यसरी बन्न सक्छन् बालबालिका मानसिक रोगी ?

16

 


प्रविधिको बढ्दो प्रयोग तथा व्यस्त जीवन शैलीका कारण पनि प्रायः मानिसहरु तनाव मुक्त रहन सकेको पाईदैन । यसको असर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बालबालिकालाई समेत परेको पाईन्छ । पछिल्लो समय धेरैलाई तनाव छ, चिन्ता छ, व्यस्त दैनिकी, बढ्दो महंगी, सुविधा भोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्वकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन । त्यही अस्थिरताले मानसिक तनाव पैदा गरिरहेको छ । तनावको कारण के हो ? किन भइरहेको छ ? कसरी भइरहेको छ ? यसबारे हामी चनाखो रहनुपर्ने बेला भइसकेको छ । किनभने अहिले डिप्रेसन जस्ता जटिल समस्याले धेरैलाई गाँजीसकेको छ । यो चरणमा पुग्नु भनेको मानसिक हिसाबले नाजुक अवस्थामा पुग्नु हो । यसअघि नै हामीले उचित निदान खोज्नुपर्छ । खासमा हामी किन मानसिक रोगी हुँदैछौं भन्ने कुरा आज आएर वा हठात मात्र भएको छैन । हाम्रो हुर्काई, बढाई आदिसँगै तनावको ग्राफ उक्लिदै आएको पाइन्छ ।

अहिले अभिभावक वा कर्तव्य बोध भएका मानिस मात्र होईन बालबालिका मानसिक समस्यामा फस्दैछन् । दिनानुदिन बालबालिकाहरु अनेक किसिमको बोझ र तनावले थिचिदैछन् । यस्तो अवस्थामा बालबालिकालाई कसरी तनावमुक्त राख्ने भन्ने मात्र होइन, उनीहरुको समस्या कहाँबाट कसरी सुरु भइरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ । किनभने बालबालिका हुर्काउने, पढाउने क्रममा हामीले केही गल्ती दोहोर्याइरहेका छौं, जसले उनीहरुलाई मानसिक रोगी बनाइरहेको छ ।

१. बच्चाको हुर्काई
बालबालिकाको पहिलो पाठशाला भनेकै घर हो । परिवार हो । घरपरिवारबाट उनीहरु जीवनोपयोगी ज्ञान आर्जन गर्छन् । यसबाट के बुझ्नुपर्छ भने, घरको वातावरणले उनीहरुको मानसिक विकासमा खास प्रभाव पार्छ । घर कस्तो छ ? परिवार कस्ता छन् ? वातावरण कस्तो छ ? यावत कुरासँग बालबालिकाको मानसिकता जोडिन्छ ।
यदि घरमा राम्रो संस्कार छ, बालमैत्री छ भने बच्चाको विकास समुचित ढंगले हुन्छ । तर, घरमा कलह हुन्छ, झै झगडा हुन्छ, विभिन्न किसिमको अभावहरु हुन्छ भने बच्चाको मानसिकतालाई त्यसले विक्षिप्त बनाउँदै लान्छ । र, यस्तो अवस्था पनि आउँछ की बच्चा घरकै कारण मानसिक रुपले कमजोर, असक्षम हुन्छ ।
उनीहरुमा ग्लानीभाव पैदा हुन्छ । हिनताबोध पैदा हुन्छ
घरमा बच्चालाई कसरी हुर्काइएको छ ? उनीहरुसँग अभिभावकले कति समय व्यतित गरेका छन् ? बालबालिकासँग घरमा कस्तो व्यवहार गरिन्छ ? इत्यादि कुराले पनि उनीहरुको मानसिक विकासमा ठोस भूमिका खेल्छ ।
पछिल्लो समय बालबालिकाको संरक्षणमा अभिभावकले बेवास्ता गरिरहेको जस्तो देखिन्छ । बालबालिकालाई कम समय दिने, घरमा छाडेर वाहिर जाने, बालबालिकालाई एक्लै घर कुर्न लगाउने जस्ता गतिविधिले उनीहरु मानसिक बोझ बोक्न बाध्य भइरहेका छन् ।

२. विद्यालयको वातावरण
हामी विद्यालयमा छोराछोरीलाई पठाउँछौं, शिक्षा आर्जन होस् भनेर । केही नयाँ कुरा सिकोस् भनेर । जान्ने, बुझ्ने होस् भनेर । तर, विद्यालय पठाउँदैमा बच्चाले यावत् कुरा आर्जन गर्छन् त ? हामी अभिभावक के ठान्छौं भने, विद्यालयमा भर्ना गराइदिएपछि, कक्षा कोठासम्म पुर्याइदिएपछि, शिक्षक र शिक्षिकाको जिम्मा लगाइदिएपछि बच्चाले ज्ञानज्ञुनका कुरा सिक्छन् । परिपक्व हुन्छन् । तर, हेक्का राख्नुपर्ने कुरा त के भने विद्यालयको यसरी बन्न सक्छन् बालबालिका मानसिक रोगी ?

