हाम्रो पहिलो रोजाई किन्डरजोय मन्टेश्वरी स्कूल

251

रिता आचार्य किन्डरजोय मन्टेश्वरी स्कूलको संस्थापक तथा प्रिन्सिपल हुनुहुन्छ । शिक्षण सिकाईका क्रममा प्राप्त अनुभवलाई उपयोग गरी शिक्षण सिकाईको नयाँ आयाम कक्षा कोठासम्म पस्किन सकिन्छ कि भन्ने अभिप्राय स्वरुप उहाँले प्रि स्कुलको पाठ्यक्रम डिजाइन तथा सिटिइभिटिको मन्टेश्वरी तालिम प्याकेजको पुनर्लेखन समुहमा रही सक्रिय रुपमा कार्य गर्नु भएको छ । विगत २० बर्ष देखि शिक्षण पेशामा आवद्ध उहाँले समाजशास्त्र र लिडरशिप एण्ड म्यानेजमेन्टमा स्नातकोत्तर गर्नुभएको छ । त्यस्तै बिगत २४ वर्षदेखि शिक्षण पेशामा आवद्ध एक सफल महिला हुनुहुन्छ तिलोतमा तिमिल्सिना, उहाँ किन्डरजोय मन्टेश्वरी स्कूलको संस्थापक तथा अध्यक्ष हुनुहुन्छ । उहाँले शिक्षामा स्नातकोत्तर गर्नुभएको छ । मन्टेश्वरी तालिम तथा लिडरशिप तालिम लिई शिक्षामा केही परिवर्तन गर्न सकिन्छ कि भनी अनवरत लागिरहनु भएको छ ।

अभिभावकको रोजाईमा किन किण्डरजोय मन्टेश्वरी ?
विशेष गरी मानिसमा हुने मस्तिकको विकास यहि ० देखि ५ बर्ष सम्मको उमेर समुहमा बढी हुने तथा बालबालिकाको मन्टेश्वरी, प्रि स्कुल वा चाइल्ड केयरमा आउने समय २ वर्ष देखि हुने भएकोले हामीले तिनानीबाबुहरुलाई विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यस्तै उनीहरुको व्यक्तिगत इच्छा, चाहना, जिज्ञासा, रुचीका साथै उनीहरुको सर्वाङ्गिण विकासमा पनि ध्यान दिनुपर्ने हुन्छ । यिनै कुराहरुलाई दृष्टिगत गर्दै हामी किण्डर जोय मन्टेश्वरीमा उनीहरुको व्यक्तिगत रुचीको आधारमा संस्कार सहितको शिक्षा प्रदान गर्दै आईरहेका छौं ।

त्यस्तै २१ औ शताब्दिको शिक्षण सिकाई पद्धत्ती अनुसार नानीबाबुहरुलाई व्यावहारिक शिक्षाका साथै उनीहरुमा सकारात्मक सोच, जुनियर नेतृत्व , महत्वपूर्ण सोचाई , समस्या समाधान तथा डिजिटल शिक्षालाई पनि सिकाईका विभिन्न क्रियाकलापको माध्यमबाट उनीहरुमा अंकुरित गराउन प्रयासरत रहेका छौं । नानीबाबुहरुले विद्यालयमा हुने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक आदान प्रदान कार्यक्रमा भर्चुअल रुपमा सहभागी भएर पनि सिकाई तथा संस्कृति आदान गर्नु भएको छ । त्यसैले त ब्रिटिश काउन्सिलबाट प्रदान गरिने ISA Award 2021–2024 पाएको छ ।

बालबालिका जन्मिएपछि अभिभावकको पहिलो चिन्ता भनेको पारिवारिक वातावरणमा आफ्नो सन्तानलाई कसरी हुर्काउने भन्ने हुन्छ ।

