गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिइन्

19

काठमाडौं । गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् । पछिल्लो समय ‘द भ्वाइस किड्स २०२१’ कि कोच रहेकी प्रविशाको आइतबार विवाह भएको छ ।

उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् ।  निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।

प्रविशा र निर्माण दुवै झापाका हुन् । गायिका प्रविशाले पछिल्ला केही महिनायता आफ्नो प्रेम सम्बन्धका बारेमा मिडियामा खुलेरै कुराकानी गर्दै आएकी थिइन् ।