स्टेला प्रोले धनगढीमा २५ जना ब्युटिसियनलाई दियो ७ दिने तालिम

131

काठमाडौँ-  स्टेला प्रो मेकअपले धनगढीमा सात दिने मेकअप तालिम दिएको छ। सुदूरपश्चिम ब्युटिपार्लर एसोसियसन धनगढी कैलालीको आयोजनामा भएको तालिममा मेकअप आर्टिस्ट करुणा पुरीले तालिम दिएकी थिइन्।

तालिममा ब्युटीपार्लर सञ्चालन गर्दै आएका २५ जना ब्युटिसियनको सहभागिता रहेको थियो। ७ दिन सम्म सञ्चालन भएको तालिममा १ दिन स्टेला प्रो सेमिनार रहेको थियो ।

सेमिनारमा ब्राइडल मेकअपको बारेमा जानकारी दिइएको थियो भने सहभागिलाई तालिमको प्रमाण पत्रसमेत वितरण गरिएको थियो।