सौन्दर्य अहिलेको अपरिर्हाय आवश्यकता हो

53


सुन्दरता अहिलेको अवस्थामा हाम्रो एक महत्वपूर्ण आवश्यकता बनेको छ । घरदेखि मन्दिर तथा अफिसदेखि सामान्य पार्टीमा जान पनि अहिले हामी श्रृङगारको प्रयोग गछौँ । हाम्रो आँखा सबै भन्दा अगाडि सुन्दर बस्तु तथा सुन्दर मानिसमा नै पर्ने गर्छ तसर्थ मानिसको भित्रि मन जति सुन्दर हुन्छ अहिलेकोे अवस्थामा आफूलाई स्मार्ट बनाउनको लागि बाहिरी सुन्दरता पनि उत्तिकै आवश्यक हुन्छ । प्युठानमा जन्मिनु भएको पुनम थापाले पनि केही वर्षदेखि मानिसहरूलाई सुन्दर बनाउने पेशा ब्युटिसियनमा आफ्नो भविष्य खोजी रहनु भएको छ ।

पुनम बुबा गणेश बहादुर थापा र आमा शारदा थापाको पहिलो सन्तान हुनुहुन्छ । उहाँको जन्म प्युठानमा भए पनि बुबाको सरकारी जागिरको कारण बाल्यकाल भने नेपालगञ्जमा नै बित्यो । बाल्यकालमा पुनम निकै चञ्चल तथा निडर स्वभावको हुनुहुन्थ्यो । आफुलाई हरेक कुरामा क्रियाशिल राख्ने उहाँ सानै देखि अन्याय गर्न पनि हुँदैन र अन्याय सहन पनि हुँदैन भन्ने सोच राख्नु हन्थ्यो ।

विशेष महिलाहरू हरेक कुरामा सबल हुन्छन् । महिलाहरू केही कुरामा कम्जोर हुँदैनन् भनेर सोच्नु हुन्थ्यो त्यही कारण उहाँलाई कक्षाको लिडर बनाइन्थ्यो । मध्यम वर्गीय परिवारमा जन्मनु भएको पुनमले एभरेष्ट सैनिक स्कुलबाट एसएलसी दिनु भएको हो । एसएलसी दिएपछि खाली भएको समयमा नेपालगञ्जमा २०६० साल फागुनमा पहिलो ‘मिस भेरी’ आयोजना भएको थियो । साथीहरूको प्रेरणामा उहाँ मिस भेरीमा सहभागी हुनु भएको थियो । त्यसमा उहाँले ‘मिस भेरी ब्युटिफुल’ टाइटल जित्नु भएको थियो ।

यस टाइटलको जितसँगै नेपालगञ्जमा पुनमलाई न चिन्ने कमै थिए । सानै उमेरमा पाएको यस सफलताले उहाँलाई झन अगाडि बढ्ने हौसला दिएको थियो । त्यतिबेला डाबर नेपालले ‘ मिस नेपाल २०६३ ’ आयोजना गरेको थियो । पत्रिकामा उहाँले मिस नेपालको विज्ञापन आएको थियो । उहाँको मिल्ने साथी शुभचिन्तक युग ज्योति क्रियाशिलले उहाँलाई मिस नेपालमा सहभागि हुन विशेष प्रेरणा दिनु भयो । त्यतिबेला आजको जस्तो इन्टरनेटको समय थिएन । उहाँले चिठ्ठी मार्फत नै मिस नेपालको लागि आवेदन दिनु भएको थियो ।

नेपालभरबाट ४ सय जनामा मिस नेपाल २०६३ मा उहाँ पनि छानिनु भयो । त्यसपछि उहाँको यात्रा काठमाडौं तिर सुरु भयो । उहाँले धेरै मिडियामा अन्तर्वाता दिनु भयो । टप २० मा पनि पुग्नु भयो तर स्वास्थ्यको कारण उहाँ त्यहाँ भन्दा अगाडि बढ्न सक्नु भएन । त्यतिबेला सिताष्मा चन्द मिस नेपाल हुनुभएको थियो । त्यसपछि पुनमले नेपालगञ्ज जयबागेश्वरी कलेजबाट प्लस टु पुरा गर्नु भयो ।र ब्याचलर काठमाडौं बाट नै पुरा गर्नु भयो । २०६७ सालमा उहाँको सञ्जिब थापासँग विवाह भयो । विवाहपछि उहाँको केही समय परिवारको हेरचाहमा नै बित्यो । श्रीमान बैदेशिक रोजगारीमा काम गर्ने भएकोले उहाँले फेरि आफ्नो कामको यात्रा त्यही बाट सुरु गर्नु भयो । करिब ४,५ वर्ष उहाँले कर्मचारीको रुपमा काम गर्नुभयो । त्यसपछि केही आफन्तको साथमा बैदेशिक रोजगारी सम्बन्धी आफ्नै अफिस सञ्चालन गर्नुभयो । यसरी महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउने क्रममा ब्युटिसियनको तालिम दिनुपर्ने थियो यही क्रममा उहाँले आफूले पनि तेहि काम किन नसिक्ने भनेर ब्युटिसियनको तालिम लिनुभयो । तालिम लिँदै गर्दा उहाँलाई यसमा रुची बढ्दै गयो भविष्य पनि राम्रो हुन्छ जस्तो लाग्यो । त्यसपछि २०७५ सालमा उहाँले ‘ पि एस ब्युटिसलोन ’ खोल्नुभयो । अहिले उहाँ सक्रिय रुपमा यही पेशामा आवद्ध हुनुहुन्छ ।

उहाँ अहिले दुई सन्तानको आमा पनि हुनुहुन्छ आफ्नो परिवार र सन्तानको लागि समय छुटाएर बाँकी समय पार्लरलाई नै दिने गर्नुभएको छ । उहाँ भन्नु हुन्छन्–सौन्दर्य अहिलेको अपरिर्हाय आवश्यक ता हो । विशेष महिलाहरू सुन्दर देखिन निकै आवश्यकता छ । महिलाहरूको गहना भनेकै सुन्दरता हो । उहाँले ब्युटिसियन पेशामा आफ्नो भविष्य पनि देख्नु भएको छ । त्यसैले समय र प्रविधि अनुसार आफूलाई अपडेट गरेर अगाडि बढिरहनुभएको छ । उहाँ एक सामाजिक अभियान्ता पनि हुनुहुन्छ ।

आफ्नो कमाइबाट बचेको केही प्रतिशत रकम बृद्धा आश्रम तथा अनाथालयमा सहयोग गर्नु हुन्छ । २०१६ मा उहाँ ‘मिसेस नेपाल’ मा पनि सहभागि हुनु भएको थियो । त्यहाँ उहाँले भ्युअर्स च्वाइस र मष्ट इन्टेलेक्चुअल अवार्ड जित्नु भएको थियो । उहाँको अबको सपना एउटा बृद्धा आश्रम तथा अनाथालय खोल्ने हो । उहाँ विशेष आफ्नो पहिचान गरिब दुखिहरूको हक र अधिकारको लागि लड्ने अभियान्ताको रुपमा बनाउन चाहानुहुन्छ ।