बेरिना क्रिमको महत्त्व र प्रयोगबारे नेपालगन्जमा दिइयो अभिमुखीकरण

20

काठमाडौँ- बेरिना क्रिमको महत्त्व र त्यसको उचित प्रयोगबारे नेपालगन्जमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। चर्चित हबिब हेयर एन्ड ब्युटी सप काठमाडौँका प्रसिद्ध प्रशिक्षकबाट क्रिमको महत्त्व र प्रयोगबारे अभिमुखीकरण गरिएको हो।

कपालमा लगाउने बेरिना क लरको सही प्रयोग तथा चाहिएको कलर बनाउनका लागि व्यूटिशियनलाई अभिमुखीकरण दिइएको आयोजक सौन्दर्यकला व्यवसायी सङ्घकी केन्द्रीय उपाध्यक्ष सर्मिला खत्रीले जानकारी दिइन्।

लामो समयदेखि नेपालमा हेयरर फेसियल क्रिमको आधिकारिक बिक्री भइरहेको वितरक राजेश जलानले जानकारी दिएका थिए। नेपालमा हेयर कलर क्रिम भित्रिएको पहिलो बेरिना नै रहेको र यसमा हाल ४० प्रकारका भेराईटीमा उत्पादनहरू रहेको उनले बताए।

क्रिमको सही प्रयोग नजानेर कपाल बिग्रिने हुँदा उपयुक्त प्रयोग प्रक्रिया र सामानको महत्त्व बुझेर मात्र सामान किन्नुपर्ने बारेमा बुझाउन अभिमुखीकरण सञ्चालन गरिरहेको बजार व्यवस्थापक सुमन चित्राकारले बताए।