घरको सफाइ र वास्तु सम्बन्धी नियमहरू
घर केवल बस्ने स्थान मात्र नभएर हाम्रो मानसिक, शारीरिक, र आध्यात्मिक प्रगतिको लागि महत्वपूर्ण ऊर्जा स्थान पनि हो । सफा र व्यवस्थित घरले सकारात्मक ऊर्जा बढाउँछ, वास्तु दोष हटाउँछ, र धन, शान्ति तथा समृद्धिलाइ आकर्षित गर्छ । यहाँ वास्तु अनुसार घरको सफाइ र नकारात्मक ऊर्जा हटाउने उपायहरू प्रस्तुत गरिएको छ ।
दैनिक सरसफाइः
✅ बिहान सबेरै घर सफा गर्नु शुभ मानिन्छ। मुख्य ढोका र पूजा स्थान विशेषगरी सफा राख्नुपर्दछ ।
✅ झ्यालढोका खोल्दा ताजा हावा र प्राकृतिक प्रकाश घरभित्र आउने हुनाले विहान झ्यालढोका सफा गरेर खुला राख्नुपर्दछ ।
✅ हप्तामा एकपटक गौमूत्र वा गंगाजल पुरै घरमा छर्किनाले घर शुद्ध हुन जान्छ ।
✅ बिहान वा बेलुका कपूर, गुग्गुल, लोबान, वा चन्दनको धूप बाल्नु राम्रो मानिन्छ ।
✅ मुख्य ढोकामा तुलसी जल वा गंगाजल छर्कनाले नकारात्मक ऊर्जा हट्छ ।
✅ घरको कुनाकाप्चामा विशेष गरी ध्यान दिनुपर्दछ, त्यहा फोहोर जम्मा हुनु भएको नकारात्मक ऊर्जाको वृद्धि हुने हो ।
✅ कुचो सधैं दक्षिणपश्चिम दिशामा राख्नुहोस् र बेलुका बढार्नु अशुभ मानिन्छ तर ध्यान दिनुहोस, घर भित्र सानो सानो फोहोर हुनु पनि गृह कलहको कारण वन्दछ ।
✅ राति भान्सा कोठा सफा गरेर मात्र सुत्नुहोस्, भाँडा नधोई राख्नाले नकारात्मकता बढ्छ ।
प्रमुख कोठाहरूको सफाइः
मुख्य ढोका
✔️ यहाँ सफाइ विशेष रूपमा गर्नुपर्दछ । किनकि घरभित्र ऊर्जा प्रवेश गर्ने मूल ढोका हो ।
✔️ प्रवेशद्वारमा शुभ चिन्ह जस्तै स्वस्तिक, ओंम, शुभलाभ, लक्ष्मी पाउ जस्ता प्रतीकहरू राख्नु शुभ मानिन्छ ।
✔️ ढोकामा बेलपत्र, आपको पात वा तोरण लगाउन सकिन्छ ।
✔️ बेलुकी समय मुख्य ढोकामा घ्यूको दीप बाल्नाले देवी लक्ष्मी माता प्रसन्न हुनुहुनेछ ।
पूजा कोठा या मन्दिरः
✔️ यहाँ अखण्ड दीप बाल्न सकिन्छ, नियमित गंगाजल छर्किएर सफा गर्दा राम्रो मानिन्छ ।
✔️ भगवानको मूर्ति वा तस्वीरहरु एकै ठाउँमा धेरै वटा नराख्नुहोस् अधिकतम ७ वटा मात्र राख्दा राम्रो हुन्छ ।
✔️ पूर्व वा उत्तर दिशामा मुख फर्काएर पूजा गर्नु शुभ मानिन्छ ।
✔️ प्रयोग गरिसकेको फूल, धूप, वा प्रसाद तत्काल हटाउनुहोस् ।
भान्साः
✔️ आग्नेय कोण (दक्षिण पूर्वमा) दिशामा किचन हुनु राम्रो मानिन्छ ।
✔️ चुल्हो, ग्यास र धाराको टुटी ठिक ठाउँमा हुनुपर्छ ,पानी र अग्नि एकसाथ रहनु हुँदैन ।
✔️ राति सुत्नु अघि भान्सा सफा गर्नु आवश्यक छ ।
✔️ पुराना वा टुटेका भाँडा हरु घर भित्र राख्नुहुदैन यसले धन ह्रास गराउँछ ।
✔️ किचनमा रातो र पहेँलो रंग प्रयोग गर्नु लाभदायक मानिन्छ ।
शयनकक्षः
