कपाल सिल्की बनाउने घरेलु उपाय

29

अहिलेको समयमा जसले पनि सिल्की तथा मुलायम कपाल चाहन्छ । तर खराब जीवनशैली, तनाव, पोषक तत्वको कमी तथा गलत सामग्रीहरुको प्रयोगले कपाल एकदमै रुखो तथा सुख्खा हुने समस्या बढ्ने क्रममा छ । रुखो तथा सुख्खा कपालले अनुहारको समेत सुन्दरता घटाउँछ । कतिपय व्यक्ति सुख्खा तथा रुखो कपाललाई राम्रो बनाउन कैयौं तरिकाहरु अपनाउन थाल्छन् । विभिन्न पार्लरहरुमा गएर हजारौँ पैसा खर्च गर्छन तर भने जस्तो रिजल्ट पाउँदैनन । यदी तपाईं पनि यस्तै कपालको समस्याबाट ग्रसित हुनुहुन्छ भने प्राकृतिक रुपमै यसको उपचार गर्न सक्छौँ । घरेलु तरिका तपाईं सजिलै आफै घरमै बसी बसीप्रयोग गर्न सक्नुहुन्छ । यसले अन्य कुनै नोक्सान पनि गर्दैन साथमा कपाल जरैदेखि बलियो, चम्किलो र मुलायम हुनेछ ।

कपाललाई घामबाट जोगाउनुहोस्
यदी तपाईं लामो समय घाममा बस्नुहुन्छ भने पनि कपालमा नराम्रो असर पर्छ । अनुहारमा त हामी सनस्क्रिन लगाउँछौं तर कपाललाई वास्ता गर्दैनौं जसले गर्दा लामो समयमा घामको सम्पर्कबाट पनि कपाल सुख्खा तथा रुखो हुने समस्या हुन्छ ।यसका लागि तपाईं कपालमा कुनै सुतिको रुमाल वा पछ्यौरा बाँध्न सक्नुहुन्छ । साथमा तपाईं टोपी लगाएर पनि कपाललाई घामबाट जोगाउन सक्नुहुन्छ ।

एप्पल साइडर भेनेगर
एप्पल साइडर भेनेगर कपालका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने प्रोटिनले कपाललाई सिल्की तथा मुलायम बनाउन सहयोग गर्छ । यसको प्रयोगका लागि एक बाल्टी पानीमा २ बिर्को एप्पल साइडर भेनेगर मिसाउनुहोस् । अब स्याम्पु गरेपछि यही पानीले कपाललाई धुनुहोस् । ५ देखि १० मिनेट यो पानीलाई कपालमा रहन दिनुहोस् त्यसपछि सादा पानीले कपाल पखाल्नुहोस् । यसले कपाललाई मुलायम बनाउँछ ।

एलोवेरा र दहीको हेयर मास्क
एलोवेरा शरीर, छालासँगै कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । कपाललाई सिल्की बनाउन एलोवेरा र दहीको हेयर मास्क प्रयोग गर्न सकिन्छ । यो मास्कले कपाललाई पोषण दिने काम गर्छ । यसलाई प्रयोग गर्नका लागि एक चम्चा एलोवेरा जेल, एक चम्चा दही र एक चम्चा महको मिश्रण तयार गर्नुहोस् । अब यो मिश्रणलाई कपाल तथा टाउकोमा लगाएर ५ मिनेट मसाज गर्नुहोस् । १० मिनेट उक्त मास्क त्यत्तिकै रहन दिनुहोस् । त्यसपछि स्याम्पुको मद्दतले सफा पानीले कपाल धुनुहोस् । यसले कपाललाई सुख्खा हुनबाट बचाउँछ ।

मनतातो तेलले मसाज
सुख्खा तथा रुखो कपाललाई सिल्की बनाउनका लागि कपाललाईमनतातो तेलले मसाज गर्न पनि जरुरी हुन्छ । किनकी तेलमा पाइने भिटामिन ई र एन्टीअक्सीडेन्ट तत्वले कपाललाई पोषण दिने काम गर्छ । कपाल मसाज गर्नका लागि नरिवल, बदाम आदिको तेलको प्रयोग गर्न सकिन्छ ।

कपाललाई बाफ दिने
जसरी छालाको स्वास्थ्यको लागि हामीले बाफ लिने गर्छौं त्यसरी कपाललाई पनि बाफ दिनु आवश्यक छ । बाफ लिनाले कपाल स्वस्थ रहन्छ त्यस्तै यसमा चायाँ आदिको समस्या पनि हुँदैन । बाफले कपाललाई मुलायम बनाउँछ र सुख्खापन टाढा भगाउँछ ।