व्यवसायी सापकोटा लण्डनमा सम्मानित

25

काठमाडौँ- व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन्।

लण्डनबाट सञ्चालित साउथ एसिया टाइम्सले एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरेका थिए।

सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा रहेका छन्।

उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्यलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै सामाजिक योगदान गरेका छन्।

बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगेका थिए।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत प्रस्तान गरेका हुन्।