आजभोलि व्यस्तताको कारणले गर्दा अभिभावकले आफ्नो सन्तानलाई प्रयाप्त समय दिन नसकिरहेको अवस्थामा किण्डरजोय मन्टेश्वरी स्कुल खुल्ला, स्वच्छ तथा सफा घरायसी वातावरणमा बालबालिकालाई हेरचाह गर्ने एउटा उत्कृष्ट माध्यम बनेको छ । त्यस्तै बालबालिकाहरुको मस्तिष्क विकासमा टेवा पुर्याउनको लागि आवश्यक खानपानको तालिका पोषणविद्को निर्देशन अनुसार तयार गरी सोही अनुसारको खाना नानीबाबुहरुलाई खुवाईन्छ । अर्थात् बालबालिकाको स्वास्थ्यलाई समेत ख्याल गर्दै उनीहरुलाई पारिवारिक तथा सामाजिक वातावरणमा पोषणयुक्त खानेकुराहरु खुवाएर बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिने तथा खेल तथा सिकाईका विभिन्न माध्ययमबाट बालबालिकाहरुलाई लेखपढ गर्न सिकाउने गरिन्छ । सबै वर्ग समुदाय तथा मातृभाषा प्रयोग गर्ने बालबालिकाहरुलाई किण्डरजोय मन्टेश्वरीको वातावरणमा कुनै असहज छैन त्यसैले त यहाँ विविधतामा एकता पाउन सकिन्छ । बालबालिकाको आत्मविश्वास बढाउनको लागि किन्डरजोय मन्टेश्वरीले हरेक दिन विभिन्न प्रकारका प्रायोगात्मक शिक्षाहरु बालबालिकालाई दिने गरेको छ । किन्डरजोय मन्टेश्वरीका अधिकांश शिक्षिका तथा कर्मचारीहरु दक्ष तथा तालिम प्राप्त भएता पनि समयको माग अनुसार शैक्षिक परामर्शदाताहरुबाट तालिमहरु प्रदान गर्ने गरेको छ । जसले गर्दा बालबालिकाहरुको पढाई समय अनुसार अपडेट हुने र विश्वको शिक्षा प्रणालीलाई नजिकबाट नियाल्ने अवसर पाईरहेका छन् । त्यस्तै विभिन्न क्रियाकलापहरुमा शिक्षक, कर्मचारी र बालबालिकाहरुसँगै अभिभावकलाई पनि क्रियाकलापमा समावेश गराउने गरेको छ । जसको कारण आफ्नो बालिकालिका कस्तो वातावरणमा रहेका छन्, कस्तो प्रकारकार खानेकुराहरु खाईरहेका छन् साथै बालबालिकाले कसरी शिक्षा लिईरहेका छन् भन्ने कुरा जान्न सक्नेछन् । बालबालिको रोजाई अनुसार प्रयोगात्मक शिक्षालाई विशेष जोड दिने यस मन्टेश्वरीमा हाल करिब २०० बालबालिकाहरु अध्ययनरत छन् ।अभिभावकले पारिवारिक तथा सौहाद्रपूर्ण वातावरणमा सुरक्षित तवरले आफ्ना नानीबाबुहरुको भविष्य उज्वल बनाउन सक्ने विश्वस्त भएकोले नै हरेक वर्ष यस मन्टेश्वरीमा अधिकतम विद्यार्थी भर्ना हुने गरेका छन् । बालबालिकाको सर्वाङ्गिण विकास (चौतर्फी विकास–सामाजिक, शारीरिक, मानसिक, बौद्धिक, विकास) लाई मध्येनजर गर्दै किण्डरजोय मन्टेश्वरीले समय अनुसार रचनात्मक शिक्षालाई विशेष प्राथमिकता दिने गरेको छ । त्यसका साथै हाम्रो कला, संस्कृति र संस्कार अनुसार हुने विभिन्न चाडपर्वलाई बालबालिकाको सहभागितामा उत्साहपूर्वक मनाउने गरेको छ ।

त्यसैगरी बालबालिका भित्र लुकेर रहेको प्रतिभालाई प्रस्तुत गर्नको लागि विभिन्न अवसरमा विभिन्न कार्यक्रमहरु बिद्यालय भित्रै आयोजना गर्ने तथा बिभिन्न कार्यक्रमहरुमा सहभागी गराउने समेत गरेको छ । जसको कारण किन्डरजोय मन्टेश्वरी स्कूल उक्त क्षेत्रको उत्कृष्ट मन्टेश्वरीको रुपमा परिचित छ ।