हाइ क्वालिटिमा बनेको सस्तो मूल्यको प्रोडक्ट : मिनीसो

21


रज्जु रन्जितकार एक उद्यमी महिला हुन् । काठमाडौंमा जन्मिएकी उनी निडर स्वभावकी थिइन् । उनलाई सानैदेखि जागिर खान भन्दा पनि एक्पोर्टको विजनेशमा लगाब धेरै थियो । त्यसैले उनी आफ्नो पढाइ सकेपछि हस्तकला क्षेत्रमा लागेकी थिइन् । उनले विभिन्न संघ संस्थामा रहेर अनुभव संगालेकी छिन् ।

त्यही क्रममा उनको आशा राम तण्डुकारसँग विवाह भयो । उनको श्रीमान एयरलाइन्स र ट्राभल व्यसायमा संलग्न थिए । उनको श्रीमान चाइना जाने आउने क्रममा ‘मिनीसो’ ब्राण्डको बारेमा बुझेका थिए । अहिले परिवार नै यो व्यवसायमा आवद्ध छन् । मिनीसो खोल्ने सोच कसरी आयो नेपालमा यस व्यवसायको बजार कस्तो भन्ने विषयमा गरिएको कुराकानी …

मिनीसो भन्ने वित्तिकै हामीले के बुझ्ने ?
एउटा ब्राण्ड हो । यसमा विभिन्न प्रकारका प्रोडक्टहरु पाइन्छ । विशेष गरी कस्मेटिक, डिजिटल आइटम, ज्वेलर्स लगायतका छन् । खासमा मध्यम वर्गीय व्यक्तिहरुको लागि हाइ क्वालिटिमा बनेको सस्तो मूल्यको प्रोडक्ट हो । त्यसैले गर्दा विश्वभर चर्चामा आएको हो । मिनीसोमा पाइने सबै प्रकारका प्रोडक्टहरु कम मूल्यका हुन्छन् । त्यसका साथै हामीले एकै ठाउँमा आफूलाई आवश्यक पर्ने अधिकांश प्रोडक्ट पाउँछौँ ।

मिनीसो खोल्ने सोच कसरी आयो ?
मिनीसो चाइनाबाट सु्रु भएको जापानिज ब्राण्ड हो । मेरो श्रीमान कामको सिलसिलामा धेरै समय चाइना र नेपाल गरिरहनुहुथ्यो । मिनीसो ब्राण्ड २०१३ मा चाइनाबाट सुरु भएको हो । त्यही देखेर उहाँले मिनीसोको व्यवासाय गर्ने निर्णय भएको हो । हामी भुकम्प जानु केही दिन अगाडी परिवारसहित चाइनामा थियौँ ।
हामीले २०१७ मा नेपालको काठमाडौं दरबारमार्गमा सुरु गर्यौँ । त्यो बेला भूकम्पको कारण नेपालमा सुरुवात गर्न केही समय ढिला भयो । अहिले यो समयसम्म आइपुग्दा धेरै स्थानमा मिनीसो खोल्न सफल भयौँ । सब परिवार अहिले यहि ब्राण्डमा रहेर काम गरिरहेका छौँ ।

व्यापार विस्तार कसरी हुँदै गयो ?
हामीले मिनीसो ओपनिङ गरेको केही दिनमा नै हाम्रो व्यापार राम्रो हुँदै गयो । धेरै मानिसहरु चाइना जाने आउने गरेपछि त्यहाँको बजारको बारेमा पनि थाहा पाएका रहेछन् । जसले गर्दा व्यापार गर्न सहज भयो । धेरैलाई मिनीसो प्रोडक्ट थाहा थियो ।

मिनीसोको शाखा कहाँ कहाँ छ ?
हामीले राइजिङ मलबाट सुरु गरेका थियौँ । त्यसपछि दोस्रो जाउलाखेलमा, तेस्रो बानेश्वर, चौथो चाबहिल, पाँचौ बौद्ध र छैटौँ न्युरोडमा छ । त्यस्तै चितवन, विराटनगर, बुटवल कुरिनटारमा गरेर १२ ओटा छ ।

कसरी म्यानेज गरिरहनु भएको छ ?
हामीले स्टाफहरु राखेका छौँ । मिनीसो हेड अफिसले नै हामीलाई विभिन्न तालिमहरु दिएको थियो । चाइना नै गएर हामीले छानेको सुपरभाइजरलाई पनि चाइना पठायौं । त्यहाँ तालिम लिएपछि नेपालमा काम सुरु गरेका थियौँ ।

मिसियो ल्याउनु भएको कति भयो ?
मिसियो एक चाइना टपटेन भित्र पर्ने एसियन ब्राण्ड हो । यो ब्राण्ड चाइनाबाट अर्को देशमा जाँदा पमसिया ब्राण्डबाट ब्रान्डिङ भएको कपडाको ब्राड हो । मिसियो ब्राण्ड २०१९ मा ल्याएका हौँ ।

मिसियोको ब्राण्डहरु कहाँ कहाँ छ ?
मिसियोको ब्राण्डहरु बानेश्वर र सिभिल मलमा छ ।

कोरोनाको समयमा तपाईंलाई कतिको गाह्रो भयो ?
कोरोनाको कारण हामीलाई धेरै गाह्रो भयो । स्टाफदेखि पसल भाडा सामानको स्टक लगायत धेरै कुरामा समस्या झेल्नु परेको थियो । तै पनि हामीले स्टाफ भाईबहिनीहरुलाई निरास गराएनौँ । व्यवस्थित रुपमा सम्हालेर राख्यौँ उनीहरुले पनि हामीलाई राम्रो साथ दिए ।
मिसियोका नेपाली बजारमा प्रतिस्पर्धी पनि होलान् नी ।
हामीले अन्य कपडाको पसललाई प्रतिस्पर्धी मान्ने भन्दा पनि उनीहरुले हामीलाई मानिरहेका छन् । हामीले जति नै कपडा पसलहरु खुले पनि सबैलाई स्वागत गरेका छौँ । स्टाफदेखि हाम्रो बजारसम्मलाई व्यवस्था गरेर अगाडी बढेका छौँ ।

मिसियोको व्यापारलाई कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
हामीले मिसिलाई अझैँ अगाडी बढाउनु छ । हामी छिट्टै जाउलाखेल जान्छौँ । त्यसपछि पूर्वमा पनि जाँदै छौँ ।