जाडोयाममा हाम्रो स्वास्थ्य र खानेकुराहरू

62


अहिले जाडो महिनाा पनि शुरु भइसकेको छ । मौसम परिवर्तनसँगै हाम्रो खानपिन आदि पनि फरक गर्नु पर्ने हुन्छ । ताजा, पोशिलो र झोल खानेकुराहरू आफ्नो भोजनमा समाबेस गर्नुपर्छ । हरेक व्यक्तिको लागि आ – आफ्नै किसिमको खाने बानी, रुचि, उमेर, समुदाय रोगहरूको पहिचान आदि अनुरुप नै आहार पनि सोही अनुसारको खानु पर्ने हुन्छ । चिसो मौसमा कतिपयले त पोशिलो खानेकुरा समेत खादैन कारण के हो भने चिसो लाग्ला की भन्ने पिरले र अरुहरूको कुरा सुनेर पनि खानलाई डर मान्दछ ।

जाडो महिना, विशेष गरी बालबालिकाको लागि मात्रै नभई ज्येष्ठ नागरिक्, गर्भवती, सुत्केरी लगायत सम्पूर्ण व्यक्तिका लागी एकदम चुनौतीपूर्ण महिना रहेको हुन्छन् । यो बेला मौसम परिवर्तनले गर्दा विभिन्न किसिमको संक्रमणहरू हुन सक्छन् । यस्तो बेलामा बालबालिकामा रोगसंग लड्ने क्षमतामा कमी भएर विभिन्न प्रकारको संक्रमण हुने गर्दछन् । झन बिरामी भएपछि खानेकुरामा ध्यान दिदैन्, औषधिको सेवनले त खानेकुरा खान खासै मन गर्दैनन् । दिनदिनै झन सिकिस्त हुँदै जान्छन् । लामो समयसम्म खानेकुरामा विशेष ध्यान पुर्याउन सकेनौं भने शारिरिक, मानसिक, आदिमा नराम्रो असर पर्न सक्छ । शारिरिक शक्ति, मेटाबोलिजम, आदिमा परिवर्तन हुन सक्छ । चिसो मौसममा न्यानो लुगा,आदि मात्रैले पुग्ददैनन्, पोशिलो खानेकुरामा बढी ध्यान पुर्याउनु पर्छ ।

यहाँ बिशेष गरी ज्येष्ठ नागरिक तथा बालबालिकाको लागी पोषिलो र शक्तिबर्धक, खानेकुराको बारेमा उल्लेख गरिएको छ ।
ताजा मौसमी सागपात, तरकारीहरू

मौसम अनुसारको सागपात, तरकारीहरू, काउली, ब्रोकाउली, तरुल्, गान्तेमुला, सखरखन्डा, कुरिलो, कागती, विभिन्न किसिमको सागहरू, आदि को सेवन गर्नुपर्छ, गाजरमा बिटा क्यारोटिन हुने भएकोले, काचो वा पकाएर, जस्तो पनि दिन सकिन्छ । झोलिलो सूपले शरिर न्यानो हुनुको साथै विभिन्न पोषक तत्व पाइन्छ ।
ओखर, बदाम, नटस, आलस, तिल,

जाडो मिहिनामा मात्रै नभई सधैं खजुर, बदाम, ओखर, नेपाली बदाम्, छोकडा, खुर्पानि, अत्ति नै चाहिने खानेकुरा हो, हाम्रो शारीरिक बृद्धि, विकाश, इन्सुलिनको मात्रा मिलाउन, मस्तिष्क बलियो बनाउन, मुटु स्वस्थ राख्न, स्मरण शक्ति बढाउन, बालबालिकाको सम्पूर्ण विकासको लागी अत्ति नै उपयोगी खानेकुरामा पर्दछ ।

सौफ– मसलाको सौफ–
यसको सेवन नियमित गर्नाले शरिरको संक्रमण, विकार्, नाश हुनुको साथै रक्त कोशिकाको वृद्धि विकास्, ब्याक्टेरियाको नाश समेत गर्दछन् । यसमा २० प्रतिशत भिटसमिन सी पाइन्छ, जसको सेवन जाडोयाममा राम्रो मानिन्छ ।

माछा
जाडोयाममा माछा खानु गर्नु राम्रो हो । यसलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ, जुन पचाउन सजिलो हुन्छ, यसमा ओमेगा थ्री फ्याटि एसिड, भिटामिन डी, आदि पाइन्छ, जसले मुटु रोगको साथै, हाडको कमजोरी, निको पार्दछ ।

