स्वाभिमानी बन्नु थियो

55

भनिन्छ, मानिसहरुको पहिलो नजर अनुहारमा पर्छ । आजको दिनमा जसको लुक्स राम्रो हुन्छ ,उसलाई स्मार्ट भन्ने गरिन्छ । स्मार्ट बन्नको लागि हामीले ड्रेसअप सेन्स मात्र मिलाएर हुँदैन अनुहारलाई पनि उत्तिकै सुन्दर बनाउनुपर्छ । त्यसैका लागि अहिले हरेक चोक चोकमा पार्लहरु सञ्चालनमा आएका छन् , जस्ले गर्दा मानिसको सुन्दरतालाई निखार्नु को साथै निडर बन्न सिकाएको छ ।

यसरी नै बिगत २१ वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय ब्युटिसियन हुन् रेनु राना मगर । पाटन ललितपुरको श्री बहालमा बुबा प्रेम शाक्य र आमा सीता शाक्यको कोखबाट उहाँको जन्म भएको हो । उहाँ चार सन्तानमा परिवारको जेठी छोरी हुनुहुन्छ । उहाँको बाल्यकाल सामान्य रुपमा नै बित्यो । बाल्यकालमा उहाँ सरल तथा हक्की स्वभावको हुनुहन्ुथ्यो । आफु पनि अन्याय नगर्ने र कोही अन्यायमा परेको थाहा पाए पनि आवाज उठाउने उहाँको स्वाभाव थियो भने अरूलाई पनि अन्याय सहनु हुँदैन भनेर सबैलाई प्रेरणा दिनुहुन्थ्यो । रेनुलाई सानैदेखि राम्री बन्न मन पर्दथ्यो । स्कूल जाँदा उहाँ अन्य साथीहरु भन्दा चिटिक्क देखिनु हुन्थ्यो । उहाँलाई सानैदेखि राम्री स्मार्ट बनेर हिँड्न मन् लाग्ने भएकोले होला समाजमा पनि सबैले राम्री भनेर चिनिनू हुन्थ्यो । कहिले काँही समय परिस्थिति हेरेर गाजल लिपिष्टक लगाउने गर्नुहुन्थ्यो । अहिले सम्झँदा सानैदेखि ब्युटीसियनको लक्षण हो कि भनेर आफैँमा मुस्कुराउनु हुन्छ ।

रेनुले ललितपुरको पुल्चोक स्थित मदन स्मारक मा. बि बाट एसएलसी दिनुभयो । एसएलसी लगतै उहाँको ललितपुर, जावलाखेल एकान्तकुनामा पुरुषोत्तम राना मगरसँग विवाह भयो । उहाँको स्वाभाव चञ्चले, त्यत्तिकै बस्न नसक्ने केही गर्नु पर्दछ भन्ने भएकोले होला विवाह लगत्तै टाइपिब्, सिलाई बुनाईको तालिम लिनुभयो । जेठी छोरी प्रलिता राना मगरको जन्म भएपछि उहाँले फेरी आफ्नो पढाईलाई निरन्तरता दिनुभयो । कान्छी छोरी प्रोत्शाहाना रानामगरको जन्मभएपछि उहाँले पढाईलाई बिचैमा छोड्नुभयो । उहाँलाई पढ्ने रहर थियो तर समय र परिस्थितिको कारण उहाँले आफ्नो पढाईलाई
सोचे जसरी अगाडि बढाउन सक्नु भएन । छोरीहरु हुर्कदै गएपछि उहाँले विभिन्न संघ संस्थामा जागिर खानु
भयो । त्यतिबेला ब्युटिसियन बन्ने र पार्लर सिक्ने भनेपछि मान्छेहरुको हेर्ने नजर फरक थियो । तर उहाँले घर परिवार हेरेर बालबच्चालाई हुर्काउँदै पार्लर सिक्नुभयो । उहाँले सिकेको शिपलाई सदुपयोग गर्न उहाँको श्रीमान पुरुषोत्तमले धेरै साथ दिनुभयो । त्यो समयको स्मरण गर्दै रेनु भन्नु हुन्छ–‘पार्लरसिकेको भन्दा मानिसहरुले नाक खुम्चाउँथे, अहिलेको जस्तो ब्युटिसियन व्यवसायलाई राम्रो मानिन्थेन तर मलाई सानैदेखि सुन्दर बन्नुपर्ने रहरले पनि होला पार्लर खोल्न आफैँ तयार भए अनि आफैँले जागिर गरेर कमाएको पैसाले पार्लर सञ्चालन गरे ।’

