करुणाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरमा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न

204

काठमाडौं । नागार्जुन नगरपालिकाले आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमा अन्तर्गत ब्युटिपार्लर सम्बन्धी सिपमुलक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि, नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत, विशेष अतिथि,वडा.न ३ का वडा प्रमुख, प्रेम लाल, वडा.न ५ का प्रमुख महेश रिजाल, वडा.न ६ का प्रमुख राजेन्द्र बुढाथोकी लगायत व्यक्तिहरुको उपस्थित भएका थिए ।

प्रमुख अतिथि मोहन बहादुर बस्नेतको हातबाट प्रमाणपत्रि वितरण गरिएको थियो । जहाँ ३८ जना विद्यार्थीले प्रमाण पत्र पाएका थिए । कार्यक्रम ‘डबल ट्री बाई पब्स’ मा भएको थियो ।

उक्त कार्यक्रम करुणाज ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरले सञ्चालन गरेको हो ।