भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

32


काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापित शेरबहादुर देउवाले आज मङ्गलवार केसी र खड्कालाई पार्टी प्रवेश गराउनुभएको हो ।

यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापित देउवाले पार्टी प्रवेश गराउनुभएको छ । अहिले उनीहरूको जिम्मेवारीको बारेमा केही बताइएको छैन ।