२०२३ मा चर्चामा आएका पाँच अभिनेत्री

17

मुम्बई । २०२३ को बिदाईसँगै नयाँ वर्ष २०२४ को स्वागत गर्न सबै उत्सुक देखिएका छन् । सन् २०२३ बलिउडका लागि विशेष रह्यो । यो वर्ष दर्शकहरुले सिनेमा हल खचाखच नै रह्यो । विभिन्न हिट फिल्महरुले दर्शकहरुलाई हलसम्म पुर्याउन सफल रह्यो । २०२३ को शुरुवात भन्दा पनि अन्त्यतिर बलिउडमा हिट फिल्महरु रिलिज भए ।

कलीउड देखि हलिउड, बलिउडसम्म पनि सधै अभिनेत्री भन्दा अभिनेताको चरित्रले बढी चर्चा पाउँछ । तर, सन् २०२३ मा भने त्यसो भएन बलिउडका यी पाँच अभिनेत्रीहरु राज मात्र गरेनन् उनीहरुको वर्ष भरी नै चर्चाको विषय नै बने ।

अदा शर्मा

‘द केरल स्टोरी’ मा मुख्य भूमिकामा रहेकी अदा शर्माले निकै चर्चा पाइन्। बक्स अफिसमा अदा शर्मा अभिनित फिल्म ‘द केरल स्टोरी’ ले ३०० करोडभन्दा बढीको आम्दानी ग¥यो। उनको अभिनयलाई आलोचक र दर्शकहरूले समेत प्रशंसा गरे ।

आलिया भट्ट

आलिया भट्टले सन् २०२३ मा विभिन्न हिट फिल्महरुमा अभिनय गरिन् । जसले गर्दा उनको अलग पहिचान बन्यो । बलिउड निर्माता निर्देशक करण जोहरको चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा फरक ढङ्गले प्रस्तुत भएकी आलियालाई दर्शकले निकै मन पराए र दर्शकले आलियाको अभिनयको प्रशंसा गरेर थाकेनन् ।

दिपिका पादुकोण

सन् २०२३ दिपिका पादुकोणका लागि पनि निकै महत्त्वपूर्ण रह्यो। दिपिकाले अभिनय गरेका पठान, जवान लगायतका चलचित्रले बलिउडमा धमाल नै मच्चायो। वर्षको सुरुवातमा पठान र वर्षको अन्त्यतिर जवान फिल्ममा गरिएको भव्य अभिनय दिपिकालाई फरक रुपमा प्रस्तुत हुन सहयोग पुर्यायो ।

करिना कपुर खान

बलिउडकी बेबो करिना कपुर खानले यसवर्ष ओटीटी प्ल्याटफर्ममा डेब्यु गरिन्। उनको पहिलो ओटीटी डेब्यु फिल्म ‘जाने जा’ मा उनको दमदार अभिनय देख्न पाइयो। उनले आफ्नो अभिनयबाट दर्शकलाई हलसम्म तान्नुको साथै शानदार प्रदर्शनका लागि उत्तम विकल्प रहेको पनि प्रमाणित गरिन्।

रानी मुखर्जी

रानी मुखर्जी कुनै समयको निकै चर्चित र लोकप्रिय अभिनेत्रीमध्यकी एक हुन्। तर, पछिल्लो समय बलिउडमा खासै सक्रिय नरहेको उनले यो वर्ष भने निकै दमदार प्रस्तुतिका साथ बलिउडमा देखा परिन् । उनले अभिनय गरेको ‘मिसेज चटर्जी भर्सेज नर्वे’ नामक फिल्ममा उनको अभिनयले उनलाई एकपटक फेरि ठूलो सफलता दिलायो। फिल्ममा उनको अभिनय निकै प्रशंसायोग्य थियो भने दर्शकले पनि खुब रुचाएका थिए ।