फिल्म ‘गजिनी’ का भिलेन प्रदीप रावत काठमाडौंमा

18

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्न चर्चित भारतीय अभिनेता प्रदीप रावत शुक्रबार काठमाडौं आइपुगेका छन् । इण्डिगो एयरलाइन्सको जहाज चढेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छ ।

चितवनमा छायांकन भइरहेको फिल्मको सेटमा रावत सहभागी हुनेछन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा रावतको भूमिका लामै रहेको बताइएको छ ।

तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट निस्किएपछि अभिनेता रावत ।