✔️ शयनकक्ष सधैं स्वच्छ, सफा र शान्त वातावरणमा हुनुपर्छ ।
✔️ शयनकक्षको दिशा दक्षिण वा पश्चिममा हुनु शुभ मानिन्छ ।
✔️ बेडको टाउको दक्षिण वा पूर्वति हुनु राम्रो मानिन्छ, उत्तरतर्फ सुत्नाले स्वास्थ्य समस्या आउन सक्छ ।
✔️ ऐना ओछ्यानको अगाडि नराख्नुहोस्, यसले नकारात्मक ऊर्जामा वृद्धि गर्छ ।
✔️ कोठामा धेरै इलेक्ट्रोनिक सामानहरु नराख्नुहोस्, यसले तनाव बढाउँदछ ।
बाथरुम र शौचालयः
✔️ यहाँको सफाइ नियमित गर्नु अति आवश्यक छ ।
✔️ सधैं ढोका बन्द राख्नुपर्दछ ।
✔️ बाथरुममा समुद्री नुन राख्नाले नकारात्मक ऊर्जा हट्छ ।
✔️ बिहानको पहिलो पिसाबपछि टायलमा गंगाजल छर्किनु शुभ मानिन्छ ।
✔️ हप्तामा एकपटक बाथरुममा कपूर बाल्दा राम्रो हुन्छ ।
वास्तु अनुसार घर सफाइ गर्दा ध्यान दिनुपर्ने कुराहरूः
🔹 घरमा फुटेका ऐना, टुटेका भाँडा, पुराना जुत्ताचप्पलहरु राख्दै नराख्नुहोस् ।
🔹 घरमा अनावश्यक वस्तुहरू जम्मा नगरौं, यसले वास्तु दोष निम्त्याउँछ ।
🔹 घरमा हिंसात्मक दृश्य भएका तस्वीरहरु हटाउनुहोस् ।
🔹 सुखेको फूल, मैनबत्तीको बलेका टुक्रा, पुराना पत्रपत्रिका कुनै पनि काम नलाग्ने वस्तुहरु राख्दै नराख्नुहोस् ।
🔹 हप्तामा एकदिन गुग्गुल वा कपूरको धूनी दिनुहोस् ।
नकारात्मक ऊर्जा हटाउने वास्तु उपायः
🔸 हरेक अमावस्या का दिन घरलाई गंगाजल वा गौमूत्रले शुद्ध पार्नु लाभदायक मानिन्छ ।
🔸 शनिबार घरको झ्यालढोका नुनपानीले सफा गर्दा नकारात्मकता हटेर जान्छ ।
🔸 मुख्य ढोकामा अशोक वा तुलसीको पात राख्दा शुभ मानिन्छ ।
🔸 दक्षिण दिशा सधैं भारी राख्नुपर्छ, उत्तरपूर्व हल्का र खाली राख्नु शुभ मानिन्छ ।
🔸 घरको भित्तामा भगवान विष्णु, लक्ष्मी माता, र सूर्यदेवका चित्रहरु राख्दा घरमा सकारात्मक ऊर्जामा वृद्धि हुन्छ ।
🔸 मंगलबार वा शनिबार पीपलको बोटमा जल चढाउँदा वास्तु दोष कम हुन्छ ।
🔸 वास्तु दोष हटाउन घरमा तुलसीको बोट राख्नु अति शुभ मानिन्छ ।
🔸 राति सुत्ने बेला सिरानीमुनि लौंग राखेर सुत्दा शान्त निद्रा आउँछ ।
घर सफा हुनु भनेको केवल शारीरिक सफाइ मात्र होइन, यो मानसिक र आध्यात्मिक शुद्धताको प्रतीक पनि हो । वास्तु नियमअनुसार सफाइ गर्दा घरमा सकारात्मक ऊर्जा बढ्छ, धनधान्यमा वृद्धि हुन्छ, र घरमा सुखशान्ति वनि रहन्छ । जो कसैको घर हमेशा फाहोर रहन्छ त्यो घरमा न शुख शान्ति हुन्छ, प्राय कलह भइरहन्छ कलह भइरहने घरमा लक्ष्मिको वास हुदैन । तसर्थ घरको सफाइमा विशेष ध्यान दिनु पर्दछ । यदि तपाईंहरु पनि वास्तु दोषका कारण समस्यामा हुनुहुन्छ भने, वास्तुविदसँग परामर्श लिन सक्नुहुन्छ ।
🕉️ शुभमस्तु 🙏

प्रतिक्रिया दिनुहोस