तपाईं लाइफ प्लानर
तपाईंलाई आफ्नो जीवन र सम्मानलाई सिम्पल र आरामदायि बनाउने चक्करमा नै घुमिरहनुहुन्छ । तपाईं मानिससँग उत्साह पूर्वक र खुल्ला पनले मिल्न चाहनुहुन्न । आफ्नो प्राइवेसीमा खलल पुगेको तपार्इंलाई बिल्कुलै मनपर्दैन । तपाईंको जीवनमा के भैरहेको छ तपाईं कसैको साथमा पनि शेयर गर्नुहुँदैन । तपाईराम्रो लेखिका बन्न सक्नुहुन्छ ।

स्किन ओइली छ भने यस्तो छ तपाईंको पर्सनालिटी ?
तपाईं आत्मकेन्द्रित हुनुहुन्छ । आत्मविश्वासी र बहिर्मुृखी हुनुहुन्छ । तपाईंमा निर्णय लिने अचम्मको क्षमता छ र बुद्धिमानि पूर्वक कुनै पनि निर्णय लिनुहुन्छ । तपाईं नयाँ मानिस र नयाँ परिस्थितिमा सजिलैसँग घुलमिल हुनुहुन्छ । सपनाको लागि आफ्नो व्याक्तिगत र प्रयाक्टिकल जीवनमा कुनै ठाउँ छैन । तपाईं वास्ताविकतामा बाच्नु हुन्छ र आफ्नो भाग्य आफै बनाउनमा बिश्वास गर्नुहुन्छ । तपाईं हाई पावर कर्पोरेट जबमा करियर बनाउन सक्नुहुन्छ ।

स्किन दाग धब्बाबाट सजिलै घेरिने खालको छ भने यस्तो छ तपाईंको पर्सनालिटी ?
तपार्इं चाहनुहुन्छ कि तपार्इं जस्तो हुनुहुन्छ मानिसले त्यस्तैै स्वीकार गर्नुपर्छ ।तपाईं मूडि स्वभावकी हुनुहुन्छ । तपार्इं कुंठा र गलतफेमिको शिकार चाडैनै हुनुहुन्छ । तपाईंसधै आशा र निराशाको बीचमा झुलि रहनुहुन्छ । यसैले तपाईंको अन्र्तमनमा उथल पुथल भैरहन्छ । तपाईं धेरै जसो निराश रहनुहुन्छ या रिसमा हुनुहुन्छ । तपाईंलाई लागिरहन्छ कि मानिस तपाईंलाई बुझ्नै सक्दैनन् कि तपाईं कुन परिस्थितिबाट गुज्रिरहनु भएको छ ।

स्किन सेन्सिटिभ या कम्बिनेशन छ भने यस्तो छ तपार्इंको पर्सनालिटी ?
तपार्इं सकारात्मक उर्जाबाट भरपूर धेरै भावुक हुनुहुन्छ । सोशल लाइफ तपार्इंको लागि आवश्यक छ । तपाईंलाई नयाँ नयाँ मानिस सँग भेट्न मनपर्छ । हरेक कोहि तपार्इंको मिलनसार व्यातित्व र हेल्पीङ् नेचर प्रति आकर्षित हुन्छन् । तपाईं एउटा स्थिर र राम्रो जीवन बाँचिरहेको हुनुहुन्छ र बाँच्न चाहनुहुन्छ । पब्लिक इन्टरयाक्सन सँग सम्बन्धित जबमा तपार्इं करियर बनाउन सक्नुहुन्छ ।

स्किन ड्राई छ भने यस्तो छ तपाईंको पर्सनालिटी ?
तपाईं परम्परावादी हुनुहुन्छ र जीवनको मूल्यको बारेमा दृढ हुनुहुन्छ । बहाना बनाउनमा तपाईंसँग कसैले सक्दैन । तपाईं अन्तमुर्खि, स्वभिमानी र जिद्दि हुनुहुन्छ । तपार्इं आफुलाई जति सहज र स्वच्छन्द देखाउनुहुन्छ त्यति तपाईं हुनुहुँदैन । समाजमा हुने हरेक घटनाको निरिक्षण गर्न र त्यसमा आफ्नो राय दिन तपार्इंलाई राम्रो लाग्छ । अरुलाई प्रभावित गर्न पनि तपाईंलाई मनपर्छ । तपाईं मोरलिस्ट हुनुहुन्छ । यसैले सधै यहि सोच्नुहुन्छ कि मतप्रदर्शनको लागि त्यो व्याक्तिको लागि के योग्य हुन्छ र के हुँदैन ? यो सब कुरामा यति डुब्नुहुन्छ कि अगाडिको मानिसमा प्रभाव पार्न सक्नुहुँदैन तपाईं राम्रो आलोचक हुनुहुन्छ ।