गोरखकाली इङलिस बोडिङ हाईस्कुलको आयोजनामा ‘एजुकेशन फेअर २०८०’ भव्य रुपमा सम्पन्न

17

काठमाडौं । कुमारी स्थान बालाजुमा रहेको गोरखकाली इङलिस बोडिङ हाईस्कुलको आयोजनामा ‘एजुकेशन फेअर २०८०’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको उक्त कार्यक्रमलाई प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिचारी प्रसाद आधिकारीले पानसमा दिप प्रज्पलन गरी उद्घाटन गरेका थिए ।

विद्यार्थीहरुले आफ्नो दैनिक जीवनमा पढेका विषयहरुको प्रयोगात्मक शिक्षालाई प्रस्तुत गरुन र शिक्षासँग प्रविधिको नयाँ प्रयोग गर्नको लागि उक्त एजुकेशन फेअर आयोजना गरिएको गोरखकाली इङलिस बोडिङ हाईस्कुलकी प्रिन्सिपल देबु फुँयालले बताएकी छन् ।

एजुकेशन फेअरमा विद्यार्थीहरुले नेपाली ,गाणित, विज्ञान, सामाजिक, अंग्रेजी लगायतका विभिन्न विषयका प्रयोगात्मक अभ्यासका कलाहरु प्रस्तुत गरेका थिए । विशेष गरी नेपाली कला संस्कृतिको महत्व झल्काउने विभिन्न आर्टस् विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । जसमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत भएको थियो ।

कार्यक्रममा मेट्रो शिक्षा विभागका प्रमुख रामप्रपाद सुवेदी,तरुण स्रोत केन्द्रबाट नारायण नेपालसहित विभिन्न संघ संस्था, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीगरी करिब १००० भन्दा बढी व्यक्तिहरुले एजुकेशन फ़ेअर अवलोकन गरेका थिए ।

करिब ४,५ घण्टा चलेको उक्त एजुकेशन फ़ेअर कार्यक्रम उपस्थित व्यक्तिहरुले महत्वको साथ अवलोक गरेका थिए । पानसमा दिप प्रज्वलनको साथ सुरु भएको कार्यक्रम विशेष उपस्थित व्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्दै समापन भएको थियो ।