एउटै मञ्चबाट चार विजेताको घोषणा

22

काठमाडौँ ‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल–२०२४’ अन्तर्र्गत एउटै स्टेजमा चार शीर्ष उपाधि घोषणा गरिएको छ ।

स्पार्कल इन्टरटेनमेन्टद्वारा काठमाडौंमा आयोजित प्रतियोगितामा सिनियर तथा जुनियर र जुनियर ‘बी’ तथा ‘मिस्टर जुनियर’ गरी चार शीर्ष विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको यस पहिलो सिजनमा जुनियरतर्फ रियान्सु दाहालले शीर्ष उपाधि जितेका छन् भने जुनियरतर्फ फस्ट रनर्सअप र सेकेण्ड रनर्सअप क्रमशः सुप्रिया उप्रेती र तेजस्वी केसी भए । तेजस्वीले पब्लिक च्वाइज सब टाइटल समेत पाइन् ।
यस्तै, जुनियर ‘बी’ समूहमा पूर्णिमा थापा विजयी भएकी छिन् भने भार्गवी शर्मा फस्ट रनर्सअप तथा इनिका काफ्ले सेकेण्ड रनर्स अप भएका छन् ।

यस्तै, सिनियरतर्फ सृष्टि बमजन विजेता बनेकी छिन् भने फस्ट रनर्सअपमा अनुमा राई तथा सेकेण्ड रनर्सअप पलेस्वा रघुवंशी भए । यस्तै, प्रतियोगितामा अनमोल उप्रेतीले ‘मिस्टर जुनियर’ को उपाधि पाएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति एवं गायक शम्भू राईको आतिथ्यमा सम्पन्न यस प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, इभेन्ट अर्गनाइजर निशु झा, अभिनेता रमेश उप्रेती, मिसेस युनिभर्सल सुस्मा सुबेदी, स्नेहा पोखरेल तथा विना श्रेष्ठ निर्णायक रहेका थिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट को–अर्डिनेटर अमृता राई रहेकी थिइन् भने कार्यक्रमको होस्ट सेसेमी लिम्बूले गरेकी थिइन् ।