सहयात्रा : सम्बन्धमा रिसलाई जोगाउन सकियो भने स्वर्गको आभाष हुन्छ

423

विवाह परम्परादेखि चलि आएको एउटा प्रचलन हो । जहाँ एक महिला र पुरुषको बीचमा आत्मिय मिलन हुन्छन् । दुई फरक परिवारको बीचमा संस्कृति तथा परम्परा हस्तानतरण हुन्छ ।

फरक संस्कर फरक परिवेश तथा फरफ सोचका दुई व्यक्तिहरुको सामाजिक जीवन नै विवाह हो । जसले जीवनमा आइपर्ने हरेक सुख, दुख, हासो र आँसु पलहरुलाई हाम्रो भन्दै एकैसाथ सामना गर्छन् । उनीहरुले जीवनमा आइपर्ने हासो कहिले आँसु अनि पीडाभित्र पनि सुखको आभास खोज्दै कयौँ बसन्त पार गर्छन ।

सहयात्रामा सबै भन्दा धेरै विश्वास हुनुपर्छ । विश्वास र सम्मानले नै सम्बन्धलाई बलियो बनाउछ । यसरी आफ्नो सोच र विचारको कदर अनि सम्मान गर्ने सहयात्रीको साथ मिल्यो भने वैवाहिक जीवन खुसी खुसी बित्छ ।

यसरी नै करिब १५ वर्षदेखि वैवाहिक जीवनमा वास्तविक सहयात्राको अर्थलाई जोज्दै रमाइरहेका एक जोडी हुन यादव पाण्डे र दीपा पाण्डे । दिनको सुरुवातसँगै मिठास बोली,आध्यात्मिक चिन्तन र एक अर्काप्रतिको सम्मान नै उनीको सहयात्रा सफल पार्ने बलियो खम्बा हो ।

यादव पाण्डेको जन्म गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न १ चौरा भन्ने ठाँउमा भएको हो । परिवारको कान्छो छोराको रुपमा उनको जन्म बुबा कलाधार पाण्डे र आमा ललिता पाण्डेको कोखबाट २०३७ साल जेठ १७ गते भएको हो ।

तपसी परिवारको नामबाट पहिचान बनाएको यादवको परिवार निकै सरल र आध्यात्मिक विचार धाराका थिए । शान्त अनि नरम स्वभाव भएका यादवको बाल्यकाल आमा बुबाको माया ममता र दिदीहरुको स्नेहमा नै बित्यो ।

उनले बाल्यकालमा नै संस्कृतमा र अंग्रेजी शिक्षालाई अगाडी बढाएका थिए । विशेष उनको बुबाले संस्कृतको अध्ययनको लागि जोड दिन्थे । उनले पाल्पा तान्सेन बहुमुखी क्याम्पस हुँर्दै काठमाडौंको टियुबाट अंग्रेजीमा मास्टर डिग्री पुरा गरेका छन् । रोजगारको सिलसिलामा स्याङजाको बृगा र आफ्नै गाउँको कलेजमा अंग्रेजी लेक्चरको रुपमा काम गरे ।

त्यही क्रममा परिवारमा विवाहको कुरा सुरु हुन थाल्यो । उनी तत्काल नै विवाह गर्ने सोचमा थिएनन तर परिवारको कुरालाई पनि नर्कान नसक्ने भएपछि विवाहको लागि बधुको खोजीमा लागे ।

संस्कृत अध्ययन भएकोले उनको आधात्यात्मिक सोच विचार थियो । उनी आफ्नो सहयात्री पनि शुशिल शान्त र आध्यात्मिक चिन्तन भएको नै खोज्न चाहन्थे । त्यही क्रममा मामा घरमा जाने बाटोमा एक पसलमा चिया खाने क्रममा विवाहको कुरा चल्यो ।

दीपाको जन्म २०४१ साल चैत १७ गते गुल्मी जिल्लाको हुँगा भन्ने ठाउँमा भएको हो । बुबा ददिराम न्यौपाने र आमा चन्द्रकला न्यौपानेको कोखबाट १३ जना सन्तानमा १२ औँ सन्तनको रुपमा दीपाको जन्म भएको हो । छोरी मध्यमा कान्छी भएकोले उनी घरमा सबैको प्यारी थिइन् । किसान परिवारमा जन्मिए पनि उनको बाल्यकाल दिदी दाईहरुको माया र ममतामा नै बित्यो । उनी ८ कक्षा पढ्दै गर्दा बुबाको निधन भयो । त्यपछिका सबै व्यवहार उनको आमा र दाईहरुले निभाए । एसएलसी दिएपछि गुल्मीको सदरमुकाम तमघाँस भन्ने ठाउँमा दीदीको घरमा बसेर १२ कक्षा सकिएपछि ब्यचलर पढ्ने क्रममा काठमाडौं आइन् ।

