महिलाहरु किन मनमा कुरा राख्न सक्दैनन् ?

11

काठमाडौं । महिलामा रुद्र घण्टीको विकास नभएको र त्यसैकारण महिलाले मनमा कुरा राख्न नसक्ने भनाई हामीले सुन्दै आएका छौ । तर कोमल हृदयका खानी महिला सानो सानो कुरामा खुशी हुन्छन् र सानै कुराले पनि दुःखी बन्छन् । महिला पुरुषको तुलनामा भावनामा बहकिने स्वभावका हुन्छन् । उनीहरु सानो समस्यामा पनि अतालिन्छन् । उनीहरु आफ्नो समस्याको समाधान गर्न नजिकैको साथीको खोजीमा लाग्छन् र सेयर पनि गरिहाल्छन् । यही बानीका कारण उनीहरु आफ्ना कुराहरुलाई भन्दै हिँड्छन् ।

महिलालाई भनेको कुरा एक कान, दुइ कान, मैदान हुन्छ भन्ने धारणा पुरुषले राख्ने गरेको पाइन्छ । कमै महिलामात्र हुन्छन्, जसले कुराहरु मनमै राखेर कसैलाई पनि नभनेको होस् । महिलाहरु कोमल हृदयका भएकै कारण आफ्ना सबै कुराहरु साथीसँग भन्दा हलुंगो महशुस गर्छन् । सानो खुशीलाई पनि सबैलाई भनेर खुशी बाँँड्ने र दुःखका कुरा पनि भनेर सँगै दुःख मनाउने स्वभाव महिलाको हुन्छ । पुरुष सितिमिति आफ्नो दुःख पीडा परिवार तथा साथीभाइमा बाँड्न सक्दैनन् । उनीहरु बरु कुरा आफ्नो मनमा गुम्स्याएर राख्छन् । कुनै कुनै समस्याको समाधानको बाटो नै लागेन र साथीभाइलाइ नभनी नहुने भएमात्र भन्ने स्वभाव हुन्छ ।

महिलामा बढी चञ्चलता र उत्सुकताले भरिएको हुने भएकोले आफ्नो सुख दुःख साथीभाइमा सुनाउन आतुर हुन्छन् । आफ्नो जीवनमा अलिकति नयाँपन आउनेबित्तिकै सेयर गर्न थाल्छन् । जुनसुकै समस्याको पनि समाधान हुने र त्यो समाधान छिट्टै निस्किएमा धेरै बेर तनावमा रहनु नपर्ने सोचाइका कारण पनि महिलाको यो बानीको दिन प्रतिदिन विकास हँुदै गएको पाइन्छ । कतिपयले त मनमा कुरा राख्न नसक्ने अर्थात् कुरौटे पुरुषलाई उपमा दिएर भन्नुपर्दा कस्तो आइमाइ जस्तो भनेर पनि भन्ने गर्छन् ।

महिला र पुरूषले बोल्ने शब्द सम्बन्धमा के तथ्य फेलापरेको छ भने पुरूषले औसत १३ हजार शब्द बोल्दा महिलाले करिब २० हजार शब्द बोल्ने गर्छन् । महिलाले आफूभित्र कुनै पनि गोप्य कुरा राख्न सक्दैनन् । उनीहरुले आफ्नो मनमा यसरी कुरा राख्ने भनेको मात्र ४८ घण्टा अर्थात एक दिनभरिमात्र हो । त्यसपछि उनीहरूको मनको कुरा ज्वालामुखी फुटेसरी विस्फोट हुन्छ । जसका कारण पनि उनीहरु आफ्नो कुराहरु साट्नबाट टाढा हुन सक्दैनन् ।
महिलाले जो मानिस अलिकति नजिक हुन्छन्, उनीहरुलाई आत्मीय ठान्छन् । नजिक भएको मानिसलाइ आफ्नो कुराहरु सेयर गर्न खोज्छन् । अपवाद बाहेक प्रायः महिला चञ्चले र बढी बोल्ने खालका हुने हँुदा केही कुरा भन्नै प¥यो भने पनि कसैलाई नभन है भन्ने स्वाभावका हुन्छन् ।

पहिला पहिला महिलामा रोजगारीको कमी थियो र काम नहुँदा साथीभाइसँग कुरा गरेर समय बिताउने गर्थे । कुरा गर्ने केही बाहना नहुँदा आफ्नो सुख दुःख साट्न साथीको प्रयोग गर्न थालियो, त्यसै बेलादेखि महिलाहरु आफ्नो मनमा कुरा राख्न नसक्नेको दर्जामा गनिन थालेका थिए । आजभोली यसमा कमी हुँदै आएको भए पनि पुरातनवादी सोचका कारण महिलाहरु अझै पनि मनमा कुरा राख्दैनन् भन्ने धारणा कायमै छ ।आजकल यो पुरुषमा सरेको छ पनि भन्न थालिएको छ ।