दही (मोहि)
जाडोयाममा दहि, मोही चिसोको डरले खान मान्दैनन्, तर यो सबैले खान हुन्न बुझ्नु उचित होइन, कतिपय बिरामी जुन निमोनिया, ज्वरो, रुघाखोकि आदिबाट ग्रसित छन् भने मात्र खान नमिल्ने हो, तर अरुलाई खान हुन्छ, दहिमा राम्रो ब्याकटेरिया पाइन्छ, जसले हाम्रो खानेकुरालाई पचाउन मद्दत गर्दछन्, साथै पेटको सम्पूर्ण स्वास्थको लागि राम्रो हो, पेटको संक्रमणबाट बचाउने कामको साथै ६० प्रतिशत सम्म रोग प्रतिरोधात्मकलाई बढाउने काम गर्दछन् ।

ग्रिन टि
यो तौल नियन्त्रणमा मद्दत गर्नुको साथै एनटिअकसिडेन्टले भरिपूर्ण छ । नेशनल बायोटेकनोलोजिको सूचनाको अनुसार ग्रिन टी ले अक्सिडेनट र बिकिरनबाट शारिरको रक्षा गर्दछन् । यसको नियमित प्रयोगले शरिरको बिकार, बिशालु पदार्थ आदिको निष्कासनमा सहयोग पुर्याउने काम गर्दछन् ।

लसुन्, अदुवा, बेसार
यिनीहरू हाम्रो भान्सामा सजिलै पाउने मसला हो, जुन स्वादको लागि मात्र नभई रंग, स्वास्थ आदिको लागि गुणकधधधधधधारी मानिन्त्रत्तत्तत्तछ । लसुन मुटुको लागि जाडोयाममा एकदम राम्रो हो, ल्वाङ्, लसुन मा क्याल्सियम, सल्फरिक एसिड, पोटासियमको समिश्रनले ब्याक्टेरियालाई नाश गर्ने काम गर्दछ । बेसारले फ्रि रेडिकल्सबाट नि जोगाउने कामको साथै दूध संग सेवन राम्रो माानिन्छ ।

दालचिनि, मरिच, अदुवा
यिनीहरूको समिश्रनबाट बनाएको सुप, चिया, चिसोबाट जोगाउन मद्दत पुर्याउने काम गर्दछ । यो विभिन्न रोग क्यान्सर, अल्जाइमरस, मुटु रोग, मेटाबोलिक, लक्षण आदिमा राम्रो काम गरेकोे पाइन्छ । एउटा अध्यक्षबाट ४५ जना मानिसमा जसको अर्थराइटिस थियो, जसले ५०० मिलि ग्राम बेसारको सेवन नियमित गरेकोेले ५० प्रतिशत सम्म औषधि भन्दा कम भएको पाइयो । अर्को २४७ जना मानिसमा जसलाइ अस्टिओ अर्थराइटिस थियो, उसलाइ अदुवाको सूप सेवन दुखाइ कम भयो । स्मरण शक्ति, दिमागको नसालाइ बलियो बनाउँछ, पाचन प्रणाली, कोलोन क्यान्सर, आदिबाट रक्षा गर्दछन् । बेसारमा भएको कम्पाउनडलाई करक्युमिन भनिन्छ ।

फलफूल
जाडोयाममा फलफूल आदिको सेवन गर्न डर मान्ने गरेकोे पाइन्छ्, तर यी सही होइन यो बेला झन फलफूल को नियमित प्रयोग गर्नुपर्छ । यसमा भएको पोशक तत्व, भिटामिन आदिको सेवनले धेरै रोगबाट जोगाउने काम गर्दछन् । रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्नुको साथै जटिल रोगसंग नि बचाउने काम गर्दछ । मौसम अनुसारको सबै फलफूल उपयुक्त हुन्छन् । सुन्तला, केरा, नासपाति, मेवा, अनार, स्याउ, मौसम, अम्बा, आप, आदिको सेवन सधैं गर्नुपर्छ ।

काउलिको सुप
काउलिमा पाउने पोषक तत्व भिटामिन ए, सि, के कम क्यालोरी, खनिज तत्व फाइबर तथा क्यान्सर, मधुमेह आदिमा सेवन गर्नु राम्रो हुन्छ । ताजा सुप, तरकारी वा स्टिम, जुनसुकै परिकार बनाएर खान सकिन्छ । यसको साथै अन्य ताजा तरकारीहरूको सेवन यो चिसो मौसममा अत्ति नै उपयोगी हुन्छ ।

केही उपयोगी टिप्सहरू
धेरै तारेको, चिल्लो भएको खानेकुरा सकभर कम प्रयोग गर्ने
तयारी, प्याकेटको खानेकुरा पनि कम प्रयोग गर्ने
व्यक्तिगत सरसफाइमा बिशेष ध्यान दिने
नियमित शारिरिक अभ्यास, योगा, हिँडडुल आदि आफ्नो शारिरिक अबस्था हेरेर मात्र गर्ने पानी आफ्नो चाहिने मात्रामा पिउने गर्नुपर्छ ।