रेनुको आत्माविश्वास निकै बलियो थियो । ‘ भगवानले त आँट म पुर्याउछु भन्छन्’ भने झैँ उहाँले समाजको वेवास्ता गर्दै पार्लर खोल्नु भयो । उहाँलाई आफैँमा स्वाभिमानी बन्नु थियो । जागिर खाँदा पनि राम्रो तलब आउँथ्यो तर उहाँलाई अरुको निगरानीमा बसेर काम गर्नुभन्दा पनि आफैँले केही गर्नु थियो । परिवार, समाजले के सोच्छन् र आफुलाई के भन्छन् भन्दा पनि उहाँको ध्यान सधैँ कसरी एक असल र सफल ब्युटिसियन बन्न सकिन्छ भन्ने तर्फमात्र थियो । त्यसै अनुरुप उहाँले विगत लामो समयदेखि प्रोत्शाहानाज् ब्युटि पार्लर एण्ड ट्रेनिब सेन्टर सञ्चालन गर्दै आइरहनुभएको छ । जावलाखेल , भनिमण्डलमा उहाँको ट्रेनिब सेन्टर छ भने केही महिना अगाडि मात्र उहाँले जाउलाखेलमा अर्को शाखा खोल्नुभएको छ । रेनुको ब्युटिसयन क्षेत्रमा एउटा छुट्टै पहिचान छ ।

धेरै महिला अझैँ पनि भान्साको काममा मात्र सीमित छन् । श्रीमान तथा परिवारको कमाईमा आफ्नो आवश्यकता पुरा गरिरहेका छन् । रेनु भन्नु हुन्छ–‘ ब्युटिसियन क्षेत्र एक गृहणी महिला दिदीबहिनीहरुको लागि भविष्य बनाउने राम्रो पेशा हो । घर परिवार सम्हालेर पनि यो क्षेत्रमा भविष्य बनाउन सकिन्छ तर त्यसको लागि लगनशिलता, धैर्यता, दक्षता, आत्माविश्वास र समय अनुसार आफुलाई अपडेट गराउन सक्नुपर्छ ।’ रेनुले देश विदेश विभिन्न ठाउँमा पुगेर ब्युटिसियन तालिम लिनुभएको छ । आफुले जानेको सिप सिकाउन देशको विकट रोल्पा जिल्लामा पुग्नुभएको छ । त्यस्तै ललितपुरको म.न .पा द्वारा सञ्चालित सौन्दर्य शिक्षामा पनिउहाँले शिक्षिकाको भुमिका निर्वाह गर्नुभएको छ । उहाँले आफ्नै वडाका महिला दिदीबहनीहरुलाई पनि सौन्दर्य शिक्षा दिनुभएको छ । उहाँ त्यस्तै भर्खरै काठमाडौं म.न.पा द्वारा हरेक सरकारी विद्यालयमा सञ्चालित ‘ शिक्षा सँग शिप’ शीर्षकको सौन्दर्य शिक्षामा शिक्षिका बनेर कक्षा ९ को विद्यार्थीहरूलाई यो शिक्षा दिन पाउँदा आफू ब्युटीसियन भएकोमा तथा आफनो पेशा प्रति गर्व महसुस भएको बताउनुहुन्छ । रेणुले आजको दिनसम्म ७ हजार भन्दा बढी महिलाहरुलाई ब्युटिसियन तालिम दिइसक्नुभएको छ । धेरै ब्युटिसियन उत्पादन गरिसक्नु भएको छ । त्यसै कारण उहाँ ब्युटिसियन पेशामा पूर्ण सन्तुष्ट हुनुहुन्छ । हाल उहाँ ।।।लायन्स क्लब अफ काठमाडौं युनिफाइड
नेशन’ को अध्यक्ष हुनुहुन्छ ।