मेकअप आर्टिस्टमा आफ्नो पहिचान बनाउँदै सेलिष्टा

371


सेलिष्टा प्रधान श्रेष्ठ एक मेकअप आर्टिस्ट हुन् । उनलाई आफू शृङगारिन भन्दा पनि अरुलाई शृङगारन निकै मन पर्छ । त्यही कारण करिब ४ वर्षदेखि उनी यस क्षेत्रमा लागेकी छिन् ।

सेलिष्टालाई सानैदेखि मेकअप गर्न मन लाग्थ्यो । त्यसैले मेकअप गरेको कोही देखिन भने आफूँ पनि त्यस्तै मेकअप गर्छु भनेर सोच्ने गर्थिन । यही कारण उनले आफ्नो व्याजर्लरको पढाई सकेर रहेको खाली समयलाई सदुपयोग गर्ने क्रममा मेकअप सिकेकी हुन् ।

चाबहिलको ‘ग्लो टु ग्लो’ मेकअप स्टुडियो पुगेर उनले मेकअपको बेसिक कोर्स गरेकी थिइन् । सिक्दै जाँदा उनीमा यही क्षेत्रमा झनै केही गर्ने रुची बढ्दै गयो । त्यसपछि उनले बेसिकसँगै एडभान्सका कोर्सहरु पनि गरिन् ।

उनले सिकेको सिपलाई अहिले एक फ्रिलेन्सरको रुपमा मात्र सदुपयोग गर्दै आएकी छिन् । उनी भन्छिन्–‘पार्लर खोल्नु भन्दा अगाडी म केही वर्ष एक फ्रिलेन्सरको रुपमा नै काम गर्न चाहन्छु । आजकाल मानिसहरु धेरै व्यस्त हुन थालेका छन् । जसले गर्दा सबै सुविधा घरमै खोज्छन् । म उनीहरुले भनेको ठाउँमा जान्छु । उनीहरुको इच्छा र अनुहार सुहाउँदो मेकअप गरिदिन्छु उनीहरु पनि खुसी हुन्छ म पनि खुसी हुन्छ । ’

उनले आफ्नै पार्लर नखोले पनि आफूले सिकेको सिप सिकाउँदै पनि आएकी छिन् । धापासिको ग्राण्डी अपाटमेन्ट बस्ने सेलिष्टाकोमा दैनिक तीन, चार जना सिक्न आउँने गरेका छन् । जो त्यही अपार्टमेन्टमा बस्छन् । उनले आफ्नो अपार्टमेन्टमा सिक्न आउनेहरुलाई बेसिक कोर्स मात्र सिकाउने गरेकी छिन् ।

सेलिष्टालाई विशेष पार्टी मेकअप गर्न मन पर्छ । उनले ब्राइडल मेकअप पनि गर्ने गरेकी छिन् । उनीसँग क्लाइन्टको घरमा पुगेर मेकअप गर्दाको धेरै अनुभवहरु छन् । उनी भन्छिन्–‘क्लाइन्टको घरमा पुगेर काम गर्न निकै रमाइलो हुन्छ । उनीहरुले तपाईँ थाहा छ हामीलाई कस्तो मेकअप सुहाउँछ गरिदिनु भन्छन् । मैले गरेको मेकअपमा खुसी हुन्छन् । त्यो खुसी देखेर मलाई झ केही गर्ने उर्जा मिल्छ । ’

सेलिष्टाले हालसालै अनलाईबाट मेकअपका समानहरु पनि विक्रि गर्ने गरेकी छिन् । अमेरिकामा रहेका दाईको सहयोग उनले मेकअपका समानहरु विक्रि गर्न ‘मखमली’ इन्स्ट्राग्राम पेज चलाउँदै आएकी छिन् । उनले यो अनलाईन विजनेश सुरु गरेको करिब दुई महिना मात्र भएको छ । उनले सिरम,भिटामिन,आइलेसेस लगायतका मेकअपका समान अनलाइनमा राखेकी छिन् ।

उनको धेरै ठूलो सपना छैन । तर उनी यही क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन चाहन्छिन् । परिवारको साथ र सहयोग भयो भने महिलाहरु विवाहपछि पनि अगाडी बढ्न सक्छन् भन्ने उदाहरणीय पात्र बन्न चाहन्छिन् ।