बुद्धभूमि हाइड्रोपावरको आईपीओ बाँडफाँट, हेर्नुहोस् यसरी नतिजा ?

17

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। ​

गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो।

रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो। कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।​

आईपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासन कर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइटबाट हेर्न सकिनेछ ।

साथै यो वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्ने सकिने छ ।