समाज सेवा गर्न मन पर्छ

33

‘मिस एण्ड मिसेस युनिभर्सल २०२३’ को मिस युनिभर्सलको विजेता हुन् दिया उपाध्याय । बुबा रमेश प्रसाद उपाध्याय र आमा इन्द्रमाया उपाध्यायको दिया प्यारी छोरी हुनुहुन्छ । सानो अनि सम्पन्न परिवारमा हुर्कनुभएको दिया बाल्यकालमा शान्त स्वभावको हुनुहुन्थ्यो । कम बोल्ने र आमा बाबाको आज्ञाकारी छोरी भएर होला समाजका धेरै व्यक्तिहरुले दियाको उदाहरण दिँदै आफ्नो सन्तानलाई पनि दिया जस्तै बन्नुपर्छ भन्नु हुन्थ्यो ।

दिया भन्दा माथि एक जना दाई मात्र हुनुहुन्छ । सानो परिवार सुखी परिवारमा हुर्केको दियाको बाल्यकाल बिरगञ्जमा वितेको हो । उहाँले बिरगञ्जको ज्ञानज्योति सेकेण्डरी स्क्ूलबाट २०७५ सालमा एसएलसी दिनुभयो । दियाको सपना विजनेश गर्ने कित मेकअप कम्पनी खोल्ने थियो । तर बुबा आमाको इच्छा अनुसार दिया नर्सिबमा भर्ना हुनु भयो दियाले नर्सिबमा डिप्लोमा गर्नुभएको छ ।

२०७९ सालमा दिया बिरगञ्जबाट काठमाडौं नर्सिब लाइसन्स र विदेश जानको लागि प्रोसेसको क्रममा आउनु भएको थियो तर केही कारण उहाँले आफ्नो विदेश जाने यात्रालाई रोकेर मिस एण्ड मिसेस युनिभर्सल २०२३ मा सहभागी हुने योजना बनाउनुभयो । आफ्नो जीवनमा आएको यो अवसरलाई सदुपयोग गर्दै उहाँले मिस युनिभर्सल २०२३ को
उपाधी पनि हाँसिल गर्नु भयो । दिया भन्नु हुन्छ– ‘म विजेता भएको दिन निकै खुसी थिए । मेरो सफलता हेर्नको लागि मेरो आमा बुबा बिरगञ्जबाट एकदिनको लागि काठमाडौं आउनुभएको थियो । आमा बुबा पनि आउनु र मैले जित्नु मेरो लागि एक चमत्कार भन्दा कम थिएन ।’ दियालाई समाज सेवा गर्न मन पर्छ । त्यसैले आफुले नर्सिब क्षेत्रमा अगाडि बढे पनि कुनै गुनासो न रहेको बताउनु हुन्छ । केही समयको लागि विदेश गएर बसे पनि अन्तमा नेपाल नै फर्केर समाज सेवा गर्ने दियाको भनाई छ ।