चेतनशिल महिला विकास समूहद्वारा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

116

काठमाडौं । वनस्थली (काठमाडौं–१६) अवस्थित चेतनशिल महिला विकास समूहले यस वर्ष पनि अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मनोरसञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

समूहिक प्रहरी तथा अन्य संस्थाहरूसँग साझेदारी गर्दै मार्चपास तथा शुभकामना आदान प्रदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा काठमाडौं १६ बनस्थलीका वडा अध्यक्ष मुकुन्द रिजाल,चेतनशिल महिला विकास समूहको अध्यक्ष रानु खाँड, संस्थापक अध्यक्ष शान्ती अधिकारी लगायत समुहका ६५ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नृत्य,गायन, कविता वाचन लगायत विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलाप गरिएको थियो । साथमा विजयीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको मूख्य आकर्षणको विषय महिलाहरुको सफलताको कथा, भोगाई र महिलाहरुले हासिल गरेका संघर्षको कथा थियो । कार्यक्रमलाई सफल बनाउन सानो संसारले सहयोग गरेको थियो ।