उत्ता,यादवले मामा घरमा जाने क्रममा पसलमा कुरा गरेको व्यक्ति दीपाको भिनाजु हुनुहुन्थयो । यादवको परिवारले २०६३ साल असार ९ गते विवाहको लागि दीपालाई बुटवलमा भेट्ने योजना बनाए । यादव दीपाको पर्खाइमा थिए । मनमा अनेक प्रश्नहर आएका थिए । तर विशेष कारण बस दीपा आउन नसकेपछि उनीहरु विवाहको कुरा गर्न नै काठमाडौँ आए ।

दीपा ट्युसन पढ्नको लागि गएकी थिइन् । अचानक दीपालाई लिन उनको दाई पुगेका थिए । पहिलो पटक दाईले लिन आएको देखेर दीपाको मनमा केही कौतुहल्ता जागेको थियो । जब घर आइपुगिन् भाउजुले विवाहको लागि हेर्न आउँदैछन् भन्ने कुरा थाहा पाइन् ।

दीपाको परिवार पढे लेखेको केटालाई ज्वाई बनाउन चाहन्थयो । त्यही अनुरुप यादनको स्वभाव व्यवहार अनि २३ वर्षको उमेरमा मास्टर सकेर कलेज पढाउँदै गरेको कुराले सबै जना आकर्षित भएका थिए । दीपाको विवाह गर्ने सोच त थिएन तर पनि परिवारको कुरालाई उनले हुन्छ भनेकी थिइन् । यसरी परम्परागत रुपमा २०६३ असार १७ गते यादव र दीपा बैवाहिक बन्धनमा बाँधिए ।

मागि विवाह, विवाहपछिको परिवारको माया ममता र सहयात्रा कसरी चल्छ भन्ने विषयमा दीपाको मनमा अनेक प्रश्न थियो । तर जब उनले यादनको घरमा बुहारी न भई छोरीको दर्जा पाइन् । त्यसपछि मनमा आएका अनेक प्रश्नहरु आफैँ हराएर गए । यसरी उनीहरुको सहयात्रा सुरु भएको करिब १५ वर्ष पुग्न लागेको छ ।

विवाह अगाडी जागिर न गरेकी दीपाले विवाहपछि नै जागिर सुरु गरिन् । यादवले पनि विभिन्न स्कूलमा प्रिन्सिपलको रुपमा काम गरे । दीपाले केही समय स्कूलको जिम्मेवारी सम्हालने काम गरिन् ।

यसरी उनीहरुको २०६६ सालमा जेठो छोरा यजुर पाण्डेका जन्म भयो । यादवको सानै देखि विदेश जाने सपना थियो । सानोमा जब उनी मामाघर जान्थे त्यतिबेला उनलाई मामाहरुलाई लण्डनबाट लाहुरे आएको भनेर गरिने सम्मन, पैसाको आडको छाप बसेको थियो त्यही अनुरुप यादवले विदेश जाने योजना बनाए । तर दीपाले सानैदेखि दाईहरुले गरेको व्यपार देखेर होला नेपालमा नै केही गर्नुपर्छ भनेर सम्झाउने गर्थिन ।

यादवलाई केही समयको लागि भए पनि विदेशी जीवनको अनुभाव लिनु थियो । त्यसको लागि उनले धेरै ठाउँमा जाने प्रक्रिया सुरु गरे । हरेक प्रक्रिया असफ भइरहने अनि घरमा दीपाले नजानु भनिरहने कुरालाई ख्याल गर्दै यादवले दीपालाई नै नभनि लण्डनको लागि फेरी प्रयास गरे ।

जब भिसा आयो अनि मात्र दीपालाई खबर गरे । दीपालाई त्यो पल अझैँ यादव जब यादवले हातमा भिसा राखेर विदेश जाने कुरा सुनाएका थिए । उनी त्यो समय धेरै रोएकी थिइन् । बालाखा सन्तान अनि सहयात्रीलाई थाहा नदिइ गरेको यति ठूलो निर्णय देखेर केही पल रिसाएकी पनि थिइन् । तर पनि दीपाले यादवलाई साथ दिइन् । यादवको मनले सन्तुष्ट प्राप्त गर्छ भने आफु किन बाधक बन्ने पक्कै केही राम्रो सोचेर गरेको होला भनेर पछि झन हौसला बढाइन् ।

