नारी सृष्टिको प्रतिक

35


दीपा राई पुन,साहित्यकार
काठमाडौं । नारी सृष्टिको प्रतिक हो । नारी स्रोत हो, साहस हो । सहिष्णु हो । नारी प्रेम अनि सम्मान पनि हो । सारा सृष्टीको आधा अंश पनि हो र नारीको यसै स्वरूप र विशेषता माथिको हक अधिकारलाई सम्मान गर्दै, समाज प्रति पुर्याएको यहि योगदानको कदरको सम्मान नै नारी दिवसको खास सार्थकता हो ।

नारी दिवस हरेक मार्च ८ तारिखका दिन सन्सार भरी विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ। नारी दिवस मनाउदै गर्दा सन्सार भरी महिलाले पुर्याएको योगदान को कदर र चर्चा हुन्छ । न्यायसंगत र संगतपूर्ण् समाजमा प्रति उनीहरुको भूमिका र प्रेरणाको चर्चा हुन्छ । लुकेका संभावनाको खोजि हुन्छ भने गरेका प्रेरणादयी कामहरुको पनि श्रद्धा गरिन्छ ।
आजका दिनमा नारीमाथि भैरहेका र हुने गरेका दमन, हत्या हिंसा र लैङ्गिक विभेद जस्ता जघन्य अपराधमाथि जनचेतना जगाउदै , त्यस्ता प्रबृत्ती प्रति सचेत हुदै र सचेत गराउदै विभिन्न अन्तर्कृयात्मक कार्यक्रमहरु गरिन्छ ।

हिजो महिलालाई मानव नगन्ने प्रवृति र विषाक्त समाजको घेरा तोड्दै हामी हिजो के थियौ र आज के गर्दै छौ , कति सम्म गर्न सक्छौ र घरपरिवार समाज संगसंगै राष्ट्र विकासमा हाम्रो के भूमिका हुनसक्छ भन्ने कुराको हर्षोलासपूर्ण कार्यक्रम छलफल गोस्टीनै नारिदिवसको उपलब्धी र उपहार हो । आज सामाजिक न्याय – लैंगिक समानता र समुच्च राष्ट्र प्रति गरेको हाम्रो योगदानको कुरा गर्ने हो भने हामिले लेख्दै गरेका र बोल्दै गरेका भाषण र शब्दले त्यसलाई न्याय दिन सक्दैन ।

नारी शक्तिका अनेक स्वरुपको ब्याख्या त हिजो हाम्रो वैदिक सनातन सभ्यता देखि नै हुदै आएको हो । घटनाको अवस्था र परिस्थिति अनुरुप नारीले खेल्न सक्ने भूमिका अनेक हुनसक्छन । हामीले देख्दै र भोग्दै आएका घर ब्यवहारका काम कुरा मै यसको सत्यता महसुस गर्न सकिन्छ । त्यहि एक महिला कहिले छोरी,कहिले बुहारी, कहिले आँमा, कहिले सासु त कहिले साथी,संगसंगै सामाज र राष्ट्रका निमित्त पनि उतिकै जिम्मेवार भूमिका खेल्न सक्छन ।

महिलाले एउटा घर एउटा समाज र राष्ट्रकालागि खेलेका फरक फरक भूमिका र योगदानहरुलाई सम्मान गर्नका निमित्त र समाजमा शिर ठाडो बनाएर गर्वका साथ बाँच्नका न्लिमित्त पनि नारी दिवसको औचित र आवश्यकता पुष्ठी हुन्छ । र यसलाई हामी नारीले एउटा सम्मानपूर्ण दिनको रुपमा लिन आवश्यक हुन्छ ।