प्रकाश सपुत अभिनित ‘तिम्रै हुन मन लाग्यो’ गीत सार्वजनिक

68

काठमाडौं । गायिका मेलिना राइको आवाजमा ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत शब्द बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको हो ।

गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।