वातावरण कस्तो छ ? शिक्षक र शिक्षिकाको व्यवहार कस्तो छ ? सहपाठी कस्ता छन् ? भन्ने कुराले बच्चाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । अहिले धेरैजसो विद्यालय व्यवसायिक हिसाबले सञ्चालन गरिएको छ । विद्यालयलाई कमाउने माध्यम बनाइएको छ । यसरी शिक्षालाई कमाउ धन्दा बनाउँने क्रमसँगै कक्षा कोठाको वातावरण कठोर हुँदै गएको छ । विद्यार्थीलाई जसरी पनि पाठ घोकाउने, उत्तिर्ण गराउने चक्करमा उनीहरुलाई अनावश्यक यातना दिइन्छ । जब बालबच्चाले राम्ररी पढ्न जान्दैनन्, भनेको कुरा सहजै बुझ्दैनन् तब उनीहरुलाई थर्काउने, कुट्ने गरिन्छ । यसरी बच्चालाई दिइने मानसिक यातना भयानक हुन्छ । यसले उनीहरुलाई डिप्रेसनको अवस्थामा पु¥याउन सक्छ । अर्कोतर अहिले हाम्रो पाठ्यक्रम पनि बाल मनोविज्ञान अनुरुप छैन । यसरी जस्तो पनि पाठ, विषय पढाइरहँदा त्यसले बच्चाको मानसिकतामा कस्तो प्रभाव पार्छ भनेर पनि ख्याल राख्नुपर्ने हुन्छ ।

३. खानपान
यो कुरा चाहि आमाबुवाले ध्यानमा राख्नुपर्छ । किनभने अहिले सजिलोको लागि बच्चालाई बजारको खानेकुरा खुवाइन्छ । फास्टफुडमा अभ्यस्त गराइन्छ । घरमा पोषणयुक्त खानेकुरा दिनुपर्छ भन्ने हेक्का राखिदैन । जबकी खानेकुरा पनि मानसिक समस्याको कारण बन्न सक्छ । खासगरी पाँच वर्षसम्म बच्चाको शारीरिक र मानसिक अवस्था निकै तीब्र गतिमा विकास हुने गर्छ । यो अवधिका बालबालिकामा शरीरलाई आवश्यकता अनुसारको पोषण नपुग्दा मानसिक स्वास्थ्यमा निकै ठूलो असर पु¥याउने गर्छ । यस्तो अवस्थामा पोषण र खानामा विशेष ख्याल राख्नुपर्ने हुन्छ । त्यतिमात्र नभएर ओछ्यान पनि सुरक्षित हुन आवश्यक छ । यस्तो अवस्थामा नपुगेको पोषणले मानिसलाई डरको भावना हुने, आत्मविश्वासमा कमी आउने, कुपोषणजस्ता समस्याले गाँज्ने गर्छ । सु्विधाजनक निन्द्राले पनि बच्चालाई राहत मिल्छ ।

४. यौन र्दुव्यवहार
यौन दुव्र्यवहारले मानसिकतामा निकै ठूलो आघात पुग्छ । अझ पछिल्ला समय आएका विभिन्न घटनाहरुले बालमानसिकतामा चोट पर्न सक्छ । यस्तो यौन दुव्र्यवहारले सामान्य देखि एन्जाइटि, डिप्रेशनसम्मको अवस्था निम्त्याउने गर्छ । यौन दुव्र्यवहार गर्ने लिंगीप्रति विश्वास घट्ने, डर हुने, जहिले पनि असुरक्षा महशुस हुने समस्या हुन्छ । यसले पछिसम्म पनि असर पु¥याउँने गर्छ ।

५. मदिरा सेवन
मानसिक स्वास्थ्यमा असर पार्ने अर्को समस्या भनेको मदिरा हो । मदिराको अत्याधिक सेवनले मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । यसमा भएका कतिपय नशालु पदार्थले मस्तिष्कलाई पनि बोधो बनाउँछ । मदिरा सेवनका कारण पारिवारिक संरक्षण र वातावरणमा नराम्रो असर पु¥याईरहेको हुन्छ । जुन बालबालिकाको
परिवारमा मधिरा सेवन गर्ने मानिस छ उसलाई डर पैदा भईरहेको हुन्छ । अझ पछिल्लो समय बालबालिकालाई पनि सिकाउनु पर्छ भन्ने सोचाईले मदिरा सेवन गराईने गरिन्छ जस्ले गर्दा बालबालिका मानसिक रोगको सिकार हुन पुग्छन् । त्यतिमात्र नभएर उनीहरु त मानसिक रोगी बन्छन् नै, त्यसको साइड इफेक्ट चाहि घरपरिवार, खासगरी बालबालिकामाथि पर्न जान्छ । बुवाआमाले मदिरपान गर्छन् भने त्यसले बच्चाको मानसिकतामा गंभीर असर पुग्छ ।

के हुन्छ असर ?
यसरी मानसिकतामा पर्ने असरले सामान्य तथा गम्भीर अवस्था ल्याउने गर्छ । जस्तो कि, दूव्र्येसनमा फस्ने, असामाजिक हुने, आत्ममनोबल कमजोर हुने, हिनताबोध गर्ने जस्ता समस्या पैदा हुने गर्छ । यस्तो असरले जीवनमा पाउने सफलतामा पनि चुक्ने समस्या हुन्छ । त्यति मात्र नभएर अत्याधिक डराउने, कडा खालको डिप्रेसन जस्ता समस्या पनि
निम्तने गर्छ ।