वाटरप्रुफ दुलही मेकअप

35

काठमाडौं । मंसिर महिना दुलहीको महिना,विशेष मंसिर महिनामा विवाहको लगन धेरै पर्ने गर्छ । विशेष दुलहीको लागि विवाहको दिन विशेष हुने हुँदा अन्य दिनमा भन्दा दुलहीले विवाहमा विशेष प्रकारको मेकअप गर्नुपर्छ । हामीले मेकअपसँगै स्किनको केयर गर्न पनि उत्तिकै जरुरी छ ।

हामीले मेकअप गर्नु भन्दा अगाडिदेखि नै स्किन केयरका प्रोडक्टहरू प्रयोग गर्नुपर्छ । जस्तै सन्सक्रिम, मोस्चुराइजर, भिटामिन सी सेरम, स्किन सुइटेबल हुने प्राइमर आदि लगाउनुपर्छ ।

सामान्य रुपमा ब्राइडल मेकअप गर्दा घाम, पानी र पसिनाबाट मेकअपलाई जोगाउनुपर्छ । त्यसको लागि हामीले वाटरपु्रफ मेकअप गर्नुपर्छ । वाटरपु्रफ मेकअप गर्दा हामीले केही कुरामा ध्यान दिनुपर्छ मेकअप गर्दा सबैभन्दा ठूलो भूमिका मेकअप बेस प्राईमरको हुन्छ । हामीले स्किन हेरेर प्राइमरको प्रयोग गर्नुपर्छ । ओइली स्किनमा जेल बेसको प्राइमर प्रयोग गर्नुपर्छ ।

ड्राइ स्किनमा क्रिम बेसको प्राइमर प्रयोग गर्नुपर्छ । यदि सेन्सीटिभ र पिग्मेन्टेसनहरू छ भने करेन्टिभ मेकअप बेसको प्रयोग गर्नुपर्छ । यसरी ध्यानपूर्वक मेकअप गर्दा स्किन हेल्दी राख्नको लागि मेकअप बेससँगसँगै भिटामिन सी सेरम, मोस्चुकराइजरको प्रयोग गर्नुपर्छ । मेकअपलाई लामो समयसम्म टिकाउनको लागि वाटरप्रुफ फाउन्डेशन प्रयोग गर्नुपर्छ । कम्प्याक्ट पाउडरकमा राइज, बेम्बो पाउडर प्रयोग गर्न सकिन्छ । यसरी दुलही मेकअप गर्दा राम्रो देखिनुको साथै स्किनमा समस्या आउँदैन् । र अन्त्यमा दुलही मेकअप राम्रो देखाउनको लागि हेयर स्टाइल गर्न पनि तेतिकै जरुरी छ ।