ब्युटिसियनले आफ्नो मूल्य घटाउँदैछन्

100

मनको सुन्दरतासँगै आजको समयमा बाहिरी सुन्दरता पनि उत्तिकै महत्वपूर्ण छ । भनिन्छ, मानिसहरुको पहिलो नजर जहिले पनि सुन्दर र आकर्षण चिजहरुमा पर्ने गर्छ । आजको समयमा हरेक मानिसको नजरमा आफुलाई पार्नको लागि पनि सुन्दर हुन एकदम आवश्यक छ । सुन्दर हुने हरेकको चाहाना हुन्छ । त्यसैले प्राकृतिक रुपमा देखिएको सुन्दरर्तालाई निर्खानको लागि अहिले हरेक ठाउँमा धेरै पार्लर तथा ब्युटिसियनहरु
आफ्नो क्षेत्रमा तत्पर छन् ।

यही ब्युटिसियनको भिडिमा रमाइरहनुभएको सौन्दर्यकर्मी हुनुहुन्छन् शान्ती श्रेष्ठ । टोखामा नै पहिलो ब्युटिपार्लर खोलेर उहाँ करिब एक दशक भन्दा बढी समयदेखि सौन्दर्य क्षेत्रमा आवद्ध हुनुहुन्छ । बुबा रामलाल श्रेष्ठ र आमा सानुदेवी श्रेष्ठको कोखबाट उहाँको जन्म टोखामा भएको हो । मध्यमवर्गीय परिवारमा जन्मनुभएको शान्ती परिवारको जेठी छोरी हुनुहुन्छन् । उहाँ पछिको एक जना भाई र एक जना बहिनी हुनुहुन्छन् । चञ्चले स्वभावको शान्तीलाई सानैदेखि साथीभाईहरु धेरै बनाउन मन पर्दथ्यो । सुन्दर भएर हिड्न मन पर्दथ्यो । त्यसैले स्कूलदेखि सामान्य भोजहरुमा जाँदा उहाँ सधैँ अन्य भन्दा सुन्दर भएर मात्र पुग्नु हुन्थ्यो ।

उहाँको बाल्यकाल सामान्य रुपमा नै बित्यो । उहाँले २०६१ सालमा लक्ष्मीपुर सेकेन्डरी स्कूलबाट एसएलसी पास गर्नुभएको हो । एसएलसी दिएर रहेको समया उहाँले पार्लर सिक्नुभयो । त्यहीबेला धेरै महिलाहरुको सपना पढेर नर्स बन्ने हुने गर्दथ्यो । उहाँको सपना पनि नर्स बन्ने थियो तर उहाँलाई सौन्दर्य क्षेत्रमा धेरै झुकाव थियो । जसको कारण उहाँले पार्लर सिक्नुभयो । उहाँको सुरेश श्रेष्ठसँग विवाह भयो । विवाहपछिको केही समय उहाँले आफ्नो परिवारलाई दिनुभयो । त्यतिबेला उहाँको छोरा फिरोज श्रेष्ठको पनि जन्म भयो । थप जिमेवारीलाई बहन गर्दै उहाँले आफ्नो मेकअप र नेलको सम्पूर्ण कोर्षहरु पुरा गर्नुभयो । त्यतिबेला टोखामा कुनै पनि पार्लर थिएन । मानिसहरुले मेकअप गर्नुपर्छ भन्ने नै बुझेका थिएनन । तर उहाँले आफ्नो सपना पुरा गर्नको लागि पार्लर खोल्ने निर्णय गर्नुभयो । त्यसपछि टोखामा पहिलो सिस्टर ब्युटिपार्लर एण्ड ट्रेनिब सेन्टर उद्धघाटन गर्नुभयो । पार्लर खोल्ने समयमा उहाँले धेरै चुनौतीको सामना गर्नुपर्यो । परिवारमा श्रीमान बाहेक अरु कसैको साथ थिएन । पार्लर भन्ने वितिकै मानिसहरुको हेर्न नजर पनि धेरै फरक थियो । करिब–करिब दुई वर्ष त उहाँले आफ्नै गोजीको पैसाले पार्लरको भाडा तिर्नुभयो । तर पनि उहाँले आफ्नो हिम्मत कहिले हार्नुभएन । उहाँको मेहेनत र धर्यताको फल करिब १८ वर्षदेखि टोखा क्षेत्रमा उहाँको पार्लर उच्च स्थानमा छन् । सामान्य मेकअपदेखि हरेक कामको लागि मानिसहरुले सिस्टर ब्युटिपार्लरलाई नै सम्झने गरेका छन् ।

सौन्दर्य क्षेत्रमा लागेर एक महिलाले परिवारसँगै आफ्नो आवश्यकताको लागि अरुको भर पर्नु नपर्ने उहाँको भनाइ छ । उहाँ भन्नु हुन्छ–‘अहिलेको समयमा चोक चोकमा पार्लहरु खुलेका छन् । विशेष गरी छोटो समय तालिम लिएर आफुसँग पूर्ण रुपमा ज्ञान नै प्राप्त नभई पार्लर खोलेको कारण ब्युटिसियनहरुले आफ्नो मूल्य आफैँ घटाइरहेका छन् । केही समयको लागि भाइरल हुने लोभमा आजभोलि ब्युटिसियनहरु सस्तो भएका छन् जसको कारण हामी जस्तो लामो समय संघर्ष गरेर मैदानमा आएकाहरुलाई विशेष प्रभाव पारेको छ । ’ शान्तीका अनुसार हरेक क्षेत्रमा मानिसले सफलता प्राप्त गर्नको लागि दुख गर्नुनै पर्छ । तर केही समयको सफलता भन्दा दीर्घकालीन सफलताले सबै माझ चिनाइराख्न मद्दत गर्नुपर्छ । तसर्थ आजको समयमा हरेक ब्युटिसियनहरु प्रविधि अनुसार अपडेट हुन आवश्यक छ । शान्तीले अहिलेसम्म दुई तीन सय जना भन्दा बढीलाई पार्लर समबन्धी तालिमहरु दिइसक्नुभएको छ । जहाँ पार्लर सिकेका विद्यार्थीहरु अहिले देश तथा विदेशमा काम गरिरहेका छन् ।