कक्षा ९ बाट सौन्दर्यशास्त्र अध्ययन गराउने पद्मकन्या पहिलो स्कूल

73


रिता तिवारी पद्मकन्या माध्यामिक विद्यालयको प्रधाअध्यापक हुन् । विगत ९ वर्षदेखि उनी यस विद्यालयमा प्रधानध्यापक छिन् । २०६१ सालमा विज्ञान र गणित विषयमा माध्यामिक तहमा अध्यन गराउने उनी पद्मकन्या माध्यामिक विद्यालयमा प्रवेश गरेकी हुन् । महिला मात्र अध्ययन गर्ने यस विद्यालयमा यसै वर्षबाट सौन्दर्यशास्त्र अध्ययन गराउन सुरु गरिएको छ । यसै विषयमा सौन्दर्यशास्त्र पढाउने योजना कसरी भयो ? यस विषयमा के के चुनौतीहरू छन् भन्ने विषयमा प्रधानध्यापक रिता तिवारीसँग गरिएको कुराकानी..

सौन्दर्य शास्त्र पढाउने सोच कसरी आयो ?
नेपाल सरकारले सौन्दर्यशास्त्रको पाठ्यक्रम बनाएको छ धन्ने कुरा वास्तवमा मलाई थाहा थिएन । एक दिन कार्यक्रममा खिलानाथ धमला सरले मलाई यस विषयमा धेरै जानकारी दिनु भयो । मलाई पनि महिलाहरूले मात्र अध्ययन गर्ने हाम्रो विद्यालयमा सौन्दर्यशास्त्र एकदमै प्रभावकारी हुन्छ भन्ने लाग्यो । पछिल्लो समय महिलाहरूको यस क्षेत्रमा बढ्दो रुची र सिपमुलक शिक्षा लिएपछि दक्ष जनशक्ति उत्पादन हुनेमा मलाई विश्वास लाग्यो । अनि बरिष्ठ ब्युटिसियन कमला श्रेष्ठको ८ वर्ष लामो मेहेनतपछि पाठ्यक्रम निमार्ण भएका जानकारी पाए । उहाँसँग पनि सल्लाह गरे । विद्यार्थीले शिक्षासँगै सिप सिक्ने राम्रो अवसर लागेर मैले सौन्दर्यशास्त्र पढाउने निर्णय गरेकी हुँ । हाम्रो विद्यालयमा ९ कक्षाबाट पढाउन सुरु गर्ने पहिलो विद्यालय हो ।

हप्तामा कति दिन पढाई हुन्छ ?
हामीले हप्तामा ६ दिन नै सौन्दर्यशास्त्र अध्ययन गराउने गरेका छौँ । एैक्षिक विषय अन्तर्गत नै पढाएका हौँ । जसमा अहिले शिक्षिकाको रुपमा सुमा चित्रकार म्यामलाई हामीले हायर गरेका छौँ । वर्षको सुरुवातमा नै हामीसँग २१ जना भन्दा बढी विद्यार्थीहरू छन् ।

सौन्दर्यशास्त्र पढेका विद्यार्थीहरूले बजारमा प्रतिस्पर्धा कसरी गर्छन ?
हामीले अध्ययन गराउने सौन्दर्यशास्त्र विषय अहिलेको समयमा निकै चलेको र बजारले माग गरेको विषय हो । विशेष गरी हामी महिलाहरूलाई त झन आवश्यक नै भएको विषय हो । त्यसै कारण सौन्दर्यशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूले केवल सिप मात्र सिकेका हुँदैन उनीहरू मानसिक र शारिरक रुपमा पनि कसरी स्वस्थ हुने भन्ने कुरा सिकेका हुन्छन् । यस हिसाबले ४ वर्ष सौन्दर्यशास्त्र पढेका विद्यार्थीहरूले सजिलै बजारमा प्रतिस्पर्धा गर्न सक्छन् ।

सौन्दर्यशास्त्र अध्ययनमा के के चुनौतीहरू छन् ?
सौन्दर्यशास्त्र अध्ययनमा हामीले धेरै नै चुनौतीहरू भोग्नु परिरहेको छ । एक त यो अध्ययन गराउने नयाँ विषय हो । हामीले विद्यार्थीहरूसँग एक पैसा पनि लिएका छैनौँ । प्रयोगात्मक रुपमा सिकाउनको लागि हामीसँग ल्याबहरू छैन । आवश्यक सामाग्रीको व्यवस्था पनि हामीले नै गर्नुपर्दा चुनौती धेरै छ ।

अबको दिनमा सौन्दर्यशास्त्रलाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?
हामी अबका दिनमा सौन्दर्यशास्त्र अध्ययनको लागि आवश्यक ल्याब बनाउने सोचमा छौँ । त्यसका लागि रोटरी क्लबले हामीलाई एक लाख सहयोग पनि गरेको छ । पूर्व विद्यार्थीलाई पनि हामीले सहयोगको लागि अपिल गरेका छौँ । हामीले अब छिट्टै नै ब्युटि ल्याब बनाउने योजनामा छौँ । यहाँ सिकेका विद्यार्थीहरूलाई यही प्रयोगात्मक कक्षा सञ्चालन गर्न सहज हुन्छ । ९ देखि १२ सम्म नै सौन्दर्य शास्त्रलाई अगाडी बढाउने हाम्रो योजना रहेको छ ।

बाहिर सिक्ने सिप र विद्यालयमा सिक्ने सिपमा के फरक छ ?
धेरै फरक छ , किन भने बाहिर सिक्ने भनेको केवल तालिम मात्र हो । हाम्रो विद्यालयमा सिपसँगै शिक्षा दिने हो । बाहिर सिक्ने सिप केवल प्रयोगात्मक मात्र हो । हामलिे त परिक्षा लिएर उनीहरूले सिकेको सिपलाई लिखित र प्रयोगात्मक रुपमा मूल्यांकन गरेर मात्र विद्यार्थीलाई सिप दिन्छोँ ।

कति समय अध्ययन गरेपछि साधारण ब्युटिपार्लर सञ्चालन गर्न सक्ने क्षमता विद्यार्थीमा विकास हुन्छ ?
मैले पाठ्यक्रम हेरे अनुसार कक्षा ९ र १० अध्ययन गरेर विद्यार्थीहरूले साधारण पार्लर खोलेर बस्ने बेसिक ज्ञान पाइ सकेका हुन्छन् । ४ वर्ष नै कोर्ष नै अध्ययन गर्न न पाउने विद्यार्थीहरूले दुई वर्ष अध्ययन गरेर पनि पार्लर खोल्न सक्छन् ।

अन्त्यमा …
सौन्दर्यशास्त्र नयाँ पाठ्यक्रम हो । हामीले केही गर्न चाहेर पनि विद्यार्थीहश्रले साथ दिएनन भने झन धेरै चुनौती थपिन्छ । पहिलो वर्ष भए पनि कक्षा ९ मा विद्यार्थीहरूको उत्साह देखेर निकै खुसी लागेको छ । पहिलेको तुलनामा अहिले सौन्दर्य पेशालाई मानिसहरूले व्यसायको एउटा माध्यमको रुपमा लिने गरेका छन् । त्यसले गर्दा पनि हाम्रो विद्यालयबाट कक्षा ९ बाट नै अध्ययन गराउन सुरु गर्न पाएकोमा निकै खुसी छु ।