मायाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरबाट एकैदिन ८० जना बढीले लिए प्रमाणपत्र

62

काठमाडौं । मायाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरले प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
मायाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरमा पार्लर सम्बन्धी एडभान्स मेकअप, एडभान्स नेल, एडभान्स आइल्यासेस एक्सटेन्स, एडभान्स माइक्रोब्रेडिङ र रसियन हेयर स्टाइलका ट्रेनिङ लिएका विद्यार्र्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा ८० भन्दा बढी विद्यार्थीहरुले प्रमाणपत्र पाएका छन् । प्रमाणपत्र लिनका लागि उपत्यका बाहिरबाट ट्रेनिङ लिएका जस्तै जनकपुर, पाँचखाल, चितवन लगायतका क्षेत्रहरुबाट विद्यार्थीहरु आएका थिए ।

इन्द्रेणी कमप्लेसमा भएको उक्त कार्यक्रममा चाइनाबाट आएका डाक्टर यो शोओलीले सेमिनार दिनुको साथै ब्युटिसम्बन्धी विभिन्न ज्ञान पनि दिनुभएको थियो ।

मायाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरले ट्रेनिङ लिन चाहने विद्यार्थीहरुको लागि फेरी पनि कक्षाहरु सञ्चालनमा ल्याइसकेको छ ।