महिला पुरुष दुवैका लागि सेवा दिने एम स्टाईल, जनप्रतिनिधि र कलाकारले गरेका थिए उद्घाटन

19

काठमाडौँ- पछिल्लो समय नयाँ बानेश्वरको एम स्टाईलमा चहल पहल बढ्दो छ।

झण्डै २६ वर्ष सौन्दर्य क्षेत्रमा क्रियाशील रहेकी गीता गिरीले संचालन गरेको एम स्टाइल सलोन एण्ड व्युटी हबमा चलहपहल बढेको हो।

महिला पुरुष दुवैका लागि सेवा दिने उदेश्यले खोलिएको ब्युटी हबको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल,अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रहेको हबमा सौन्दर्यसँग सम्बन्धित सबै काम गरिनुका साथै विभिन्न ट्रेनिङसमेत दिइने संचालिका गीता गिरीले जानकारी दिइन्।

गीता गिरीको २६ वर्ष देखिको क्रियाशीलतालाई थप हौसला प्रदान गर्न आफुहरु उद्घाटन समारोहमा उपस्थित भएको उप प्रमुख सुनिता डंगोल ,अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले बताएका थिए।

ओपनिङको अवसरमा ५० प्रतिसतसम्म छुटको अफर दिएका कारण पनि त्यहाँ सेवालिन जानेको संख्या बढेको हो।