यादव विदेश पुगे । दीपाको लागि पनि गएको केही महिनामै प्रयास गरे ।
दीपाको पनि भिसा आयो । जब उनको हातमा भिसा पर्यो केही समयको लागि उनी मौन भएकी थिइन् । किन कि काखको छोरा छोडेर जानु थियो । उनले एक हप्तामा विदेश उड्नु थियो । २ वर्षको बच्चालाई दुध छुटाउनु थियो । त्यो पल दीपाको लागि कठिन समय साबित भएको थियो । तर यादवको चाहाना अनि आफ्नो भविष्य सोचेर दीपा पनि यादव गएको ठाउँमा नै पुगिन् ।

दुबै जनाले धेरै किसिमका चुनौती पार गदै ४ वर्ष विदेशमा बिताए । विदेश बस्दा बुबा बित्दा आउन न पाएको पल र १३ औँ सन्तान भाईको विवाहमा सहकार्य गर्न नपाउँदा निकै भावुक भएका थिए । त्यतिबेला उनीहरुलाई लाग्यो । परिवारको सुख अनि दुखको समयमा नै साथ भइदैन भने अर्काको देशमा आएर गरेको मेहेनत र पैसा केका लागि । त्यही अनुरुप पिआर आउने समयमा भए पनि नेपाल फर्कने निर्णय गरे । नेपाल आएपछि कान्छो छोरा यश्वीनकाे जन्म भयो ।

नेपाल आएर उनीहरुले शिक्षा क्षेत्रमा नै केही गर्ने योजना बनाएर युरो स्टार नामको मन्टेश्वरी सञ्चालन गरे । अहिले उक्त मन्टेश्वरीको ब्रान्च, गोठाटार, कोटेश्वर र गौरीघटमा छ । उनीहरु शिक्षा क्षेत्रमै वैद्यिक विद्या नामको विद्यालय खोलेर नेपालकै उत्कृष्ट विद्यालय बनाउने योजनामा छन् ।

यसरी चलिरहेको उनीहरुको सहयात्रामा कतै पनि माया अनि खुसीको कमि छैन । किन कि उनीहरु सबै भन्दा धेरै एक अर्कालाई सम्मान गर्छ । जुन सम्बन्धमा सम्मन हुन्छ त्यो समबन्धमा माया र विश्वास धेरै हुने यादवको धारणा छ ।

यादवको विचारमा कसैसँग विवाह हुनुलाई नै सहयात्रा भन्न नमिलने उनको विचार छ । किन भने उनको विचारमा श्रीमान र श्रीमतिको हरेक कुरामा बराबार अधिकार हुनुपर्छ । दुबै जनाले आफ्नो पहिचान बनाउन चाहन्छन् भने दुबैले साथ दिनु नै सहयात्रा हो । घरदेखि अफिसम्मको कामसँगसँगै दुबैको पहिचान गरी गर्नु नै वास्तवमा सहयात्रा हो ।
सहयात्राको वास्तविक अर्थ खोजीमा नै उनीहरुको यात्रा अगाडी बढिरहेको छ । त्यसैले त हरेक चाडपर्व, जन्मदिन लगायतका सानो सानो कुरामा उनीहरु खुसी सेलीब्रेट गर्ने बाहाना खोज्छौँ । यादव र दीपा दुबै जनालाई खाना बनाउन असाधैँ मन पर्छ । विशेष दीपालाई यादवले खाना बनाउनु अगाडी तरकारीलाई गरेको सजावट मन पर्छ भने यादवलाई दीपाले बनाएकोे मटर पनिर,कत्ता करी धेरै नै मन पर्छ ।

लगाउने कुरा देखि घरमा सजाउने कुरासम्म दीपाको रोजाइ धेरै हुन्छ । यादवलाई खासै सपिङ गर्न मन पर्दैन । तर कामको सिलसिलामा बाहिर गएको हरेक समयमा भने दीपाको लागि केही विशेष उपहार बोकेर आउने गर्छन ।

प्रस्तुति आयुष्मा बस्नेत

हो, सहयात्रा बलियो बनाउने पहिलो आधार भनेको बोली हो । जुन बोलीमा मिठास हुन्छ त्यो बोलीले माया सधैँ बढाउँछ । त्यसैले त यादव र दीपाको सहयात्रामा यति धेरै मिठास पन छ, जसको कारण झगडा परेर बोलचाल नभएको केही पल नै छैन । छ त केवल एक अर्कामा विश्वास्, माया अनि सबै भन्दा ठूलो कुरा सम्मान । प्रस्तुति : आयुष्मा बस्नेत