फिल्म ‘ए मेरो हजुर ४’ को ‘सुन्तला’ बोलको गीत सार्वजनिक

11


काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को ‘सुन्तला’ बोलको गीत सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ। लोक लयमा तयार पारिएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन्। साथै सलोन बस्नेतलाई समेत देख्न सकिन्छ। सुनिलकुमार थापाको निर्माण र झरना थापाको निर्देशन रहेको यो फिल्म आगामी बैशाख १ गते रिलिज हुनेछ।

<iframe width=”800″ height=”664″ src=”https://www.youtube.com/embed/Fd2lgRuu0NU” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>