बुबाको सपना पुरा गर्दै छु

55

केसाङ लामा ग्रिन लाईफ हाइड्रो पावरको म्यानेजिङ डाइरेक्टर हुन् । बुबा छवाङ लामा र आमा यांक्षिङ डोल्मा लामाको कोखबाट उनको जन्म काठमाडौंमा भएको हो । उनको पुखौली घर ताप्लेजुङ हो । उनी बाल्यकालमा निकै शान्त स्वभावकी थिइन् । उनले आफ्नो स्कूलको पढाई सबै इन्डियाबाट नै पुरा गरेकी हुन् ।
उनी पढाईकै क्रममा अमेरिका पुगिन् । उनले अमेरिकामा पढाई र कामसँगै ९, १० वर्ष बिताएकी छिन् । उनले वर्षको धेरै समय अमेरिका र इन्डियामा नै बिताउने गर्थिन् । उनी नेपाल विशेष गरी छुट्टीको समयमा घुम्नको लागि मात्र आउने गरेकी थिइन् ।

उनी नेपालमा आएर घुम्ने क्रममा बुबाले गरेको विजनेशतिर आर्कषित भइन् । उनको बुबाले करिब २० वर्ष अगाडी एक मेगावटको फिदिम पाँचखाल हाइड्रो पावरमा लगानी गरेका थिए । त्यतिबेला उक्त हाइड्रो पावरमा फाइनान्सको पोस्ट खाली थियो ।

उनलाई नेपाल आएर केही गर्ने र नेपालमै बस्ने रहर थियो । त्यही रहरलाई पुरा गर्न घर परिवारले भने अनुसार उनी हाइड्रो पावरमा लागेकी थिइन् । उनी यो क्षेत्रमा लाग्दा आजको जस्तो हाइड्रो पावरको नाम र लगानी निकै कम थियो । तर पनि पूर्ण लगनशिलताको साथ काम गर्न सुरु गरिन् ।

फलस्वरुप लामो समय अगाडी लाइसन पाएर पनि काम सुरु नभएको ग्रिन लाइफ हाइड्रो पावर सञ्चालन गरिन् । ४० मेगावटको ग्रिन लाईफ हाइड्रो पावर २०११ सालबाट सुरु भएको हो । अहिले यस हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । वास्तवमा उनी यो क्षेत्रमा आफ्नो इच्छा अनुसार भन्दा पनि बुबाको सपना र परीवारको सपना पुरा गर्न लागेकी हुन् ।

उनको बुबाको २०१२ मा निधन भएपछि उनले बुबाको यो सपनालाई आफ्नो सपना बनाएकी छिन् । त्यसैले उनी भन्छिन ‘ अहिले मेरो सम्पूर्ण समय ग्रिन लाईफ हाइड्रो पावरको काममा नै जाने गरेको छ । यो हाइड्रो पावर मेरो विजनेश मात्र हैन मेरो बुबाको सपना र परीवारको सपना हो । ’

यो क्षेत्रमा अगाडी बढ्ने महिलाहरूको संख्या निकै कम छ । एक महिलालाई घर परिवार सम्हालेर अगाडी बढन् निकै कठिन हुन्छ भन्ने उनलाई थाहा छ । तर उनले यो स्थानमा आफ्नो नाम बनाउन निकै संघर्ष गरेकी छिन् । उनको परिवारमा छोरा र छोरीलाई दिईने समान हक, अधिकार र स्वतन्त्रताको कारण उनले आफ्नो पहिचान बनाएकी हुन् ।
अहिले उनको कम्पनीमा ७ जना व्यक्तिहरू छन् । जसमा ३ जना महिला छन् । हाइड्रो पावरमा महिलाहरूको संख्या न्युन भएको कारण उनले बोर्डदेखि सबै क्षेत्रमा महिलाहरूलाई प्राथमकिता दिएको बताइन् ।
साइडका कामहरूमा महिलाले धेरै समय दिन नसके पनि अनुशान र नियम कानुनको क्षेत्रमा महिलाहरूको सहभागिता अनिवार्य हुनुपर्ने उनको भनाई छ । उनको एक मात्र योजन ग्रिन लाइफ हाइड्रो पावरको कामलाई सफलतापूर्वक सम्पन्न गर्ने हो । पछिल्लो समय आइपियोमा देखिएको क्रेजले पनि हाइड्रो पावरमा लगानी गर्नेको संख्या र विश्वास बढ्दै गएको हो ।